मापदण्ड विपरीत पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल बबई नदीले बगायो
२२ असोज २०७९
•
३ मिनेट पाठ
मापदण्ड विपरीत पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल बबई नदीले बगायो
दुई साता अघि बबई नदीमा आएको बाढीले मधुवन नगरपालिकाको पत्थरवोजी हुदै बर्दिया निकुन्जको मुख्यालय आवागमन गर्ने झोलेङ्गे पुल बगायो। यस्तै गरि सोहि दिन मधुवन नगरपालिकामा पर्ने अमरपुरको पक्की पुल बाढीले क्षति ग्रस्त बनाएको छ। बबई नदीमा पानीको सतह बढ्ने बिक्तिकै मापदण्ड विपरीत निर्माण भएका पुल धमाधम भत्किने गरेको पाईएको छ। यसअघि कुसुम्बाघाटमा निर्माण भएको झोलेङ्गे पुल बगाईसकेको छ। लामो समयपछि नया झोलेङ्गे पुल कुसुम्बाघाटमा निर्माण भएको छ।




सदरमुकाम गुलरिया हँुदै उत्तरतर्फ  पुर्व पश्चिम राजमार्ग जोड्ने जब्दीघाट पुलको स्लाप,स्पर र पिलर सहित शनिबार बबई नदीमा आएको बगाएको छ। ०७१ सालमा बबई नदीमा आएको बाढीले उक्त पुललाई क्षति पुर्‍याएको छ। क्षति पुर्‍याएपछि हलुका सवारी साधानको आवागमन भएपनि पुल भाँच्चिएको अवस्थामा थियो। पुल निर्माणको चरणमा तत्कालिन प्रजिअ विनोद कुवरले कमसल खालको पुल धराप बन्ने जोखिमको आशंका गरेका थिए। निर्माण मै त्रुटि रहेकाले सुधार गर्नुपर्ने भन्दै सक्दो प्रयास पनि गरे।  

जिल्ला स्थित राजनीतिक दल,स्थानीय र संचारकर्मीलाई अनुगमन गराएर पुल निर्माणकै क्रममा  त्रुटि रहेका पुष्टि गरे। प्रशासनले टेन्डर आव्ह्वान गर्ने निकाय हुलाकी सडकलाई पटक पटक लिखित र मौखिक रुपमा पटक पटक त्रुटि सुधार गर्न अनुरोध पनि गर्‍र्योे। निर्माणको क्रममा त्रुटि रहेको पुल गुणस्तरमा सुधार गर्न जिल्लास्थित राजनिति दल र  प्रजिअ कुवरलाई अथक प्रयास केन्द्रिय पहुचमा रहेका निर्माण कम्पनि अघि निरिह बने।  

सर्तकता केन्द्रको प्राविधिक टोलीले त्यहा प्रयोग भएको सिमेन्ट ईस्टिमेटमा भन्दा फरक भएको सार्वजनिक कार्यक्रम जानकारी गराएको थियो। बन्दा बन्दै  बांगो देखिने पिलर सुधार नगरिकनै वेरोकटोक पुल बन्यो। प्रजिअ कुवरको सरुवा पनि भयो। पुल पनि बन्यो,त्यसमा आवागमन हुन थाल्यो।  

शनिवार बगाएको जब्दी घाटको पुलको लागत १६ करोड हो। ४ सय २५ मिटर लामो पुल उद्घाटन भएको  एक वर्ष मै क्षति ग्रस्त हुन पुगेको हो। मापदण्ड विपरीत बनेको पुललाई अन्तत बाढीले बगायो। पुल बाँध बन्दा पश्चिमतर्फ बाढीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ। ‘पुलमा पानी आएर टालियो’, बेचैपुरका धनिराम रावलले भने’, ‘पुल बाध बन्दा नदी तटिय क्षेत्रमा जलमग्न भयोे।’

पुल भत्किएपनि सर्वसाधरण सदरमुकाम गुलरियाको काम काज सकेर साझ घर सजिलो माध्यम बनेको स्थानीय राम बहादुर चौधरीले बताए।

बबईमा आएको  बाढीले झोलेगें पुल बगाउँदा स्थानीय पुरानै अवस्थामा फर्किएका छन्।फेरि पनि, सर्वसाधरण डुँगामा जोखिमयात्रा गर्न बाध्यतामा पुगेका छन्।

जिल्ला प्रशासनले आवागमन गर्न गराउन सम्बन्धित निकायलाई जानकारी गराएको छ। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुलको गुणस्तरमा खोट लगाएर अख्तियार अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ। पप्पु कन्स्ट्रक्सनको लापरबाहीले गर्दा बाढीले पुल भत्काएको स्थानीयको आरोप छ। पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त पुल भासिएपछि यातायात प्रभावित छ। ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको उल्लेख गरेर अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ। आयोगले स्थलगत अनुगमन गरेर निर्माण कम्पनी विरुद्ध उजुरी दर्ता गरेको छ।

‘देशमा धेरै ठूलो विकास भएको जस्तो लाग्थ्यो पुल देख्दा,’एक स्थानीयले  भने‘ पुल देख्नलाई मात्र भयो,अब अबशेष मात्र बाँकी छ।’

करिब करिब जिल्लाको सवै गाबिससँग जोड्ने पुल बगाएपनि यसको विकल्प खोज्नको लामो समय देखि पहल हुन नसकेकोमा स्थानीय आक्रोशित छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२७ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस