बडीमालिका नगरपालिकाको यात्रा वर्ष अभियान
१६ साउन २०७९
•
३ मिनेट पाठ
बडीमालिका नगरपालिकाको यात्रा वर्ष अभियान
बडीमालिका क्षेत्रको प्रवर्द्धन गर्न बडीमालिका नगरपालिकाले नेपाल पर्यटन बोर्डमै पत्रकार सम्मेलन गरेको छ। नगरपालिकाले सुरु गरेको बडीमालिका यात्रा वर्ष २०७९ बारे जानकारी दिन सम्मेलन आयोजना गरेको नगर प्रमुख अमर खड्काले बताएका छन्।




बडीमालिकाको प्रवर्द्धन र यात्रा वर्षको २०७९ प्रचार प्रसारका लागि पर्यटन बोर्डकै पदाधिकारी राखेर पत्रकार सम्मेलन गरिएको हो। बडीमालिका सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रुपमा परिचित छ। धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रमा लाग्ने पर्वको अवसर पारी बडीमालिका नगरपालिकाले यात्रा वर्ष अभियान नै सुरु गरेको छ।

बडीमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन साउने चर्तुदर्शीमा मेला लाग्ने गर्दछ। यो वर्ष साउन २६ गते बडीमालिका क्षेत्रमा पूजा लाग्नेछ। बडीमालिका यात्रा पर्यटन वर्ष २०७९ लाई व्यापक बनाउने उद्देश्यसहित काठमाडौँमै पत्रकार सम्मेलन गरिएको नगर प्रमुख अमर खड्काले बताएका छन्।

पर्यटन विकासका लागि राज्यकै प्रतिनिधिका रुपमा काम गर्ने नेपाल पर्यटन बोर्डलाई समेत यात्रा वर्ष बारे जानकारी दिन र बडीमालिका क्षेत्रको विशेषता जानकारी गराउन बाजुराबाटै काठमाडौँ पुगेर सम्मेलनको आयोजना गरेका हौं, यसले राम्रो सन्देश दिन नगर प्रमुख खड्काले भने।

सम्मेलनमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिहं ऐरसहित पर्यटन व्यवसायी सहभागी थिए। वरिष्ठ निर्देशक ऐरले बडीमालिका क्षेत्रले सिंगो सुदूरपश्चिम चिनाउन मद्दत पुगेको बताएका छन्। बडीमालिका धार्मीक आस्थाको मात्र क्षेत्र नभइ प्राकृतिक सुन्दरताले पनि भरिएको स्थल भएकोमा ऐरले प्रशंसा गरेका छन्।

पत्रकार सम्मेलनमा बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले संभावना भएर पनि राज्यको तर्फबाट संरक्षण र प्रप्रवर्द्धन हुन नसक्नु दुःखद विषय भएको बताएका छन्। बडीमालिका प्राकृतिक सुन्दरताले सुदूरको स्वर्ग नै हो, धार्मीक आस्थाको धरोहर हो, भारतसम्मका नागरिकले भक्तिभाव राख्ने गर्छन्, तर नेपाल सरकारकै तर्फबाट कुनै पहल र प्रयास छैन्, यही गुनासो सुनाउन काठमाडौँ पुगेको, खड्काले भने।

तत्कालीन राजा महेन्द्र, वीरेन्द्र र वर्तमान राष्ट्रपती विद्यादेवी भण्डारी समेतले अवलोकन तथा भ्रमण गरेका छन्। तर त्यसको बजारीकरण र प्रचारमा राज्यको लगानी शून्य छ। त्यसकै प्रचार प्रसार गर्न, बडीमालिका क्षेत्रको विशेषता दुनियाँ सामु पस्कीन यो वर्ष बडिमालिका नगरपालिकाले यात्रा वर्षका रुपमा मनाउन लागेको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्।

बडीमालिकालाई मुलधारमा ल्याउनु र बाजुरालाई चिनाउने प्रमुख गन्तव्य बनाउनु नै यात्रा वर्षको लक्ष्य रहेको नगर उपप्रमुख नन्दाकुमारी थापाले बताएकी छन्। पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पर्यटन व्यवसायी र पत्रकारलाई नगरपालिकाले गरिबी र मानव विकासको पुछारमा रहेको जिल्लालाई मुलधारमा ल्याउने क्षेत्रको प्रवर्द्धन र विकासमा योगदान पुग्ने गरी सहयोग गर्न अपिल गरेको छ।

बडीमालिका समुन्द्री सतहबाट करिब ४ हजार २ सय २७ मीटरको उचाइमा छ। हिउँदका ६ महिना सेताम्य देखिने बडीमालिका वर्षादमा कुहिरोले ढपक्क ढाकिरहेको हुन्छ। सदैव जसो चिसो सिरेटो चलिरहन्छ। चैत्रदेखि असोजसम्म मात्रै यो पवित्र स्थालमा पुग्न सम्भव हुन्छ।
अर्को समाचार
घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
०१ चैत्र २०८०
•
१ मिनेट पाठ
घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
जिल्लाको बडिमालिका नगरपालिकामा बुधबार बिहान गाउँनजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिए।




मृत्यु हुनेमा सोही नगरपालिका– ५ मनाकी ४५ वर्षीया दुरा साउद रहेकी छन्। उनका अनुसार बुधबार गाउँनजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी साउदलाई उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको थियो।

भिरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए। –रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस