कहिलेकाहीँ एउटा पर्व केवल रमाइलोको दिन मात्र हुँदैन । त्यो पुस्तौँदेखि बाँचिरहेको संस्कारको बन्धन पनि हुन्छ। रंगले भरिएको होली पनि त्यस्तै पर्व हो । जहाँ हाँसो, आत्मीयता र सम्बन्धका डोरा झन् कसिन्छन्।
नेपालभर उल्लासका साथ मनाइने होली सुदूरपश्चिमका पहाडी भेगमा भने अझ गहिरो अर्थ बोकेको छ । यहाँ रंग केवल अनुहारमा मात्रै लगाइँदैन, समुदायको मनमा पनि मिसिन्छ। जहाँ पहाडका अधिकांस जिल्लामा र तराईमा प्रायः एक दिन धुमधामका साथ होली मनाइन्छ, त्यहीं सुदूरपश्चिममा भने तीन दिनसम्म गाउँ नै रंगिन्छ।
विशेषगरी दार्चुला, बैतडी, डोटी र बझाङ जस्ता पहाडी जिल्लाहरूमा होली सामाजिक एकताको उत्सवका रूपमा स्थापित छ। यहाँ फागुन १६ गतेदेखि सुरु भएर १८ गतेसम्म होली मनाउने चलन छ। होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपालीहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । स्थानीय बासिन्दा करणसिंह ठगुन्नाका अनुसार होली रङ्गहरूको चाड हो।
होलीमा तिन दिनै यहाँका मानिसहरूले विभिन्न प्रकारका रङ्गहरू लगाएर एक अर्कालाई रङ्गिन बनाउने गर्छन् । यो चाडले वसन्त ऋतुको आगमन गराउँछ । यहाँ होली आउनु भनेकै खुसी छाउनु हो। दार्चुलामा लगातार तीनदिन देखि होली मनाउने गरेको उनले बताए।
‘यहाँको होलीमा रमाइलो मात्र होइन, सामाजिक जिम्मेवारीसमेत जोडिएको छ,’ उनले भने, ‘त्यसैले यसलाई एक दिनमा सीमित गरिँदैन ।’ होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका मानिसहरूले मनाउने गर्छन्।
हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ धुमधामले मनाइने गरेको उनले बताए । ‘सुदूरपश्चिममा होलीको अर्थ झनै व्यापक छ । रंगसँगै यहाँ सहयोगको भावना पनि मिसिएको हुन्छ,’ उनले भने।
दार्चुलामा विशेषगरी गीत, देउडा, सामूहिक भेटघाट र सहकार्य कार्यक्रमसँगै होली मनाइने ठगुन्नाले नागरिकसँग बताए । नेपालका विभिन्न भू–भागमा फरक–फरक शैलीमा मनाइने होलीले सांस्कृतिक विविधताको सुन्दर चित्र देखाउँछ। सुदूरपश्चिममा तीन दिनसम्म चल्ने होलीले प्रमाणित गर्छ, रङ केवल अनुहारमा मात्र होइन, समाजको मनमा पनि लाग्नुपर्छ।
उनका अनुसार होलीमा विशेष गरेर बच्चा देखि वृद्धवृद्धासम्मका सबै नाचगानमा व्यस्त हुन्छन् । महिलाहरू एउटै रङको साडी लगाएर सामूहिक रूपमा बाजागाजाको तालमा नृत्य गर्दै होली खेल्ने परम्परा अझै जीवित छ । समुदायका सबै रमाउँदै बाजा बजाउँदै घरदैलो कार्यक्रम गर्ने गरेको उनी बताउँछन्।
होलीमा सबैभन्दा विशेष पक्ष भनेको घर–घर गएर पैसा र चामल संकलन गर्ने चलन हो। संकलित रकमबाट गाउँका विवाह–भोजका लागि आवश्यक सामाग्री किन्ने, शौचालय वा खानेपानीको व्यवस्था गर्ने, अस्पताल टाढा भएका ठाउँमा आकस्मिक सेवाका लागि स्ट्रेचर जस्ता सामग्री किन्ने, बाँकी रकम ‘इमर्जेन्सी खाता’मा जम्मा गर्ने जस्ता विभिन्न कार्य गर्ने उनले बताए।
‘घर–घर पुगेर संकलन गरिएको सहयोगका रकम व्यक्तिगत प्रयोजनका लागि होइन, गाउँकै साझा आवश्यकतामा खर्च गरिन्छ,’ उनले टेलिफोनमार्फत नागरिकसँग भने, ‘होली खेलेर उठेको पैसाले आकस्मिक सेवाका सामग्री व्यवस्था जस्ता कार्यको लागि प्रयोग गरिन्छ, भने अन्नहरू गाउँका पुरै मानिसहरू वनभोज गएर रमाइलो गर्ने गरिन्छ ।’ उनले होलीको रंग र रमाइलोको लागि मात्र होइन, सामाजिक एकता र सहकार्यको प्रतीक बन्ने गरेको बताए।
यसरी सुदूरपश्चिमको होलीले एउटा सन्देश दिन्छ। उत्सवपूर्ण होलीले सामाजिक कार्यलाई अझै सशक्त बनाउँछ । कैलाली र कञ्चनपुरमा भने होली मुख्यतः एक दिनमै मनाइन्छ। मधेशी समुदायको परम्पराअनुसार फागु पूर्णिमाको दिन विशेष उत्साहका साथ रङ र अबीर खेलिन्छ। तर सुदूरपश्चिमको होली गीत, ढोल र देउडा शैलीका सांस्कृतिक कार्यक्रम र सामूहिक भेला नै यसको विशेषता रहेको स्थानिय ठगुन्नाले जानकार गराए। ‘यहाँ होलीले गाउँलाई एकै ठाउँमा उभ्याउने अवसर दिन्छ,’ उनी भन्छन्, ‘होली मनाउनकै लागि शहरबाट गाउँ फर्कने धेरै हुन्छन्।’
धार्मिक रूपमा होली असत्यमाथि सत्यको विजयको प्रतीक हो। पौराणिक कथाअनुसार भक्त प्रह्लादको रक्षा र होलिकाको दहनसँग जोडिएको यो पर्वले सदाचार, विश्वास र सकारात्मकताको सन्देश दिन्छ। सुदूरपश्चिममा यसको अर्थ अझै व्यापक छ। यो सामाजिक कोष निर्माण गर्ने माध्यम हो, आपतकालीन सहयोगको आधार हो। साथै गाउँको आत्मीयता जोगाउने परम्परा पनि हो।