बझाङमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ।
बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेक छन्। उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। मृतकका श्रीमान पार्की गए राति मात्र भारतबाट फर्किए थिए।
स्थानीय प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ भने थप अनुसन्धानका लागि रमेश अवस्थीको टोली घटनास्थलमा जाँदै छ।