सरकारले प्रेस स्वतन्त्रामा हस्तक्षेप गर्नेगरी मिडिया काउन्सिल विधेयक ल्याएपछि सर्वत्र विरोध
२१ भदौ २०७९
•
५ मिनेट पाठ
सरकारले प्रेस स्वतन्त्रामा हस्तक्षेप गर्नेगरी मिडिया काउन्सिल विधेयक ल्याएपछि सर्वत्र विरोध
सरकारले स्वतन्त्र प्रेसलाई आफ्नो अधीनमा राख्ने गरी संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेपछि पत्रकारितासँग सम्बद्ध संघ सस्थाहरुले विरोध गरेका छन्।




नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार संघ र सञ्चारिका समूहलगायतका सञ्चारसम्बद्ध संघ संस्थाहरुले सो विधयेकको विरोध गरेका हुन्। संञ्चार सम्बद्ध संघ संस्थाहरुको विरोधपछि संघीय संसदका सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधेयकमा संशोधन समेत पेश गरेका छन्। उनले पत्रकारहरुले परीक्षा दिनुपर्ने लगायतका सबै प्राब्धान हटाउने विषयमा संशोधन पेश गरेका छन्। उनले काउन्सिलको अध्यक्ष नियुक्तिको प्राब्धानमा पनि संशोधन हालेका छन्।

संञ्चार आवद्ध संघ संस्थाहरुको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरुसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्। उनीहरुले मिडिया काउन्सिलजस्तो महत्वपूर्ण विधेयक ल्याउदा संसदका विभिन्न समितिहरुमा दफावार छलफल गरेर मात्रै ल्याउनु पर्ने बताएका छन्। विधेयकमा समावेश विवादित दफालाई लिएर चौतर्फी विरोध हुँदै आएपछि सञ्चारमन्त्रीले पत्रकारितासँग सम्बन्धित संघ संस्थाका प्रतिनीधिहरुसँग छलफल गरेका हुन्।

काउन्सिल अध्यक्षका लागि इच्छुक उम्मेदवारले कम्तीमा १५ वर्ष सञ्चार क्षेत्रमा काम गरेको र सर्वोच्च अदालतको न्यायाधीशसरहको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । जसको सिफारिस पनि मन्त्रालयको सचिवको नेतृत्वमा गठित समितिले गर्ने भनिएको छ । यो व्यवस्था काउन्सिललाई सरकारबाट पूर्ण स्वायत्त र स्वतन्त्र बनाउने सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले विरोध गरेका हुन्।

सरकारले काउन्सिल विधेयक देखाएर पत्रकारलाई दबाब र प्रभाव पार्न सक्ने भन्दै पत्रकारहरुले विरोध गरेका छन्। नियुक्तिको प्रकृया मात्र नभई पत्रकारको प्रेस पास खोस्ने, कानुनी दण्ड चलाउने विषय राखेर तर्साउन खोज्ने प्राब्धानप्रति सरोकारवाला संस्थाहरुले आपत्ति जनाएका छन्। उनीहरुले मिडिया काउन्सिल विधेयक भन्दा पनि अहिलेको प्रेस काउन्सिललाई नै बढी जिम्मेवार बनाउनु पर्ने र पत्रकार आचारसंहिता कार्यान्वयनमा कडाई गर्नुपर्ने बताउदै आएका छन्।

नेपाल पत्रकार महासंघका  महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अध्यक्ष, सभामुख वा राष्ट्रिय सभाका अध्यक्षले नियुक्त गर्दा मात्रै काउन्सिल स्वायत्त र जनताप्रति उत्तरदायी रहने भन्दै  सुझाव राखेका थिए । मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने समितिको सिफारिसबाट अध्यक्ष नियुक्त ‘प्रोटोकल’का आधारमा पनि नसुहाउने भन्दै उनले विधेयकमा समावेश उक्त दफाको विरोध मात्रै गरेनन, विषयगत समितिमा लैजान सुझाव पनि दिए ।

‘पत्रकारलाई अहिले नै लाइसेन्समा गइहाल्ने अवस्था छैन, विभिन्न प्रकारका सञ्चारमाध्यमहरु छन्, ती सबै सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई राज्यले प्रशिक्षित गर्नुपर्छ, सरकारले जे जस्तो प्राब्धान राखेको छ त्यो प्राब्धानले सरकारबाट नियन्त्रित खतरा, हुन्छ, यसलाई विषयगत समितिमा लैजानुपर्छ, सरोकारवालाहरुको दायरा फराकिलो बनाउनु पर्छ भन्न महासंघको धारणा छ’, महासंघका वरिष्ठ उपाध्यक्ष विष्टले नागरिकसँग भने। उनले काउन्सिलका अध्यक्ष मन्त्रालयका सचिवको नेतृत्वमा बनेको समितिको सिफारिसका आधारमा सरकारले गर्ने भनिएकोमा महासंघको आपत्ति रहेको बताए। ‘ यसको ठाउँमा राष्ट्रिय सभाका अध्यक्ष वा सभामुखबाट अध्यक्ष नियुक्त हुनुपर्ने हाम्रो माग हो । यसले काउन्सिललाई स्वायत्त बनाउँछ । जनताप्रति उत्तरदायी बनाउँछ,’ उनले भने।

सञ्चार मन्त्रालयलले ल्याएको विधयेकमा आचारसंहिता उल्लंघनका नाममा पत्रपत्रिकाको वर्गीकरण घटुवा गर्ने, दर्ता खारेजी गर्ने, पत्रकार परिचयपत्र निलम्बन गर्ने, अदालतले क्षतिपूर्ति भराउनेलगायतका विषयमा आपत्ति जनाइएको छ। उनीहरुले अहिलेकै प्रेस काउन्सिललाई बढी जिम्मेवार बनाउन आग्रह समेत गरेका छन्। प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले आचारसंहिताका नाममा पत्रकारविरुद्ध कानुनी दण्ड चलाउने विधेयक परिमार्जनको गर्नुपर्ने धारणा राखेका छन्। ‘विधेयक अध्ययन गर्दा आचारसंहिता उल्लंघनका नाममा पत्रपत्रिकाको वर्गीकरण घटुवा गर्ने, दर्ता खारेजी गर्ने, पत्रकार परिचयपत्र निलम्बन गर्ने, अदालतले क्षतिपूर्ति भराउने लगायतका विषयमा समावेश गरिएको पाइयो । यसमा हाम्रो विरोध रह्यो । यसको अर्थ पत्रकार कानुनी दायराभन्दा माथि हुने भन्ने होइन ।  

आचारसंहिता उल्लंघन गरे सम्बन्धित सञ्चारमाध्यमलाई दण्ड तथा माफी माग्न लगाउने, काउन्सिलले मेलमिलाप गराउने, त्यसबाट पनि पार नलागेपछि मात्रै पुनरावेदनका लागि अदालत जाने प्रक्रिया सबैका लागि उपयुक्त हो अहिले प्रेस काउन्सिलको प्राब्धान पनि त्यही हो, बरु प्रेस काउन्सिललाई बढी जिम्मेवार बनाउने कुरा पत्रकार र पत्रकारिताको हितमा हुन्छ’, अध्यक्ष बस्नेतले भने। सञ्चार मन्त्रालयले पेश गरेको विधेयकप्रति प्रेस यूनियनले पनि आपत्ति जनाएको छ। काउन्सिल स्वतन्त्र र स्वायत्त हुनपर्छ भन्ने धारणा यूनियनको छ। यूनियनका अध्यक्ष शिव लम्सालले काउन्सिल अध्यक्षमा नियुक्ति दिने प्रावधानप्रति प्रेस युनियनको आपत्ति रहेको बताए । ‘काउन्सिल स्वायत्त रहनुपर्छ । तर, अध्यक्ष नियुक्तिको प्रावधान हेर्दा त्यस्तो देखिँदैन । यसमा हामीले विरोध गरेका छौ,  राष्ट्रिय सभाका अध्यक्ष वा प्रतिनिधिसभाका सभामुखबाट नियुक्त गराउँदा काउन्सिल स्वायत्त हुने विषय हामीले छलफलमा राख्यौ यसमा मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ’, अध्यक्ष लम्सालले भने।

उनका अनुसार यो अहिले ल्याएको विधेयक होइन, चार वर्ष अघि ल्याइएको हो, जतिबेला यो विधेयकका रुपमा थिएन, अहिले राष्ट्रिय सभाबाट प्रतिनीधि सभामा आइपुग्दा २१ वटा संशोधन गरियो छ। ‘तर एउटा बुँदा थपियो त्यो के हो भने, पत्रकारले परीक्षा दिनुपर्ने बुँदा को थपिएको छ यो दक्षिण एसियामै छैन, विकसित कुनै मुलुकमा पनि छैन, त्यो बुँदा थपेर सूचनाको हक कुण्ठित गर्न खोजियो,’ उनले भने।

अझै पनि संरचना र नियुक्ति प्रकृयामा प्रेस यूनियनलाई शंका लागेको पनि बताए। ‘संरचनामा स्पष्ट हुनुपर्छ, सातै प्रदेशबाट प्रदेशको प्रतिनीधित्व हुने गरी एक एक जना हुनुपर्छ, संसदबाट पनि इमानदार हुनुपर्छ, अध्यक्ष लगायतको संख्यामा नेपाल सरकारले नियुक्ति गरिनुपर्छ। अहिले यही लाइनमा गगन थापा र प्रकाश स्नेहीले संशोधन पनि हाल्नु भएको छ। काउन्सिल विधयेकको नाममा  राज्यले नियन्त्रण, निर्देशन गर्ने र कुनै पनि बहानामा अंकुश लगाउने खालको प्राब्धान रह्यो भने सडक आन्दोलन गर्न पछि त्यसलाई स्वीकार गर्दैनौ’, अध्यक्ष लम्सालले भने।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस