मनोहरा खोलाकाे बाढीले स्थानीयकाे विचल्ली
२५ साउन २०७९
•
३ मिनेट पाठ
मनोहरा खोलाकाे बाढीले स्थानीयकाे विचल्ली
तस्बिर: प्रसन गुरूङ/नागरिक
मध्यपुरथिमि नगरपालिका १ मनोहरा खोलाको किनारामा रहेका सुकुम्बासी बस्तीमा मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आठ सय भन्दा बढी घरमा बाढी पसेको छ।

वर्षाले उर्लिएको मनोहरा खोला सुकुम्बासी बस्तीमा पसेपछि बस्तीका नागरिकको विचल्ली भएको छ। बस्तीबासीहरु खाद्यान्नदेखि लिएर लगाउने कपडासम्म बाढीले बगाएपछि बेलुका के खाने, बालबालिकाहरुलाई के खुवाउने, कहाँ र कसरी सुताउने भनेर चिन्तित छन्। बाढीका कारण विचल्ली भएका त्यहाँका नागरिकहरु सरकारसँग सहयोगको अपेक्षा गरिरहेका छन्।

मनोहरा खोला किनारको सुकुम्वासी बस्तीमा ३ वर्षदेखि बस्दै आएका सुरेन्द्र (नाम परिवर्तन) बताउँछन्। 'राति १२ बजेतिर सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा चारैतिर भागाभाग भएको थियो। रातकै समयमा प्रहरी आएर केहीको उद्धार पनि गरे। बस्तीको १/२ घर छोडेर बाँकी सबैमा बाढी पसेको छ। खाने चामलदेखि लगाउने कपडा सम्म केही बाँकी छैन , पहिले पनि यस्तै बाढी आएको थियो, तर सरकारको यो विषयमा ध्यान दिएन। अहिले के खाने के लाउने भन्ने अवस्थामा छौं,' उनले भने। 

कक्षा ४ मा पढ्ने विकाशको सबै किताब र कापी पानीले भिजाएको थियो। उनी आफू सुरुमा खेलिरहेका थिए। उनकी आमाले किताब भन्दा पनि बेलुका के खुवाउने भन्ने चिन्तामा रहेको बताइन्।सोही बस्ती बस्ने एक परिवार बिहानैदेखि घरभित्र पसेको पानी निकाल्न व्यस्त थियो। बाढी पीडित   भन्छिन्, '१२ बजे तिर बाढी आएको थाहा पाएका थियौं, स-साना बाबु नानीहरू पनि थिए, कहाँ भाग्ने के गर्ने भयो, लुगा र पकाउने भाडाहरु, टिभि सबै खतम भएको छ। सामानहरु निकाल्ने भन्दा पनि ज्यान कसरी बचाउने सोच भयो। ओड्ने ओछ्याउने, खाना केही छैन। हामी बोल्न नसक्ने हरुले त केही नपाउने रैछौं।'

सोही बस्ती बस्ने विमला तामाङ भन्छिन्, 'राति सुतिरहेको बेला ढिस्को खस्दा बिउँझिए, एकैछिनमा पानी कोठा भित्रैसम्म आइपुग्यो केही निकाल्न पाएनौं किचनको समान सबै बगायो बेलैमा थाहा पाएर बाँच्याैं नत्र परिवार सबैलाई बगाउने रहेछ।'

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले गएराति १२ बजे तिर आएको बाढीका कारण करिब ५७ लाख बराबरको क्षति भएको बताएका छन्। उनले एउटा छाप्रो र टहरा बगाएको र ५ घरमा पूर्णरुपमा क्षति भएको जानकारी दिए।

खोलाको पर्खालसहित माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भएर पानी घर टहरामा पसेको हो। 'चाँगुदेखि मनोहरासम्मका खोला किनारका बस्तीहरुमा सबै भन्दा धेरै क्षति पुगेको छ। लत्ता कपडा खाद्यान्न र अन्य घरायसी सामानदेखी पशु चौपाया समेत बगाएको छ तर मानवीय क्षति भने भएको छैन।', उनले भने। उनका अनुसार प्रहरीले बङ्गुर फार्मबाट ५ सय हाँस, २ सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो।  

बस्तीमा अहिले यस्तै समस्या सबैलाई परेको छ। मध्यपुरथिमि नगरपालिका १ वडाध्यक्ष बाबु काजी डंगोलले तत्कालका लागि पीडकहरुलाई प्रशासन र रेडक्रससँगको सहकार्यमा सिरक डसना, खाद्यान्न र खाने पानीको जार उपलब्ध गराउने बताए। उनले सबैको क्षतिको विवरण आएपछि फेरि प्रशासन र सम्बन्धित निकायसँग छलफल गरि थप व्यवस्था मिलाउने जानकारी दिए।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस