अवैध रुपमा सञ्चालित २ क्लिनिकका बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन
२६ साउन २०७९
•
२ मिनेट पाठ
अवैध रुपमा सञ्चालित २ क्लिनिकका बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन
कपिलवस्तुमा बिना इजाजत अवैध रुपमा सञ्चालित २ क्लिनिका  बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। जिल्लाको महराजगन्ज नगरपालिकाका २ बंगाली डाक्टरलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन गरिएको हो।




महराजगन्ज नगरपालिका वडा नम्बर १० बिजगौरीको पवित्र विश्वास मेडिकल स्टोर र महराजगन्ज नगरपालिका वडा नम्बर १ स्थित नानीमाया आचार्य मेडिकल स्टोरलाई पसल बन्द गरी हाजिर हुन निर्देशन गरिएको हो। मूल्य वृद्धि र विभिन्न अनियमितालाई रोक्न प्रशासन कार्यालयको अगुवाइमा गरिएको संयुक्त अनुमगन पछि सो निर्देशन दिइएको हो।

दुबैले निर्वाध रुपमा क्लिनिक सञ्चालन गर्दै आएका थिए।  सहायक प्रजिअ अनिल पौडेलको नेतृत्वमा गरिएको अनुगमन पछि दुबै क्लिनिक बिना इजाजत अबैधरुपमा सञ्चालन भएको भेटिएको थियो। ‘दुबै क्लिनिक बिना इजाजत सञ्चालन भएका भेटियो, जनताको स्वास्थ्यसँग खेलाबाड गर्ने दुबैलाई प्रशासनमा हाजिर हुन बोलाएका छौं’ उनले भने।

टोलीले महाराजगन्ज नगरपालिका वडा नम्बर १० बिजगौरी, वडा नम्बर १ महाराजगन्ज र बुद्धभूमि नगरपालिका ४ हनुमान चोकमा रहेको मेडिकल, नास्ता पसल किराना पसल, मदिरा पसल फ्रेस हाउसको अनुगमन र निरीक्षण गरेको थियो। अनुगमनका क्रममा अधिकांश पसलहरु मापदण्ड अनुसार सञ्चालन नभएको भेटिएको सहायका प्रजिअ पौडेलले बताए।

महाराजगन्ज नगरपालिका वडा नम्बर १ स्थित सञ्चालन गरिएको जमिल धोबीको मासु पसल र रहयान हुसेन पानीजा फ्रेस हाउमा मापदण्ड विपरित बेचिएका ९० किलो बढी कुखुराको मासु जफत गरी नष्ट गरिएको थियो।

साना पसल, किरानापसल अनुगमनका क्रममा मूल्य सूची नराखी सामानहरू बिक्री वितरण गरेको, विभिन्न सामानहरू प्रयोग मिति समाप्त भै सकेको, उत्पादन मिति नै उल्लेख नभएको, मूल्यमा एकरुपता नरहेको  सरसफाइ राम्रोसगँ नभएको पाइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राकेश चोधरीले बताए।

पहिलो चरणको अनुगमनको क्रममा भेटिएका कमजोरीहरूलाई फेरि पुन नदोहोर्‍याउने गरी छाडिएको र प्रयोग गर्न नमिल्ने त्यस्ता सामानहरू छुटै राख्न निर्देशन दिएको सहायक पीजअ पौडेलले बताए। यस्तै टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित कपिलवस्तु डिस्टिल वाटर उद्योगमा समेत अनुगमन गरी मापदण्ड अनुसार सफा र स्वच्छ पानी आपूर्ति गर्न निर्देशन दिएको थियो।

टोलीले कुल १७ पसल र १ पानी उद्योग अनुमगन गरको प्रशासन कार्यालकया नासु जनकराज जोशीले बताए। अनुगमन टोलीमा प्रहरी निरीक्षक सुमनराज राउत, खाद्यउ प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवशंकर मिश्र, सञ्चारकर्मी, घरेलु तथा सना उद्योगका प्रतिनिधि लगायतको सहभागीता थियो।  
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२२ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस