राज्यले बेवास्ता गरेको मौरी पालक कृषकको गुनासो
०५ भदौ २०७९
•
३ मिनेट पाठ
राज्यले बेवास्ता गरेको मौरी पालक कृषकको गुनासो
बजारमा महको अत्यधिक माग भए पनि राज्यले बेवास्ता गर्दा नेपालका मौरी पालक कृषकहरुको प्रवद्र्धन हुन नसकेको कृषकहरुले गुनासो गरेका छन्।  




राज्यको नजर नपुग्दा बजारमा भारतीय लगायत अन्य मुलुकका निम्न गुणस्तरको मह बिक्री भईरहे पनि स्वेदशी महले भने बजार नपाएको उनीहरुको गुनासो छ। नेपाल मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुको शिवराज नगरपालिका खैरेन्द्रपुरमा भएको  १३ औं साधारणसभा कार्यक्रममा कृषकहरुले सो गुनासो गरेका हुन्।  

नेपालमा मौरी पालन व्यवसाय प्रवद्र्धनमा राज्यको थप ध्यान आवश्यक रहेको मौरी पालक किसान नेताहरुले बताएका छन्। महासंघका केन्द्रिय उपाध्यक्ष दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष रामहरी शर्मा लगायतले सो कुरा बताएका हुन्। नेपालमा व्यवसायिक मौरी पालन व्यवसायको केहि हदसम्म विकास भएको भए पनि ब्राण्डिङ, बीमा, चरन, बजारीकरण लगायतका समस्याले किसानहरुलाई गालिरहेको उनीहरुले बताए। सबै मौरी पालक किसानले उत्पादन गरेको महलाई एउटै नेपाली ब्राण्ड बनाएर बजारमा पु¥याउन सके नेपाली महको माग नेपालमा मात्रै नभएर विश्व बजारमा पुर्‍याउन सकिने महासंघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले बताए।

उत्पादित महकोे एउटै ब्राण्ड बनाउने विषयमा पटक पटक प्रयास भएको भए पनि प्राविधिक समस्याले आजसम्म त्यसो गर्न नसकिएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरी शर्माले बताए। बजारमा आउने अन्य महहरुको शुद्धतामा शंका गर्ने ठाउँ हुँदा हुँदै पनि तिनीहरुको नजमेको मह र आकर्षक प्याकेजिङ तथा ब्राण्डिङले उपभोक्ताहरु त्यस तर्फ आकर्षित भईरहेका छन।  

स्थानीय मौरी पालन व्यवसायीहरुले उत्पादन गरेको मह प्रति आश्वस्त हुन नसकेकोले ब्राण्डिङ जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताए। शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले कृषि क्षेत्र र किसानहरुलाई प्रोत्साहन गर्न नसक्दासम्म कुनै पनि निकायको विकासले तीव्रता पाउन नसक्ने बताए। उनले शिवराजको क्षेत्रमा मौरी पालन गरेका कृषकहरुसँग नगरले सहकार्य गरी ब्राण्डेड मह उत्पादन गरेर आत्म निर्भर बनाउनुका साथै बजारीकरणको बतावरण सृजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। मौरी पालन व्यवसाय प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न कुनै कसर बाँकी नराख्ने समेत बताए। मौरी पालन व्यवसायीहरुका समस्या समाधान गर्न आफूहरुले पनि रचनात्मक सहयोग गर्न तयार रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले प्रतिवद्धता व्यक्त गरे।  

मौरीको बीमा गर्नु पर्दा इन्सुरेन्स कम्पनीले झन्झट मान्ने गरेको, मौरी चरनको उचित प्रबन्ध नमिल्दा व्यवसाय सञ्चालनमा समस्या भएको तथा किसानका घर घरमा आज पनि टनका टन मह स्टोर भएर बसेकोले यी यस्ता समस्या समाधानमा आफूहरुले राज्यबाट सहयोगको अपेक्षा गरेको किसानहरुले बताए।साधरण सभामा नेपाल मौरीपालन केन्द्रिय सहकारी संघका निवर्तमान केन्द्रिय अध्यक्ष अर्जुन पोख्रेलले नेपालमा मौरीपालन व्यवसायकको बर्तमान अवस्था र चुनौती विषयमा प्रस्तुतिकरण गरेका थिए।त्यसैगरी कार्यक्रममा नेपाल मौरी पालक महासंघका कपिलवस्तु शाखाका अध्यक्ष नारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मौरी पालक संघ प्रति तीन वटै तहका सरकारले खासै चासो नदिएकोले मौरी पालन व्यवसाय गर्ने सम्पूर्णलाई व्यवसायिक योजना र रणनीति सहित महासंघमा आबद्ध हुन आग्रह गरे।  

आर्थिक प्रतिवेद्धन प्रस्तुत गर्दै महासंघका जिल्ला कोषाध्यक्ष माधवराज पौडेलले सम्पूर्ण मौरी पालन व्यवसायीलाई महासंघमा आबद्ध भएर गोलबन्द भई मह उत्पादनमा केन्द्रित हुन आह्वान गरे।  नेपाल मौरी पालक महासंघका केन्द्रिय सदस्य नन्दराम अर्याल, मौरी पालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष राम हरी शर्मा, सचिव लिलापति घिमिरे लगायत मौरी पालक कृषकहरुको सहभागिता रहेको थियो। जिल्लामा ५३ वटा मौरी पालनको फर्म दर्ता रहेको र १० हजार केजी मह उत्पादन हुने गरेको छ। यस्तै ३१ सय बढी महका घार रहेका छन्। नेपालमा भने बार्षिक एक लाख बढी केजी मह उत्पादन हुने गरको महासंघले जनाएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३० मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस