बाढी विस्थापितलाई बस्न र खानको समस्या
०२ असोज २०७९
•
३ मिनेट पाठ
बाढी विस्थापितलाई बस्न र खानको समस्या
कैलालीको भजनी नगरपालिका– ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्।




वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ। घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ।

‘ज्यान जोगाएर सुरक्षित स्थानमा बसेका छौँ। ज्यान सुरक्षित छ। पानी र खानाको निकै समस्या भयो’, रुपाले भनिन्, ‘खाना नभए पनि पानीविना निकै कष्ट भोग्नुपरेको छ। हाते पम्प डुबानमा छन्। जताततै डुबानमात्रै देखिन्छ। पानीको जोहो कतैबाट भए राहत हुने थियो।’ सो क्षेत्रमा डुबान विस्तारै कम हुँदै गए पनि स्थानीयलाई घर फर्कन अझै एक हप्ता लाग्ने उनले बताइन्।

भजनीकै पर्शुराम चौधरीले तीन दिनदेखि भोकै प्यासै बस्नुपरेको बताउँदै अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको गुनासो गरे। ‘जसोतसो ज्यान जोगियो। अहिले खुला आकाश मुनि बस्नुपरेको छ’, पर्शुरामले भने, ‘आफूसँग त्रिपाल पनि छैन। मागौँ भने सबैलाई आफ्नै समस्या छ। सरकारले त्रिपाल र पानी दिए पनि हामीलाई ठूलो राहत हुने थियो।’ उनले सडक आसपास बसेकालाई सहज भए पनि गाउँका बीचमा आश्रय लिएर बसेकाको जनजीवन निकै कष्टकर रहेको बताए।

गाउँको बीचमा आश्रय लिएर बसेका विस्थापितलाई राहत तथा पानी पुर्‍याउन समेत निकै समस्या भएको छ। पैदल जानसक्ने अवस्था छैन। डुङ्गाको साहारामा विस्थापित परिवारलाई राहत पुर्‍याउन आवश्यक स्रोतको अभाव भएको स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। ‘हुलाकी सडकमा बसेका स्थानीयलाई नगरपालिकाले एकपटक पानी र चाउचाउ वितरण गरेको थियो। गाउँभित्र बसेकाले त्यो पनि पाएका छैनन्’, ढुङ्गानाले भने ‘पैदल वा सवारीसाधन लिएर जान सकिने अवस्था छैन। जानका लागि डुङ्गा चाहियो। सहजै डुङ्गा उपलब्ध हुने अवस्था छैन।’

अझै भजनीमा एक वडाबाट अर्को वडामा सहजै जानसक्ने स्थिति छैन। एक गाउँबाट अर्को गाउँसम्म जानसक्ने अवस्था छैन। ‘आवागमननै प्रभावित भएको छ। प्रत्यक्ष सम्पर्क हुन सकेको छैन’, नगर प्रमुख केवल चौधरीले भने, “हामीले सम्बन्धित वडालाई जिम्मा दिएका छौँ।’ उनले तीन/चार हजार जनसङ्ख्यालाई नगरपालिकाले मात्रै राहत वितरण गर्नसक्ने अवस्था नरहेको बताउँदै अन्य सङ्घसंस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको बताए। 

नगर प्रमुख चौधरीले डुङ्गा तथा बोट नहुँदा पनि प्रभावितलाई राहत पुर्‍याउन समस्या भएको बताए। ‘नगरपालिकाका सबै वडा डुवानमा छन्। हामीसँग भएको चारवटा बोटमध्ये दुईवटा मात्रै सञ्चालनमा छन्। दुई बोटले सबै क्षेत्रमा पुग्न कठिन भएको छ’, नगर प्रमुख चौधरीले भने, ‘अन्य सङ्घसंस्थासँग सहयोग मागेका छौँ। दुईवटा बोट सहयोगगर्ने कुरा भएको छ। थप दुई वटा भए अलि सहज हुनसक्छ।’

उता जोशीपुर गाउँपालिकामा भने जनजीवन सामान्य बन्न थालेको छ। गाउँपालिकामा बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएको बताउँदै गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले विस्थापितको तथ्याङ्क लिने काम सुरु गरिएको बताएका छन्। 

उनले पानी कम भएसँगै स्थानीय आफ्नो घर जानेक्रम चलेको बताउँदै विस्थापित परिवारलाई तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरण गर्ने बताए। ‘पहिले तथ्याङ्क सङ्कलन गर्छौं। त्यसपछि राहत वितरणको काम गर्नेछौँ’, अध्यक्ष चौधरीले भने, ‘बाढी घटे पनि अवस्था सहज हुन अझै हप्तौँ लाग्छ। त्यहाँसम्म विस्थापितलाई गाउँपालिकाले आफ्नो स्रोतले भ्याएसम्मको सहयोग गर्छ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले अविरल वर्षाका कारण प्रभावित भएको कैलालीको जनजीवन सामान्य अवस्था फर्किन थालेको बताएका छन्। उनका अनुसार वर्षा रोकिएपछि बाढीको मात्रा घट्दै जाँदा बाढी, डुवानबाट आंशिकरुपमा प्रभावित भएकाको जनजीवन सामान्य बन्दै गएको बताउँदै पूर्णरुपमा विस्थापितका लागि आवश्यक राहत तथा अन्य सहयोगका लागि समन्वय भइरहेको बताए। ‘बाढीबाट बढी प्रभावित भजनी क्षेत्रका लागि नेपाल रेडक्रस र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘हामीले स्थलगत अवलोकनपछि कताको अवस्था के छ भन्ने र त्यसैअनुसारको राहतको समन्वय गर्ने तयारी भएको छ।’ बाढीका कारण कैलालीमा दुई जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।
अर्को समाचार
जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ
१९ फागुन २०७९
•
२ मिनेट पाठ
जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ
कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन्। पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ।




स्थानीयवासीले कान्द्रा लगायतका नदी तर्दा पैसा तिर्नुपर्छ। ‘दैनिक कामका लागि नगरपालिका आउँदा ३० रुपैयाँ तिरेर नदी तर्नुपर्छ। महिनामा नौ सय रुपैयाँ नदी तरेको मात्रै तिर्नुपरेको छ’, स्थानीय रुपक साउदले भने। उनले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउदै नगरपालिकाले पैसा उठाएर झन सास्ती दिने गरेको बताए। पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ।

ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ। यसरी नदीबाट सवार गर्दा सवारी साधनबाट पैसा संकलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन्। ‘कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो। समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन्। जसले नदी ठेक्काका नाममा वार्षिक लाखौं उठाउँछन्’, उनी भन्छन्, ‘नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के हो?’

टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ। महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ। कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउँछन्।

उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए। ‘नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौं भनेर ठेकेदारको प्रतिक्रिया आउँछ। त्यति भएपछि पैसा त दिनैपर्‍यो’, उनले भने। कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो।

भजनी नगरपालिकाले कान्द्रा नदीलगायत मातहतका नदीलाई ठेक्का दिएको छ। ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुंगा सञ्चालन हुँदै आएको छ। एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ। नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए। उनले हुलाकी राजमार्ग अन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने बताए। रासस
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस