‘जहाँ चिच्याउँदै बर मागिन्छ’
२७ साउन २०७९
•
३ मिनेट पाठ
‘जहाँ चिच्याउँदै बर मागिन्छ’
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित खयर र बराही मन्दिर।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ। 




मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन्। यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ। म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन्।

समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक रहेको निलो तालमा करिब दुई दिनको पैदलयात्रापछि पुगेका भक्तजनहरुले सबैले सुन्ने गरी आफ्नो भाकल माग्ने गरेका छन्। भक्तजनले तालमा रहेका पूजारी र पूजारीले चर्को स्वरमा भाकल पूरा गरिदिन गरेको अनुरोध निकै रोचक हुने गरेको छ। ‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन्। 

केहीले राम्रो श्रीमान–श्रीमती चाहियो भन्दै बर माग्छन्’ स्थानीय समाजसेवी राजु पुनले भने। उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन्। बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ। आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ। खरय भरानीमन्दिर तथाआसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन्।  

पटक–पटक मागे अनुसार पुरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमा जाने गर्दछन्। बलीका लागि खयर क्षेत्रमा करिव एक हजार भन्दा धेरै साँडे पालिएको छ। मन्दिरमा दर्शन गर्नका लागि अन्नपूर्णको पाउद्धार सहित विभिन्न स्थानबाट भक्तजनहरु दुई दिन अगाडी नै मन्दिर आसपासका क्षेत्रमा पुगेर बस्ने गरेका छन्। उक्त क्षेत्रमा पूर्वाधार विस्तारमा निजी क्षेत्रबाट संरचना बनाइएपछि सहज भएको छ। खयर क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौंको पूर्वाधार विस्तार गरेका छन्। पदमार्गदेखि शौचालय, आवास लगायतका पूर्वाधारले सहज भएको छ। मन्दिरमा दर्शन गर्नका लागि जाने भक्तजन बिरामी भएपछि खोप्रा आसपासका क्षेत्रबाट लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन्।  

आफ्नो मनोकामना पुरा गरेरकाभक्तजन र स्थानीयको प्रयासमा मन्दिरको पुननिर्माण समेत गरिएको छ। जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा समेत लिइने खोप्रा माधार्मिक पर्यटकलाई समेत लक्षित गरेर सामुदायिक लगानीमा होमस्टे सञ्चालन गरिएको छ। स्थानिय खयरभारनी युवाक्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना जनैंपुर्णिमा मेलागर्ने गरिएको छ। आधादशक अगाडीसम्म खोप्रा देखी माथिल्लो क्षेत्रमा खुल्ला आकाश र आफ्नै टेन्टको ब्यवस्था गर्नुपर्ने बाध्यता रहेको भएपनि पाउद्धार, शिख र आफ्नो मनोकामना पुरा भएका भक्तजनहरूले करिब दुई करोडको लागतमामन्दिर, पदमार्ग, खानेपानी, शौचालय लगाएतमा अतिआवश्यक पूर्वाधारहरू विस्तार गरिएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारबाट भने अपेक्षा गरे अनुसारको पूर्वाधारमा सहयोग भएको छैन्। खोप्रा, खयर क्षेत्र म्याग्दीको ग्रामिण पर्यटनको हिरा जस्तै भएको वडा अध्यक्ष राजेश तिलिजाले  बताए।

यता अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाँगी बराही मन्दिर परिसरमा रहेको तालमा पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ। तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन्। तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ। पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले मन्दिरमा चिच्चाएर माग्नुपर्ने अवस्थामा केही भक्तजनहरुको शैलीलाई पूजारीले समेत रोक्ने गरेका छन्। चिच्चाएर माग्दा पारिवारिक, ब्यक्तिगत दुस्मनी तथा कसैलाई हानी हुने भाकल भएमा पूजारीले निषेध गर्ने गरेको दर्शन गरी फर्किएका भक्तजनहरुको भनाई छ। नाँगीको बराही मन्दिरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले समेत दर्शन गरेका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस