फेरियो रानाथारूको तिहार मनाउने शैली
१० कार्तिक २०७९
•
२ मिनेट पाठ
फेरियो रानाथारूको तिहार मनाउने शैली
फाइल तस्बिर।
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन। तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।




कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन। 'हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन।' उनले भने, 'तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो', अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो।'

उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ। 'हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ', उनले भने, 'अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ।'

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए। 'हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।' उनले भने, 'गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।'

उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए। 'एक महिना अघिदेखी नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ।' उनले भने, 'दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ।' पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए। यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ।

बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। 'पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले।' उनले भने, 'राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन पूजा मात्रै गरिन्छ।'

बदलिदो परिवेशसंगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन्। पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए। 

प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन।' उनले भने, 'पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै  मनाउन थालियो।' उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए। रासस
अर्को समाचार
नेपाल-भारत सांस्कृतिक सम्बन्ध जोड्दै रानाथारू कलाकार
२४ भदौ २०८०
•
४ मिनेट पाठ
नेपाल-भारत सांस्कृतिक सम्बन्ध जोड्दै रानाथारू कलाकार
भारतको पुरनगढस्थित नौगजा गाउँमा प्रस्तुति देखाउँदै नेपालको पुनर्वास क्षेत्रका कलाकार। तस्बिर: पुष्पराज जोशी/नागरिक।
कहिले भारतको खटिमाका रानाथारू कलाकार बन्टी राना कञ्चनपुरको पुनर्वास क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति पस्कन्छन् त कहिले पुनर्वासका राजकुमारीको सांस्कृतिक समूह भारतको खटिमा पुग्छन् र त्यहाँ प्रस्तुति देखाउँछन्।




यसरी नै भारतको खटिमा क्षेत्र तथा नेपालको कञ्चनपुरका रानाथारू कलाकारहरु एक आपसमा सांस्कृतिक प्रस्तुति देखाउँदै एक अर्काको देशमा आउजाउ गर्दै आएका छन्। जसले गर्दा रानाथारू कलाकारहरु वर्षौँदेखि नेपाल–भारतको सांस्कृतिक सम्बन्ध जोड्दै आएका छन्।

गत वैशाखमा नयाँ वर्षको अवसर पारेर भारतको खटिमा क्षेत्रका चर्चित कलाकार बन्टी राना र रिङ्कु रानाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिकामा रानाथारू वृहत् संस्कृति प्रस्तुत गरेका थिए भने यसपालिको कृष्ण जन्माष्टमीको अवसर पारेर सात दिनदेखि कञ्चनपुरको पुनर्वासका राजकुमारीको टोली पनि भारतको खटिमामा रानाथारू संस्कृति प्रस्तुत गरिरहेका छन्।

शनिबार बुलेकी भारतको उत्तराखण्ड प्रदेशको पुनरगढस्थित नौगजा गाउँमा कञ्चनपुरको पुनर्वासका राजकुमारीको टोलीसहित त्यहाँका स्थानीय कलाकारले वृहत् सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे। नेपालका कलाकार आएको खबर पाउने बित्तिकै गाउँभरिका मानिस दर्शक बनेर उनीहरुको प्रस्तुति हेरिरहे भने भारतकै रानाथारु समुदायका चर्चित कलाकार बन्टी र रिङ्कुको प्रस्तुतिमा झुमे।

दुवै देशका कलाकारले एकै मञ्चमा सामूहिक रुपमा रानाथारू संस्कृति झल्कने झाँकी, नृत्य तथा गीत प्रस्तुत गरेका थिए। नेपालको कैलाली र कञ्चनपुरमा सीमित मात्रामा रहेका रानाथारू र भारतको उत्तर प्रदेश तथा उत्तराखण्डमा तमामौ मात्रामा रानाथारू समुदायका बसोबास रहेको बताउँदै खटिमाका रानाथारू कलाकार बन्टीले भने, ‘नेपालमा रहेका रानाथारू र हामी भारतमा रहेका रानाथारू समूदायिका ‘रोटीबेटी’ को सम्बन्ध छ, तसर्थ एक आसपमा जोडिनका लागि केही वर्षदेखि दुवै देशका एउटै समुदायका हामी मिलेर सांस्कृतिक कार्यक्रम गर्दै आएका छौँ।’

आफूहरु सांस्कृतिक कार्यक्रम लिएर नेपाल जाँदा आफ्नै घरमा गएजस्तो लाग्ने गरेको बताउँदै भारतकी अर्की कलाकार रिङ्कु रानाले भनिन्, ‘हामी एउटै समुदायका मानिसहरु भारत र नेपालमा बस्छौँ, हाम्रो सांस्कृतिक मात्रै नभई पारिवारिक सम्बन्ध पनि छ। नातागोता र इष्टमित्र पनि दोहोरो छन्। त्यसैले यो सम्बन्ध अझ दिगो बनाउन हामी केही वर्षदेखि मिलेर सांस्कृतिक कार्यक्रम गर्दै आएका छौँ।’

नेपालबाट आफ्नो सानी आमाको गाउँमा कलाकार आउन लागेको सुनेपछि १५ किलोमिटर टाढाको गाउँबाट आफू सांस्कृतिक कार्यक्रम हेर्न आइपुगेको बताउँदै रोशनी रानाले भनिन्, ‘म पनि नृत्य गर्छु। अघिल्लो पटक नेपालको पुनर्वास पुगेकी थिएँ, अहिले नेपालबाट कलाकार आएको थाहा पाएपछि नृत्य हेर्न तथा आफू पनि प्रस्तुति देखाउन १५ किलोमिटर टाढाबाट आएकी हुँ।’
आफूहरु जस्तै रानाथारु समुदायका मानिसहरु पनि नेपालमा बस्छन् भन्ने थाहा पाउँदा खुसी लागेको उनले बताइन्।

भारतमा साङ्गीतिक महोत्सव लाग्दा आफूहरुले पुनर्वास क्षेत्रका रानाथारु कलाकारलाई निम्तो दिने र नेपालमा सांस्कृतिक कार्यक्रम हुँदा भारतीय कलाकारलाई निम्तो दिने गरिएको पुनर्वास नगरपालिकाकी उपमेयर तथा रानाथारू संस्कृतिकर्मी भुलिया रानाले बताइन्।

उनले भनिन्, ‘कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएका रानाथारू समुदाय र भारतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका रानाथारू समुदायबीचको भाषिकता तथा सांस्कृतिकता एउटै किसिमको छ। त्यही भएर पनि हामी नेपाल–भारतको सांस्कृतिक सम्बन्ध जोड्न चाहन्छौँ।’
समाजसेवी व्यक्तित्व पदम देउवाले कलाकारले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदाय र भारतको उत्तर प्रदेश तथा उत्तराखण्ड प्रदेशमा बसोबास गर्दै आएका रानाथारु समुदायबीचको सम्बन्ध प्रगाढ बनाएको बताए।

उनले भने, ‘सुरुमा पुनर्वासमा भारतमा रहेका रानाथारु कलाकारलाई निम्त्याइएको थियो, त्यसपछि भने भारतमा रहेका रानाथारु समुदायले नेपालमा रहेका रानाथारु कलाकारलाई निम्त्याउँदै आएका छन्। जसले गर्दा नेपाल–भारतमा रहेका रानाथारुको कला संस्कृति एक आपसमा बाँड्ने र सिक्ने मौका मिलेको छ।’
उनले यस किसिमको सम्बन्धले सांस्कृतिक सम्बन्ध जोडिनुका साथै मित्रता प्रगाढ भएको बताए। राष्ट्रिय जनगणना २०७८ अनुसार कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारू समुदायको जनसंख्या ८३ हजार ३ सय ८ रहेको छ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस