मिथिलाको मुहारमा हुम्लाको चिनो
०६ भदौ २०७९
•
३ मिनेट पाठ
मिथिलाको मुहारमा हुम्लाको चिनो
ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा अर्गानिक खाद्यान्नसहित हुम्लाकी बेलमती रोकाया र मिथिलाको चित्रयुक्त ऐना नियाल्दै सरिता मण्डल।
एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।  




ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा टाँगिएको मिथिलाका कलायुक्त ऐनामा प्रतिविम्बित हुम्लाका आर्गानिक ‘चिनो’हरूले धेरैको मन छोएको छ। ‘मैले एकैपटक हिमाल र तराई आमने–सामने नियाल्न पाए,’ मिथिला चित्रयुक्त ऐना किनेपछि ललितपुरकी एलिना महर्जनले भनिन्, ‘सिंगो नेपाल ललितपुरमा जोडियो जस्तो लाग्यो।’

महर्जनले भनेजस्तै बिहीबारबाट जारी यो मेला नेपालभरिका महिला उद्यमीलाई एकैठाउँमा ल्याएर जोड्न सफल भएको छ। हिमाली भेगमा भएको प्राचीन खाद्यान्नले धेरैको मन छोएकोमा रोकाया खुसी छिन्। ‘हाम्रो उत्पादनले राजधानीमा माया पाएको छ,’ उनले भनिन्, ‘यही मायाको कोसेली बोकेर हामी जिल्ला फर्कने छौं।’  

उनले भनेजस्तै सरिता मण्डल पनि आफ्नो कलाकृतिको कदर भएको सुनाउँछिन्। ‘किन्नेहरू किन्छन्, नकिन्नेले पनि कलाको कदर गरेका छन्,’ धनुषा धनौजीकी मण्डलले भनिन्, ‘हामीले मेलाबाट धेरै खुसी पाएका छाैं।’ मेलाले जहिले पनि मनोबल बढाउने मण्डलको बुझाइ छ। ‘मेलामा हामीले व्यापार मात्र हैन, नयाँ मानिस चिन्ने अवसर पनि पाएका छांै,’ उनले भनिन्, ‘यहाँ हाँसिल गरेका ज्ञानले आफ्नो व्यवसायको परिधी झनै फैलिएको छ।’  

मेलामा ढाकाका सामान, स्वदेशी तथा विदेशी खानेकुरा, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, सजावटका सामानलगायत अन्य थुप्रै आकर्षण रहेको छ। १ सय ९ स्टल रहेको मेलामा नेपालका उद्यमीसहित भारत, बंगलादेश, पाकिस्तानका महिला उद्यमीका विभिन्न उत्पादन रहेका छन्।

उनीहरू आफ्नो सामान बिके पनि नबिके पनि उत्तिकै खुसी छन्। ‘यहाँ हामीले आफ्नो सामान बेच्ने मात्र हैन, अरूको सामान र सिप हेर्ने अवसर पनि पाएका छाैं,’ तनहुँकी तुलसी शाह भन्छिन्, ‘एक अर्काका अनुभव बाँड्ने अवसरकोरूपमा मेलालाई लिएका छौ।’ शुक्ला गण्डकी धुप उद्योगकी शाहले धेरै मानिसलाई सामान देखाउन पाउनु पनि ठूलो अवसर रहने सुनाइन्। ‘कति धुप बिक्री भयो भन्दा पनि चार दिनदेखि तनहुँको धुप ललितपुरमा मगमगाइरहेको छ,’ उनले भनिन्, ‘धुपको मगमगले पक्कै पनि राम्रो संकेत ल्याउने छ।’  

सातै प्रदेशका जिल्लाका उत्पादन, उनीहरूको सिप, सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिगो पहिचान बनाउने भूमिका महासंघले निर्वाह गर्दै आएको नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवाली बताउँछिन्।  

‘दुर–दराजमा रहेका महिलालाई उद्यममार्फत मूलधारमा ल्याउनु महासंघको उद्देश्य हो,’ उनले भनिन्, ‘उद्यमी महिलाको मनोबल बढाउनका लागि यो मेला सफल भएको विश्वास लिएका छौं।’ नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको ज्ञवालीले जानकारी दिइन्।  

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले महिला उद्यमीहरूको मनोबल बढाउने काम गर्न पाउँदा खुसी लागेको बताइन्। ‘उनीहरूलाई स्टल मात्र हैन, व्यवसायका विभिन्न सिप र ज्ञान दिन सफल भएका छौं,’ उनले भनिन्, ‘महिलाले उद्यममा देखाएका उत्साहले पक्कै पनि मुलुकलाई अगाडि बढाउने छ।’  

मेलामा नेपालसहित भारत, बंगलादेश, फ्रान्स, अमेरिकालगायतका देशका महिला उद्यमीहरूको सहभागिता छ। मेला सोमबारसम्म सञ्चालन हुनेछ ।

ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा अर्गानिक खाद्यान्नसहित हुम्लाकी बेलमती रोकाया र मिथिलाको चित्रयुक्त ऐना नियाल्दै सरिता मण्डल।
अर्को समाचार
आज तराई-मधेसमा होली, उत्सवमय मिथिला
१६ चैत्र २०७७
•
४ मिनेट पाठ
आज तराई-मधेसमा होली, उत्सवमय मिथिला
स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त। सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन। घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका। घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त। आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ।




‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही क्रम नाघिएछ भने माफी माग्दै भनिने यति हो। पर्वमा रङ, अबिर खेल्दा शिष्टताको ख्याल गर्ने मैथिल संस्कृति छ। घरका  होउन् वा आफ्नो समाजका, श्रेष्ठजनले अबिरको टीका लगाइदिएर इष्र्या, अहङ्कार त्यागेर सबैप्रति सम्मान र आदर दर्शाउन अर्ति दिन्छन्। सानाले बडालाई आदर गर्दै अबिरले पाउ पुजेर अबिर ग्रहण गर्न आग्रह गर्छन्। समाजमा, नाता सम्बन्धमा श्रेष्ठजनप्रति दर्शाउने शिष्टताको स्थापित परम्परा छ।

यो पर्वमा रङ, अबिर खेल्नुसँग नाता, सम्बन्धको सरोकार देखिन्छ। मिथिलामा सालासालीरभिनाजु, सरोजनी (जेठान, सालाका पत्नी) सँग आमाजूदाजु र नन्देभाइ एवं देवररभाउजूबीच छिल्लिएरै रङ, अबिर खेल्ने चलन छ। यसबाहेक सम्धीलाई सम्धिनीले लुकेर रङले लच्छ्रप्पै बनाएको देख्दा हाँस्नेहरुको रमाइलो झनै रोमाञ्चक र मनोरञ्जक बन्ने गर्छ। समान उमेरका मोस्तमहिम (इष्टमित्र) पनि मन खोलेर होली खेल्छन्। 

यी सम्बन्धमा घोलिएको रङ छ्यापाछ्याप गर्नुले सांस्कृतिक मान्यता पाए पनि श्रेष्ठजनलाई यसरी रङ छ्याप्न नहुने मान्यता छ। श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन्। मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ। भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन्। ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो।

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ। फागुन शुक्ल पूर्णिमाका भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्पराअनुसार आज मिथिला होलीमय बनेको हो। पर्वको मिथिला माध्यमिकी परिक्रमासँग तादात्म्यता जोडिन्छ। मिथिला माध्यमिकी परिक्रमा १४ दिनको यात्रा सकी फर्केर जनकपुरधाम आएपछि पूर्णिमाका दिन जनकपुर अन्तरगृह परिक्रमा पूरा गरेको भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्परा छ। होली जनजन परिचालित हुने मिथिलाको उत्सव र उमङ्गको पर्व हो। आफ्नो सावगासअनुसार सबै मैथिल यो पर्व मन फुकाएर मनाउँछन्।

राक्षसी (तामसी) प्रवृतिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व मित्रता, भाइचारा र आपसी सद्भाव बढाउने  रिसराग बिर्साउने अवसर मानिन्छ। रङ, अबिरको प्रयोगले यो पर्व उमङ्ग र उल्लासमय बनेको मैथिल संस्कृति र परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस ९विद्यापीठ०का नेपाली भाषा साहित्यका उपप्राध्यापक धु्रव राय बताउँछन्। पर्वका दिन आज मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर, बस्तीमा होली गीत गुञ्जिएका छन्। जताततै रङ अबिरको माहोल छ। पर्वले मानिसमात्र होइन, सडक, बाटा, घरआँगन सबै रङ, अबिरले राताम्य भएका छन्।

यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन्। अघि त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीताजी) ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होली पर्व सुरु भएको मानिने एउटा मत रहेको छ।

त्यस्तै होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन्। हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ।

यो प्रसङ्ग श्रीमद् भागवत महापुराणमा पनि वर्णित छ। यसै कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यस पर्व  परम्परा शुरु भएको मिथिला परम्पराका ज्ञाता महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय महेश्वर रायको भनाइ छ। यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यस पर्वको ओज बढाएका मैथिल बुद्धिजीवी बताउँछन्।

थप एक दिन बिदा

यसपालि होली पर्वकै मुखमा भारतमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेसँगै त्यसको प्रभाव मुलुकभित्र देखिन थालेपछि सतर्कता अपनाउन सरकारले अपिल गरिरहेको छ। महोत्तरी जिल्ला प्रशासनले सार्वजनिकरूपमा होली समारोह आयोजना नगर्न, भीडभाड नगर्न र आफ्नै घरपरिवारभित्र रहेर पर्व मनाउन सर्वसाधारणसँग अपिल गर्दै आएको छ। पर्वका अवसरमा नेपाल सरकारले आज तराईमा बिदा दिएको छ भने प्रदेश नं २ सरकारले थप एक दिन भोलिलाई समेत बिदा दिने निर्णय गरेको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस