ढक्कन बिनाका ६ फिट गहिरा नाली, बालबालिका उच्च जोखिममा
२३ साउन २०७९
•
४ मिनेट पाठ
ढक्कन बिनाका ६ फिट गहिरा नाली, बालबालिका उच्च जोखिममा
ढक्कन नलगाएको नाली।
धनगढी उपमहानगरपालिका वडा नं-५ स्थित डिभोटी चोकदेखि पिपल चौतारासम्म ७ सय मिटर सडकको वरिपरि बनाइएका ६/७ फिट गहिरो नालीमा ढक्कन छैनन्। करिब आधा दर्जन बढी विद्यालय ओहोर-दोहोर गर्ने हजारौं विद्यार्थी यही सडक भएर आउ-जाउँ गर्छन्।




‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’
सडक वरिपरि रहेका दर्जनौं घर, पसलबाट बाहिरभित्र गर्न यही खुला नाली नाघ्नुपर्छ। वर्षातमा बढी वर्षा हुँदा धनगढी  जलमग्न हुने गर्छ। पानी भरिँदा सडक र नाली ठम्याउन पनि सकिँदैन। वर्षात सुरु हुन अघिदेखि स्थानीयले यो सडक निर्माण गरिरहेको निर्माण व्यवसायी र सरोकारवाला निकायलाई यी नालीमा परेर मान्छे मर्ने जोखिम भएकोले ढक्कन लगाइ दिन अनुनय विनय गर्न थालेका हुन्, तर अहिलेसम्म नालीमा ढक्कन लगाउन कुनै चासो नदेखाएपछि स्थानीय चिन्तित बनेका छन्।

‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? ’स्थानीय तर्क रावलले भने, ‘वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’

धनगढी उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष गजेन्द्रबहादुर शाही एक महिनादेखि उच्च जोखिम रहेको यो नालीमा ढक्कन लगाइदेउ भनेर आग्रह गर्दा पनि नटेरेको बताउँछन्। आधा दर्जन विद्यालयका ५ हजार बढी विद्यार्थी यो बाटो ओहोर-दोहोर गर्ने गरेको  उनी बताउँछन्। ‘पाँच हजार विद्यार्थी ओहोर-दोहोर गर्छन्, नालीमा ढक्कन नहुँदा वर्षातमा जतिबेला पनि नालीमा खसेर ज्यान जाने खतरा छ’ उनले भने, ‘तलदेखि माथीसम्म मिलाएर सम्झौता अनुसार समयमा काम नगर्ने ठेकेदारको लापरवाहीको यो पाराकाष्टा हो।’

‘गुणस्तरहीन काम भैरहेको छ, मान्छेको ज्यान धरापमा पर्नेगरी नाली खुला छोडेर सम्पर्कविहीन छ, ठेक्का दिने निकाय के हेरेर बसिरहेको छ? जति गलत र लापरवाही हुँदा पनि सबै मौन बस्ने प्रवृत्ति नै समस्या भएको छ।’
नालीमा ढक्कन नलगाएमा पक्कै पनि कोही न कोही मान्छे नालीमा खसेर मर्ने उनी बताउँछन्। नाली पनि गुणस्तरहीन बनाएको उनले बताए। गुणस्तरहीन काम गरिरहेको छ। सडकमा एक पटक बनाएको पिच स्थानीयले भत्काएर पुनः गर्न लगाएको उनी बताउँछन्। नाली पनि गुणस्तरहीन बनाएको र एक महिनादेखि नालीमा ढक्कन नलगाएर एम्वुस थापे जस्तै गरेको उनले बताए।

‘नगरपालिकाका मेयरले पनि पटक-पटक भन्नु भएको छ, कसैको भनेको पनि नटेरेर दादागिरी गरेर काममा बेवास्था गरेको छ’ उनले भने। यस्तो लापरवाही हुँदा पनि कसैले अनुगमन समेत नगरेकोमा स्थानीयले आश्चर्य व्यक्त गरेका छन्। ‘गुणस्तरहीन काम भैरहेको छ, मान्छेको ज्यान धरापमा पर्नेगरी नाली खुला छोडेर सम्पर्कविहीन छ, ठेक्का दिने निकाय के हेरेर बसिरहेको छ? ’स्थानीय ईन्द्रबहादुर शाहले भने,‘ जति गलत र लापरवाही हुँदा पनि सबै मौन बस्ने प्रवृत्ति नै समस्या भएको छ।’

‘अस्ती ९/१० चरा करेन्ट लागेर मरे, पानी परेको बेला पोलमा करेन्ट बगिरहेको छ, पोल छोएमा करेन्टको खतरा पनि छ, यो बनाउनमा पनि उस्तै लापरवाही छ’ 
सडक छेउमा रहेका घरकै अगाडि मान्छे डुब्ने गहिरो नाली खुला हुँदा घरभित्र बाहिर ओहोर-दोहोर गर्न समेत समस्या भएको प्रेमबहादुर शाहले बताए। सडकको वरिपरि बनाइएका नाली ५ फिटदेखि ७ फिटसम्म गहिराइ रहेको प्राविधिकले बताएका छन्। यसैगरी हाइटेन्सन लाइनको नांगो तार बिजुलीको पोलमा लागेर करेन्टको उच्च जोखिम रहेको स्थानीयले बताए।

‘अस्ती ९/१० चरा करेन्ट लागेर मरे, पानी परेको बेला पोलमा करेन्ट बगिरहेको छ, पोल छोएमा करेन्टको खतरा पनि छ, यो बनाउनमा पनि उस्तै लापरवाही छ’ वडा अध्यक्ष शाहीले भने। एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भैरहेकको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत कालिका कन्ट्रक्सन प्रालिले यो सडक निर्माणको काम गरिरहेको छ।

कालिकाका प्राजेक्ट म्यानेजर प्रतिक भाकुजुले विद्यार्थीहरुको ओहोर-दोहोर हुने डिभोटीदेखि पिपल चौतरासम्मको नालीको ढक्कन तुरन्तै हालेर समस्या समाधान गरिने बताए। यसैगरी हाइटेन्सन बिजुली लाइन पोलमा लागेर करेन्ट लाग्ने समस्या पनि पाइप हालेर समाधान गर्ने उनले बताए। यो प्रालिले  ७५ करोड लागतमा धनगढी शहरमा विभिन्न ठाउँमा गरी साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो। 

विद्यार्थी ओहोर-दोहोर गर्ने संवेदनशील स्थानमा जोखिम नहुने गरी नालीका ढक्कन राख्न निर्माण कम्पनीलाई भनिसकेको। कालिका कन्ट्रक्सनको काम विवादित हुँदै आएको छ।
दुई वर्षमा काम सिध्याउने गरी सम्झौता गरेकोमा यो महिना समयावधि सकिएको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख प्रविण शाहले बताए। अहिलेसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए। ९ महिना म्याद थपको प्रक्रियामा रहेको छ।

विद्यार्थी ओहोर-दोहोर गर्ने संवेदनशील स्थानमा जोखिम नहुने गरी नालीका ढक्कन राख्न निर्माण कम्पनीलाई भनिसकेको उनले बताए। कालिका कन्ट्रक्सनको काम विवादित हुँदै आएको छ। गुणस्तरहीन काम गरेको, नाली बांगो बनाएको लगायतका विभिन्न विषयमा निर्माण भैरहेका विभिन्न ठाउँमा स्थानीयले विरोध गर्दा उत्पन्न विवादले समेत काम प्रभावित भएको एक प्राविधिकले बताए।
अर्को समाचार
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
९ मिनेट अघि
•
१ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।




शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।

प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।

माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।

त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।

स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।

जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।

सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस