कोशीमा ९७ प्रतिशत रोपाइँ
२६ साउन २०८३
•
१ मिनेट पाठ
कोशीमा ९७ प्रतिशत रोपाइँ
कोशी प्रदेशमा धान रोपाइँ लगभग सकिएको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।




जुन गत वर्ष यही समयको भन्दा करिब ३ प्रतिशत बढी हो। गत वर्ष साउन २५ गते सम्ममा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। निर्देशनालयका अनुसार कोशी प्रदेशको उच्च पहाडी जिल्लाहरूमा हालसम्म ९३.३४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

यस्तै मध्यपहाडी जिल्लाहरूमा ९४.९७ र तराईका जिल्लाहरूमा ९८.०१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।

कोशी प्रदेशमा सबै भन्दा बढी सुनसरीमा शत प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने सबै भन्दा थोरै धनकुटामा ८३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

कोशी प्रदेशको ताप्लेजुङमा ९७ प्रतिशत, संखुवासभामा ९० प्रतिशत र सोलुखुम्बुमा ९९.६१ प्रतिशत रोपाइँ भएको छ।

यस्तै पाँचथरमा ८९, इलाममा ९५, भोजपुरमा ९४ प्रतिशत र तेह्रथुममा ९५.४१ प्रतिशत  क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस्तै उदयपुरमा ९८.८८,ओखलढुंगामा ९९.८१, खोटाङमा ९८.११ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ।

तराईका जिल्लाहरू झापामा ९७.६७,मोरङमा ९७ र सुनसरीमा १०० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ।

कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफलमा धान रापाइँ हुने गरेको छ। जसमध्ये हालसम्म २ लाख ६८ हजार १००.७४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

यो वर्ष समयमै पानी परेको र मौसम अनुकूल भएका कारण कोशी प्रदेशमा रोपाइँ गत वर्षको भन्दा बढी भएको निर्देशनालयले जनाएको छ। 
अर्को समाचार
कोशीमा ८० प्रतिशत रोपाइँ सकियो
११ साउन २०८२
•
१ मिनेट पाठ
कोशीमा ८० प्रतिशत रोपाइँ सकियो
कोशी प्रदेशमा ८० प्रतिशत रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय, विराटनगरको तथ्यांकअनुसार साउन ११ गतेसम्म प्रदेशभर ८०.३९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।  




प्रदेशका उच्च पहाडी जिल्लामध्ये सोलुखुम्बुमा ८९ प्रतिशत रोपाइँ सकिएको छ। ताप्लेजुङमा ६१.७९ र सङ्खुवासभामा ७० प्रतिशत रोपाइँ सकिएको छ। मध्य पहाडका ८ वटा जिल्लामध्ये ओखलढुंगामा सबैभन्दा बढी ९१.८७ प्रतिशत रोपाइँ सकिएको छ। यस्तै खोटाङमा ८८.५८, पाँचथरमा ७९, भोजपुरमा ७६, इलाममा ७४, उदयपुरमा ६९.८७, धनकुटामा ६१ र तेह्रथुममा ५६ प्रतिशत मात्रै रोपाइँ भएको छ। तराईका जिल्लामध्ये मोरङमा ८५, सुनसरीमा ८४ र झापामा ६१.६० प्रतिशत रोपाइँ सकिएको छ। 

गत वर्ष साउन ११ गतेसम्म ८६.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ६ प्रतिशतले रोपाइँ कम भएको छ। कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म २ लाख २२ हजार १ सय ९२.५४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा रोपाइँ गर्ने सिजन लगभग सकिएको छ भने तराईका जिल्लामा वर्षा भएको खण्डमा मध्य साउनसम्म पनि रोपाइँ हुने गरेको छ। 

जुट लगाएको स्थानमा भने भदौसम्म पनि रोपाइँ गर्ने गरिएको छ।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस