जापान भ्रमणमा रहेकी लोकदोहोरी गायिका अमृता सिर्पालीलाई दुर्व्यवहार भएको छ। सांगितिक कार्यक्रमको सिलसिलमा जापानमा रहेकी बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी सिर्पालीलाई धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक धन थापाले विभिन्न किसिमका टर्चर दिने गरेको बताएकी छन्।
धौलागिरी दोहोरी साझँका सञ्चालक थापाको स्पोन्सरमा जापान गएकी सिर्पालीलाई गलत नजरले हेर्न, विभिन्न कार्यक्रममा सहभागी भएवापत कमिसन माग्ने तथा लगातार अनावश्यक टर्चर दिने गरेको बताईन्। ‘मलाई विभिन्न किसिमको धम्की आउने गरेको छ,‘चरित्रमाथि नै प्रश्न उठाउने, भौतिक रुपमै आक्रमण गरेपछि अहिले असुरक्षित भएको छु’ गायिका सिर्पालीले भनिन्। उनले सामाजिक प्रतिष्ठा, सांगितिक क्षेत्रमै असर गर्ने, व्यक्तिगत चाहना पूरा नहुदाँ भौतिक रुपमै आक्रमण गरेपछि ओशाकाको एक घरमा शरण लिएर बसेको बताईन्।
गायिका सिर्पालीको भकिम्लीमा रहेका बुबाआमालाई समेत फोन गरी अनावश्यक टर्चर दिने गरेको गुनासो गरेकी छन्। ‘मेरो दुई महिनाको भिषा अझै छ,‘कुनैपनि बेला जेपनि गर्नसक्छु भन्दै धम्की दिएको छ,असुरक्षित बनिरहेको छु’ सिर्पालीले बेनीअनलाइनलाई भनिन्। उनले आफ्नो सुरक्षाको माग गदैं मोना जापान,लोकदोहोरी प्रतिष्ठान जापान शाखालाई समेत लिखित निवेदन पेश गरेकी छन्। पछिल्लो समय लोकदोहारी क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी सिर्पाली लामो समयसम्म दिदीको उपचारमा सक्रिय थिईन्।
उनकी दिदी मिना विकको उपचारको अभिायनमा समेत जापानमा रहेका म्याग्देली सहित नेपालीले साथ दिएकाले उक्त यात्रामा सबैलाई धन्यवाद सहितका कार्यक्रमहरु समेत तय भएको अवस्थामा धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक थापाले अवरोध गर्ने गरेका थिए। यता मोना जापानका सचिव गणेश श्रेष्ठले गायिकामाथि भएको दुर्व्यवहारको छानविनको माग गरेका छन्। जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तीमा दोहोरीका सञ्चालकलाई कानुनी कारवाहीसहित गायिकाको ज्यानको रक्षाको माग गरिएको छ।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...