प्लास्टिकका माला प्रतिबन्ध: सयपत्रीको माग बढ्यो
०७ कार्तिक २०७९
•
२ मिनेट पाठ
प्लास्टिकका माला प्रतिबन्ध: सयपत्रीको माग बढ्यो
सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ।




तिहार सुरु भएसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए। उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए।  

'विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ।' उनले भने, 'सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ हामीले मागअनुसार दिन सकिरहेका छैनौँ।' उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए। 'यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ।' उनले भने, 'बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन।'  

उनले हालसम्म पाँच सय प्रतिकिलोका र मालाको रु सयका दरले सयपत्री बिक्री गरिरहेको बताए। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उनले सयपत्री फूलको खेती गरेका छन्। 'अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ हाम्रो यहाँ उत्पादन छैन।' उनले भने, 'अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छु।'

यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए। 'यहाँ फूल प्रशस्त छैन भारतकै भर पर्नुपरेको छ।' उनले भने, 'अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन् सयपत्री नै खोज्ने गरेका छन्।' कञ्चनपुर उद्योग वाणिज्य संघले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताए। 'हामीले माइकिङ पनि गरिरहेका छौं व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ।' उनले भने, 'अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गर्छौ।' रासस
अर्को समाचार
पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)
२५ कार्तिक २०८०
•
२ मिनेट पाठ
पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)
पोखराको कुँडहरफाँटमा रोपेको सयपत्री फूल टिप्दै किसान। तस्बिरः उमेश पुन/नागरिक
यस वर्षको तिहारमा पोखरामा तीनकरोड रुपैयाँ मूल्य बराबरको फूल आवश्यक पर्ने भएको छ। फुलको जोहो गर्न शुरु गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।




 

‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं,’ एशोसिएसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। 

पोखरामा खपत हुने फूल शतप्रतिशत स्थानिय उत्पादनले धान्ने उनले बताए। यसअघि पोखरालाई आवश्यक पर्ने फूलमध्ये ८० प्रतिशत स्थानिय उत्पादनले धान्ने गरेको थियो। तर यस वर्ष उत्पादन बढेका कारण यहाँ आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने अध्यक्ष गुरुङले बताए। 

पोखरामा फूल उत्पादक किसान बढ्नुका साथै फूल लगाउने क्षेत्रफल पनि बढेका कारण यसपटक आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकाले फूलको बेर्ना वितरण गरेका कारण पनि उत्पादन बढेको छ। 

पोखरामा यसवर्ष आयातित प्लाष्टिकको फूल र मालामा भने प्रतिबन्ध लगाइएको छ। स्थानिय उत्पादनले नै धान्ने भएकाले पोखरा महानगरपालिकाले भारतबाट आयातित प्लाष्टिकको माला र फूललाई प्रतिबन्ध लगाएको हो। भारतबाट आयातित तिहारे फूलसँगै प्लाष्टिकबाट बनेका फूलपनि बेचबिखनमा प्रतिबन्ध लगाइएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

भारतबाट आयातित फूललाई प्रतिबन्ध लगाइए पनि स्वदेशका विभिन्न जिल्लाबाट आयात हुने फूल भने निर्वाध रुपमा आयात गर्न दिइनेछ। पोखरामा खपत हुने फूल धादिङ, गोरखा, लमजुङ लगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको छ। 

पोखरामा उत्पादन हुने गरेको फूलमध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यवसायीले उत्पादन गर्ने गरेका छन्। एशोसिएसनका निवर्तमान अध्यक्ष द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड ५० लाख बढी बेच्ने गरेका छन् ।

 पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको पनि दररेट तोकेको छ। म्हानगरले तोकेको दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुंगाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको थुंगाको २ रुपैयाँ तोकिएको छ। मालाको मूल्य भने थुंगा अनुसार १ सय ५० देखि २ सय रुपैयाँसम्म तोकिएको छ । यसैगरी, सयपत्री फूलको मूल्य प्रतिकेजी ४०० रुपैयाँ तोकिएको छ।

२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस