मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ। आयोगले आफ्नो प्रतिवेदन मार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरुलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरु गरेको एक विज्ञाप्ति मार्फत आयोगले जानकारी गराएको छ।
जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिर लाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आयोगले सिफारिस गरेको छ। आयोगले सप्तरी जिल्लाको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन, नेपाल(भारत सिमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याहरुको यथाशिघ्र निवारण, मिथिला पेंटिंगको अन्तराष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न लगायत विभिन्न महत्वपूर्ण विषयहरुमा सिफारिस गरेको छ। आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा आएको उजुरी उपर आयोगले तुरन्त प्रकृति हेरेर समाधान गर्न तर्फ लागेको र कतिपय उजुरीको अनुगमनमा आफैं पुगेर स्थानीय प्रहरी प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताएका छन्।
मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशी को सूची बाट हटाएको छ। मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८’ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको छ।
मधेशी आयोगकी उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएकी हुन्। थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदायसँग मेल नखाने भएकोले गर्दा मधेशीको सूचीमा राख्नु गलत कदम भएकोले र मधेशीको सूचीबाट हटाउन प्रेस विज्ञप्ति निकालेकोले मधेशीकाे सूचीबाट हटाइएको उपसचिव सबिता डंगोलले बताइन्।
विज्ञप्तिमा भनेको छ ‘थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले ‘‘हामी मधेशी होइनौं, हाम्रो छुट्टै सभ्यता र पहिचान छ’’ र मधेशीको सूचीबाट हटादिन भनेर ज्ञापन पत्र, निवेदन र उजुरीहरु दर्ता थराएका थिए। साथै मधेशीको सूचीमा राख्दा व्यापक विरोध समेत गरेका थिए।
थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायात दर्जनौं संघ-संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिएका छन्। आयोगका अध्यक्ष डा.दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताएका छन्।
मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको कुरा अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...