नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन
३० साउन २०७९
•
२ मिनेट पाठ
नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन
'अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ काठमाडौंमा जारी सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।




दिगो विकासका लागी राष्ट्रिय युवा संजालको आयोजनामा  शनिबारदेखि सुरू भएको सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो।

समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  ४०%भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरुमा नयाँ आशा पलाएको बताए।

यसैगरी अधिकारको आन्दोलमा अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका अतिथि आयोनका महासचिव खिमानन्द देवकोटाले स्थानीय तहदेखी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निरन्तर युवा आन्दोलन र पैरवीको नेतृत्व गर्दै आएकोमा कार्यक्रम आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि युवा अधिकार, सहभागिता तथा युवा सरोकारका विविध पक्षमा आवाज उठाउने नेतृत्वदायी संस्था बन्न शुभकामना दिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  वातावरणविद् श्यामकृष्ण श्रेष्ठले ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए।

टि.डि. एच. जर्मनी नेपालका देशीय संयोजक मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवाक्लव र संजाल तथा सबै सरोकारवालाहरुसंगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताइन्।

कार्यक्रममा युवा उद्ध्यमशिलता ,जलवायु परिवर्तन र बिपत्त व्यवस्थापनमा युवाको भुमिका र पर्यावरणीय अधिकारको विषयमा सत्रहरु संचालन भएको थियो।

राष्ट्रिय युवा संजालका अध्यक्ष अमृत देवकाेटाकाे अध्यक्षतामा भएकाे सम्मेलनमा राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैर सरकारी संस्था महासंघ, टि.डि. एच.जर्मनी, ए. आई.एन. स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामिण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुको समन्वय रहेकाे थियाे।सम्मेलनमा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो।  

त्यस्तै राष्ट्रिय युवा संजालले आगामी वर्षहरुमा दक्षिण एसियालि  युवाहरुको सम्मेलनको तयारी गरिरहेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए।
अर्को समाचार
२० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सकियो उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन
२४ जेष्ठ २०८२
•
५ मिनेट पाठ
२० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सकियो उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन
विराटनगर घोषणा पत्र सार्वजनिक गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीलगायत । तस्बिर: नागरिक
२० बुँदे ‘विराटनगर घोषणा पत्र–२०८२’ जारी गर्दै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित दुई दिने राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।




घोषणापत्रमा स्थानीय तहलाई सशक्त र सक्षम संस्थामा रूपान्तरण गर्नका लागि सङ्घीय तथा प्रदेश सरकारसँग विभिन्न मागहरू प्रस्तुत गरिएको छ।

मुख्य मागहरूमध्ये न्यायिक समितिका निर्णय कार्यान्वयन, ऐन संशोधन, समन्वयकारी कानुनी वातावरण निर्माण, स्वायत्ततामा आधारित सेवा प्रवाह, बजेट बाँडफाँडको स्पष्ट मापदण्ड, र सङ्घीय सरकारबाट स्थानीय तहको अधिकार सुनिश्चित गर्ने विषयहरू उल्लेख छन्।

सम्मेलनले संविधानमा व्यवस्था गरिएअनुसार स्थानीय तहहरूलाई वित्तीय, प्रशासनिक, कानुनी र कार्यान्वयन पक्षमा पूर्ण अधिकारसहितको संस्था बनाउन माग गर्दै ऐन संशोधन र कार्यान्वयन पक्ष बलियो बनाउन सङ्घीय र प्रदेश सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, कार्यक्रम सञ्चालन, बजेट विनियोजन, सेवाप्रवाह तथा निर्णय कार्यान्वयनमा उपप्रमुख र उपाध्यक्षहरूको भूमिकालाई प्रभावकारी बनाउने गरी कानुनी प्रावधानको कार्यान्वयन गर्न पनि माग गरिएको छ।

घोषणापत्रमा स्थानीय तहबाट प्राप्त हुने सेवाहरू सरल, सुलभ र जनमुखी बनाउनुपर्ने, जनसंख्याको आधारमा अनुदान वितरण गर्नुपर्नेलगायतका मागहरू समावेश गरिएको छ। 

यी हुन् घोषणापत्रमा उल्लेख गरिएका  मागहरू :

१) न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरूको अभिलेखको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र संरक्षक व्यवस्थापन गर्न प्रदेश सर कारसँग माग गर्ने ।

२) न्यायिक समितिको कार्यक्षेत्र एकरूपता कायम गर्न सबै स्थानीय तहको कार्यविधि निर्माण गरी लागू गर्ने ।

३) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ को उपदफा १ (ज) एवं उक्त दफा संशोधन गर्न र दफा ७० को उपदफा २(घ) लाई कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्न सङ्घीय सर कारसँग माग गर्ने ।

४) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७० को उपदफा १ को प्रारम्भिक क्षेत्राधिकार न्यायिक समितिलाई मात्र प्रयोग गर्न पाउने लागि दफा ७०(३) लाई हटाउन प्रदेश सर कारसँग माग गर्ने ।

५) न्यायिक समितिले गरेका निर्णय तथा फैसलाको कार्यान्वयन न्यायिक समितिले हुने सम्बन्धी कानुन संशोधन गर्न सङ्घीय सर कारसँग माग गर्ने ।

६) एकभन्दा बढी स्थानीय तहमा रहेका मुद्दाका पक्षहरूलाई न्याय दिलाउने अन्तरपालिका न्याय तामेली प्रक्रियालाई सहजीकरण गर्नका लागि आवश्यक कानुन निर्माण गर्न सङ्घीय सर कारसँग माग गर्ने ।

७) सबै स्थानीय तहहरूमा कानुनी अधिकृतको व्यवस्थापन गर्नका लागि प्रदेश सर कारसँग माग गर्ने ।

८) सङ्घीय तथा प्रदेश सरकारका प्रत्येक वर्ष सरसल्लाह अनुसार कर वृद्धि गर्दा वित्तीय समानीकरणको अनुदान घटाउने गरिएको स्थिति समाधानका लागि अनुदान वृद्धि गर्न र समानुपातिक एकरूपता योजना तथा कार्यक्रम छुट्याउने गर्ने अधिकार स्थानीय तहलाई दिन सङ्घीय सरकार र प्रदेश सर कारसँग माग गर्ने ।

९) नेपालको संविधानमा वहाल कर स्थानीय तहले सङ्कलन गर्ने एकल अधिकारको व्यवस्था रहेको भए पनि सङ्घीय सरकारबाट सङ्कलन वहाल करको नाममा कर असुल गर्दा स्थानीय तहको राजस्वमा असर पर्ने भएकोले संविधानबमोजिम संस्था वहाल कर स्थानीय तहको क्षेत्राधिकारमा पर्ने भएकोले सो कर सङ्कलन नगर्न नगराउन सङ्घीय सर कारसँग अनुरोध गर्ने ।

१०) स्थानीय तहको अर्धवार्षिक समीक्षा र मापन आधारित भए मात्र सङ्घीय तथा प्रदेश सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न अनुरोध गर्ने ।

११) योजना तथा कार्यक्रमको डिजाइन तथा गुणवत्ताका लागि स्थानीय तहको भौगोलिक क्षेत्रका साइज तथा प्रदेशबाट खपत हुने योजना तथा कार्यक्रमको स्थानीय तहबाट नियमित अनुगमन तथा मूल्याङ्कन अनिवार्य व्यवस्था मिलाई स्थानीय तहको प्रतिनिधित्वको आधारमा मात्र योजना तथा कार्यक्रमको अन्तिम भुक्तानी गर्ने व्यवस्था मिलाउन सङ्घीय तथा प्रदेश सर कारसँग माग गर्ने ।

१२) राजस्व बाँडफाँटबाट प्राप्त हुने प्रतिशत स्थानीय तहमा बढाउन सम्बन्धित कानुनमा संशोधन गर्न संघ तथा प्रदेश सर कारसँग माग गर्ने ।

१३) वित्तीय सङ्घीयतालाई संस्थागत गर्न कार्य वस्तुगत रूपमा प्रतिवेदनलाई आधारभूत गरी तीनै तहका सरकारको कार्य जिम्मेवारी सुनिश्चितताका हिसाबले स्पष्ट गर्न सङ्घीय सर कारसँग माग गर्ने ।

१४) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सँग विसंगत संघ तथा प्रदेशका कानुनहरूलाई संशोधन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मात्र संघ र प्रदेश सरकारलाई कानुन निर्माण गर्ने व्यवस्था गर्न माग गर्ने ।

१५) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार उपभोक्ता समिति मार्फत योजना अध्ययन, डिजाइन, दर्ता, नवीकरण र निगरानी प्रणालीलाई दक्ष र पारदर्शी गरि दुरुपयोग हुन नपाउने व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्न संघ तथा प्रदेश सर कारसँग माग गर्ने ।

१६) प्रदेश कानुन संशोधन गरि स्थानीय तहलाई इ–डिस्को तथा अटो डिस्कोको दर्ता, नवीकरण तथा नियम र व्यवस्थापन गर्ने अधिकार प्रदान गर्न प्रदेश सर कारसँग माग गर्ने ।

१७) स्थानीय तहबाट प्रवाह गरिने सेवा प्रकारका सेवालाई थप जनमुखी तथा सेवाग्राहीमैत्री बनाउन सरलीकृत प्रक्रियामा कार्यान्वयन गर्ने ।

१८) स्थानीय तहका उपमुख्य तथा उपाध्यक्षको नेतृत्व गर्ने विभिन्न समितिमा हुने अनुगमनलगायतका कार्यहरू थप प्रभावकारी बनाउने ।

१९) सङ्घीयताको थप संस्थागत सुदृढीकरण गर्न पारदर्शी तथा जनउत्तरदायी भएर उपमुख्य तथा उपाध्यक्षले प्रभावकारी भूमिका निर्वाह गर्ने ।

२०) प्रचलित कानुनबाट उपमुख्य तथा उपाध्यक्षहरूले प्रस्तावित गरिएका कार्यकारी अधिकारहरूको प्रयोग गर्न सुशिक्षितता गर्ने ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस