चितवन राष्ट्रिय निकुञ्जमा राप्ती तथा नारायणी जस्ता ठूला नदी छन्। प्रत्येक वर्ष नै यी नदीमा बाढी नै आउने गर्दछ। वर्षासंगै आउने बाढीका कारण निकुञ्जमा रहेका गैँडा बगेर भारतसम्म पुग्ने गर्दछन्। नेपाली सीमाभन्दा ३८ किलोमिटरभित्र बगाहा पुगेका गैंडालाई समेत निकुञ्जले उद्धार गर्ने गरेको छ। निकुञ्जले बाढीमा बगेर भारत पुगेका १३ गैँडा फिर्ता ल्याईसकेको छ। सन् २०१७देखि हालसम्म १३ वटा गैँडाको उद्धार गरी नेपाल ल्याईएको हो।
‘सम्भव भएसम्म यहाँबाट भारत पूगेका वन्यजन्तु ल्याउने चलन छ,’ निकुञ्जका साहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने, ‘पाँच वर्षको अवधिमा १३वटा गैँडा फर्ता ल्याएका छौँ।’ भारत पुगेका गैंडाको खोजीमा समेत निकुञ्ज जुटिरहेका उनले बताए।
सन् २०१७सालमा आएको बाढीले चितवनका सबैभन्दा बढी गैँडा बगाएको थियो। सो वर्ष निकुञ्जले भारत पुगेका १० वटा गैँडा नेपाल ल्याएको तिवारीले जानकारी दिए। उनका अनुसार, सन् २०१८, २०२० र २०२१मा समान एक/एक वटा गैँडा नेपाल ल्याईएको छ।
उद्वार गरिएका मध्ये पोथी १० र ३ वटा भाले रहेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। व्यस्क गैँडा १०, परिपक्क उमेरका २ र १वटा बच्चा निकुञ्ज ल्याईएको उनले बताए। निकुञ्जले भारत बिहारको संरक्षित क्षेत्र वाल्मीकि टाइगर रिजर्भ, बगाहा, चुनभत्ती, भलुवाई नाला, टंकी बजार, सुस्ता, त्रिवेणी लगायतका स्थानबाट गैंडा उद्धार गरी निकुञ्ज ल्याईएको छ। सबैभन्दा बढी वाल्मीकि टाइगर रिजभ क्षेत्रबाट नेपाल ल्याइएको छ। सो क्षेत्रबाटमात्रै ६ वटा गैडा नेपाल ल्याईएको छ। सवैभन्दा टाढा नेपाली सिमाभन्दा ३८ किलोमिटर पर बगाहा क्षेत्रबाट सन् २०१७मा पोथी गैँडा नेपाल ल्याइएको थियो। गैँडाको उद्धारमा चिकित्सक तथा प्राविधिकको टोली सहित भारत जाने गरेको छ।
उद्धार गरी ल्याएका मध्येबाट एक वटा गैँडा नेपालले चीनलाई दिएको थियो। एक वटा भारतलाई पनि दिएको उनले बताए। नेपालको सीमामा भारतको संरक्षित क्षेत्र वाल्मीकी टाइगर रिजर्भ क्षेत्र रहेको छ। सीमाभन्दा करिब ३०किलोमिटर वस्ती छैन।
बाढीमा बगे पनि गैंडा पौडिन जानेका कारण बच्ने सम्भावना प्रवल रहन्छ। तर बग्दै मानव बस्तीमा गए उद्धार गरेर सुरक्षित बासस्थलमा ल्याउन आवश्यक रहेको तिवारीले बताए। नेपालबाट भारत पुगेर समेत गैडा मर्ने गरेका छन्। तर, वास्तविक तथ्याङ्क भने निकुञ्जसंग छैन। भारतमा साउन १२ गते त्रिवेणीमा २५ भाले गैंडा दलदलमा फसेर मरेको थियो।
यस्तै दलदलमा परेर १६ वटा गैँडा मरेका छन्। सात वर्षको अवधिमा दलदलमा परेर र बाढीले बगाएर १६ वटा गैँडा मरेका छन्। मरेका मध्ये सबैभन्दा बढी गत आर्थिक वर्ष २०७८/०७९मा ९ वटा छन्। यस्तै २०७७/०७८मा ४, २०७६/०७७मा ३, २०७५/०७६, २०७४/०७३ र २०७२/०७३मा समान एक एक वटा गैडा दलदलमा परेर मरेको निकुञ्जले जानकारी दिएको छ। विगतमा भन्दा पछिल्ला वर्षमा निकुञ्जमा गैडा दलदलमा परेर मर्ने क्रम बढेको छ। यो सामान्य प्रकृया रहेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए। ‘गैंडाको संख्या बढेको छ। वृद्धि हुँदा मर्ने क्रम पनि बढी हुन्छ,’ तिवारीले भने।
तर, गैंडा संरक्षणका लागि घाँसे मैदान देखि पोखरी निर्माणका काम गरिरहेको उनले बताए। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार ६९४ वटा गैंडा छन्। त्यसमध्ये पनि निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा बढी पाइन्छ।