कर्णाली करिडोरको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी
१७ भदौ २०७९
•
३ मिनेट पाठ
कर्णाली करिडोरको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी
कर्णालीबासीको लाइफ लाइनको रुपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले अझै गतिलिन सकेको छैन। कर्णालीबासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै ६ किलोमिटर सडकको ट्रयाक खुल्न बाँकी रहेको छ।  




कर्णाली करिडोरको कुल ६ सय ८२ किलोमिटर भएपनि कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडको हिल्सा,हुम्ला खण्डको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ।

सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो। कर्णाली करिडोरको अधिकांश चट्टाने क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो। सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय मातहत २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९÷७० मा सुरु भएर २०७९÷८० सम्ममा सक्ने लक्ष्य लिइएको थियो।

आयोजना सुरु भएको दश वर्षसम्म ६ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ। हालसम्म २ सय ६३ किलोमिटर ट्रयाक खुलिसकेको छ। गत आर्थिक वर्षमा आयोजनाका लागि ३० करोड बजेट विनियोजन भएको थियो। आयाजनाको प्रगति भने ज्यादै न्यून अर्थात ३८ प्रतिशत मात्र भएको निर्देशनालयले जनाएको छ। यो आयोजनाका लागि चालु आव २०७९/८० का लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

जटिल भौगोलिक अवस्थाका कारण सडक निर्माणमा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक दिपक श्रेष्ठले बताए। ‘भौगोलिक असहजता,मौसमी प्रतिकुलता लगायतका कारण यो खण्डमा काम समय बढी लागेको हो,’ उनले भने, ‘त्यसमा पनि कडा चट्टान भएकाले ट्रयाक खोल्ने काम नेपाली सेनाको जिम्ममा रहेको छ।’

कर्णाली करिडोर बाँकेको जमुनाहदेखि सुर्खेत,कालिकोट,बाजुरा,हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाई ४ सय १० किलोमिटर रहेको छ। सरकारले कर्णाली करिडोरलाई समेत राष्ट्रिय गौरवको आयोजनामा राखेर उच्च प्राथमिकताका साथ निर्माण थालेको हो।

सडको ४० किलोमिटर कालिकोट खण्ड,४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ। तर सेनाले हुम्ला खण्डमा ६१ किलोमिटर मात्र जिम्मा पाएको थियो। हुम्लाको सल्लीसल्ला देखि सिमकोटसम्मको ५० किलोमिटरको काम निजी क्षेत्रले गरेको हो। छार्या भिरमा आठ किलोमिटर सडक पर्ने र त्यसमध्ये ४.५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्यलाई निकै जटिल मानिएको थियो।

कर्णाली करिडोरको खुलालु–सिमकोट खण्डमा करिब एक सय ९६ किलोमिटर र हिल्सा–सिमकोट खण्डमा करिब ८८ किलोमिटर सडक निर्माण गर्दा नेपाल सरकारले यस करिडोरका लागि ४ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरेको थियो।  

नेपाल–भारत सीमाक्षेत्र जमुनाह देखि सुर्खेत पुगेपछि कर्णाली नदीको किनारैकिनार नेपाल–चीन सीमाक्षेत्र हिल्सासम्म पुग्ने सडक नै कर्णाली करिडोर हो।

कर्णाली करिडोर निर्माण पूरा भएपछि अन्य पूर्वाधारको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक अवस्थामा सुधार आउने स्थानीयले बताएका छन्।
अर्को समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो
३१ साउन २०७९
•
१ मिनेट पाठ
पहिरोले अवरुद्ध कर्णाली करिडोर  खुल्यो
पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर खुलेको छ। कर्णाली करिडोरको रेंगिलमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग  खुलेको हो। 




जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।

उनका अनुसार वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ। प्रहरी र सडक डिभिजनको समन्वयमा पहिरो पंन्छाएर करिडोर  खुलाइदै आएको छ।

कर्णाली करिडोरको लालिघाट, रेंगिल, कोट, भुराबगरलगायतका ठाउँमा बर्सेनि पहिरो खस्दा करिडोर  अवरुद्ध हुँदै आएको छ। कर्णाली करिडोरको आयोजना कार्यालय हुम्लामा हुँदा समन्वय गर्न समस्या भएको र कालिकोट, बाजुरा खण्डमा सडक अवरुद्ध हुँदा स्थानीय तह र प्रहरी प्रशासनले राजमार्ग खुलाउने काम गर्दै आएको स्थानीयले बताएका  छन्।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस