सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन
११ भदौ २०७९
•
२ मिनेट पाठ
सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन
काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन गरिएको छ। 




दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहाेर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइएमा महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन।  

यसअघिको फोहर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहाेर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहाेरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ।  

केही दिनअघि महानगरका प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए। प्रमुख साहको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहाेर व्यवस्थापन भएको हो।  

कहिले पानीका कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयले विविध माग राखि अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहाेर व्यवस्थापन हुन सकेको थिएन। दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा अघिल्लो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहाेर व्यवस्थापन कार्य हुन थालेको हो।

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले महानगरले कुहिने फोहाेरलाई यही नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जनाएको छ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहाेर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन उत्पादन हन्छ। अहिले कामपासहित उपत्यकाको १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ।
अर्को समाचार
पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?
०३ पौष २०७९
•
४ मिनेट पाठ
पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?
पोखराको न्यूरोडमा मुल सडकछेउमै थुपारिएको फोहर। फाइल तस्बिरः नागरिक
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ। पोखरा–१४ बाच्छेबुडुवास्थित ल्याण्डफिलसाइटमा अहिलेसम्म पोखरा महानगरले सहरको फोहाेर व्यवस्थापन गर्दै आएको थियो। पोखरा महानगरपालिकाले विगत १७ वर्षदेखि त्यहाँ फोहाेर व्यवस्थापन गरिरहेको थियो।




तर, आगामि जनवरी एकदेखि अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि महानगरले बाच्छेबुडुवामा फोहाेर फाल्न रोकेको हो। ल्याण्डफिलसाइट र विमानस्थलको दूरी करिब दुइकिलोमिटरको क्षेत्रभित्र पर्छन। फोहाेरका कारण ल्याण्डफिलसाइमा चरा आकर्षित हुने र त्यसले गर्दा विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा जोखिम हुने विज्ञहरुले बताइरहेका छन्। चराको जोखिम कम गर्नकै लागि ल्याण्डफिलसाइट व्यवस्थापन गर्नुपर्ने बाध्यता आइपरेको थियो। हालसम्म फोहाेर थुपारिरहेको ल्याण्डफिलसाइटमा फोहाेर फ्याक्न रोकेर माटोले पुर्न थालेपछि चरा आकर्षण कम हुने र त्यसले विमानस्थल संचालनमा सहज हुने अनुमान पोखरेलीको छ।

महानगरले बाच्छेबुडुवामा फोहर फ्याक्न रोकेपछि सहरको फोहाेर कहाँ र कसरी व्यवस्थापन हुने भन्नेमा अन्योल सिर्जना भएको छ। महानगरका प्रमुख धनराज आचार्यले तत्कालका लागि फोहाेरको व्यवस्थापन गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको बताए।  केही समयका लागि ती स्थानमा फोहाेर व्यवस्थापन गरिने उनले बताए। फोहाेर फालिसकेपछि पुर्ने र दीर्घकालीन व्यवस्थापनका लागि प्रशोधन केन्द्र स्थापना गर्ने पनि तयारी भइरहेको मेयर आचार्यले जानकारी दिए। प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पबारे छलफल भइरहेको उनले बताए।  

विभिन्न मुलुकमा फोहाेरबाट बायोग्याँस, विद्युत, प्रांगारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत सामाग्री समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने तयारी गरिरहेको महानगरपालिकाले जनाएको छ।  

‘विमानस्थल आगामि जनवरी १ मा सुरु हुँदैछ। विमानस्थल संचालनमा बाधक मानिएको रिट्टेपानी डाँडा कटान, पानी ट्यांकी व्यवस्थापन र ल्याण्डफिलसाइट मुख्य चुनौती थिए,’ मेयर आचार्यले भने, ‘तर, अब व्यवस्थानपन हुँदैछ।’ उनका अनुसार अहिलेसम्म रिट्टेपानी डाँडाको आधाभाग काटिएको छ। अबको एकसातामा डाँडा काटिनेछ। डाँडा कटानबाट निस्केको माटो पनि व्यवस्थापन भइरहेको छ। खानेपानी ट्यांकीको उचाई बढाउने वा के गर्ने भन्ने हो, अहिले त्यसमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनले सुनाए।  

ल्याण्डफिलसाइटका लागि फोहर प्रशोधन केन्द्र बनाउने गरि वातावरणीय अध्ययनको काम भइरहेको मेयर आचार्यले बताए। चारमहिनाभित्र प्लान्ट स्थापना गर्नेगरि यो साताभित्र प्रस्ताव आव्हान गर्ने तयारी भएको आचार्यले बताए। उनले शनिबारदेखि नै ल्याण्डफिलसाइटमा पोखराको फोहर पठाउन बन्द गरेको जानकारी दिए। ‘अहिले ठुला एक्साभेटरले रिट्टेपानी डाँडाको माटो ल्याएर ल्याण्डफिलसाइट पुर्ने काम भइरहेको छ,’ उनले भने, ‘रिट्टेपानी डाँडाको माटो ल्याएर पुर्ने काम भइरहेको छ।’

बाच्छेबुडुवामा फोहाेर खसाल्न रोकेपछि सहरको फोहाेर कहाँ व्यवस्थापन गर्ने भनेर महानगरले भन्न सकेको छैन। तर, विभिन्न ६ ठाउँमा अल्पकालिन रुपमा फोहर व्यवस्थापन गर्ने मेयर आचार्यले दाबि गरे। ती ६ वटा ठाउँको नाम भने मेयर आचार्यले खुलाएनन। ‘ठुलो क्षेत्रफलमा खनेर होस वा खोंचमा फोहर व्यवस्थापन हुन्छ । नयाँ ठाउँ अझै खोज्दैछौ। जहाँको तही बिसर्जन गर्ने प्रयास हो,’ उनले भने, ‘यो अल्पकालिन व्यवस्था हो। दीर्घकालिन व्यवस्थाका लागि सजग छौ।’  
यसअघि नै  जनवरी १ सम्म पोखराको ल्याण्डफिलसाइट कुनै हालतमा पनि व्यवस्थापन गरिसक्ने भनेर महानगरले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)सँग प्रतिवद्धता जनाएको थियो। ‘जनवरी १ अघि जुनसुकै हालतमा पनि हामीले फोहर व्यवस्थापन गर्छाै भनेका हौ। पोखराको यो विमास्थलका लागि गर्नुपर्ने तयारीमा पुरा भएको छ,’ उनले भने।  

महानगरका मेयर आचार्यले बाच्छेबुडुवाको ल्याण्डफिलसाइटमा फोहाेर फाल्न रोकेर अन्य ६ ठाउँमा अल्पकालिन व्यवस्था भइरहेको बताएपनि ती ठाउँ कुन हुन भनेर अझै यकिन भइसकेको छैन। महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार अहिलेसम्म ६ वटा ठाउँ प्रस्ताव गरिएपनि ती नामबारे यकिन नभइसकेको बताए। तर, क्षेत्र अनुसार फोहाेर व्यवस्थापन गर्ने योजना अनुसारका ठाउँ रहेको उनले सुनाए। ‘लेखनाथ क्षेत्रको फोहर त्यही भेगमा व्यवस्थापन हुन्छ, हेम्जाको हेम्जातिरै रोकिन्छ, बरु समस्या बजारको हो। बजारको पनि कुनै न कुनै ठाउँमा व्यवस्थापन भइहाल्छ,’ उनले भने, ‘अब बाच्छेबुडुवामा भने फोहर खस्दैन। त्यहाँ पुर्न सुरु भएको छ।’  

उनले अल्पकालिन रुपमा व्यवस्थापन गर्ने ठाउँ यकिन नभएसम्म सहरको फोहाेर नउठ्न पनि सक्ने बताए। ‘जहाँजहाँ टुंगो लाग्दै जान्छ, त्यी ठाउँमा फोहर खसाल्न थालिन्छ। जताजता बाँकी रहन्छ, ती ठाउँका लागि पनि पहल भइरहेको छ,’ तिम्सिनाले भने, ‘ठाउँ टुंगो नलागेसम्म फोहर नउठ्न पनि सक्छ । तर, त्यो अवधि धेरैदिनका लागि रहन्न। एकदिन रोकिएपनि भोलिपल्ट ठाउँ यकिन भइहाल्छ।’  

पोखराले अहिले २ सय रोपनी क्षेत्रफलमा पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन गरिरहेको छ। पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहाेर संकलन गर्छ। दिनमा करिब एकसय टन फोहाेर ल्याण्डफिलसाइटमा फ्याक्ने गरिएको थियो। त्यसबाहेक अस्पतालबाट निस्कने थप सात टन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस