हिमाली जिल्ला जाने एक मात्र बेंसीशहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। योजनाका प्रमुख अच्युतविलास पन्तका अनुसार वर्षाका कारण आंशिक अवरुद्ध भएको लमजुङतर्फको रामबजार, घोप्टेको बाटो पूर्ण रुपमा खुलाइएको छ।
मनाङतर्फको खोक्रो, कोतोलगायतको स्थानमा भत्किएका तथा बिग्रिएका खण्डको मर्मत गरिएको योजनाले जनाएको छ। उक्त सडकबाट पूर्ण रुपमा यातायात सुचारु भएको छ। बर्खाका कारण पहिरोले अवरुद्ध सडक असोज २० गतेबाट आंशिक रुपमा मात्र सञ्चालन भएको थियो। मर्मतको काम सकिएपछि पूर्ण रुपमा यातायात सञ्चालन भएको छ।
सडक सहज बनेपछि सवारी साधन सहजै आउजाउ हुन थालेको छ। नागरिक र पर्यटकलाई यात्रा गर्न सहज भएको छ।