नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले अदालतको आदेश विपरित सरकारी जग्गामा भवन निर्माण गरिरहेको छ। जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको जग्गामा जिल्ला अदालत चितवनले बिहीबार काम रोक्न आदेश दिएपनि कर्मचारीले भवन निर्माणको काम जारी राखेका छन्।
स्वीकृत बिना नै संरचना बनाउन थालेपछि जिल्ला समन्वय समिति चितवनले बिहीबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो। सोही दिन अदालतले तत्काल काम रोक्न आदेश दिएपनि निर्माण कार्य नरोकिएको जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारीले दिए। ‘आदेश पालना नगरि राति नै संरचनामा ट्रस राखिएको छ। अहिले गारो लगाउने काम भैरहेको छ,उनले भने, ‘प्रशासनको उचित सहयोग नहुँदा रोक्न कठिन छ।’
प्रशासनिक संयन्त्रबाट प्रयाप्त सहयोग नभएपछि भैरहेको काम रोक्न जिसस अदालत पुगेको थियो। यातायात कार्यालयलाई भोगाधिकार गर्न दिएको जग्गामा नेपाल राष्ट्रिय कर्मचारी संगठनले संरचना बनाईरहेका छन्।
साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको यातायात कार्यालयलाई जिससले २०७८ चैत्र ६ गते तीन बर्षका लागि सम्झौता गरेर दिईएको छ। त्यो जग्गामा सम्बन्धित निकायको स्वीकृत बिना संगठनले संरचना बनाउँन पाउँदैनन्। तर, सार्वजनिक जग्गामा सहमति नलिई भवन बनाउन लाग्दा समेत अन्य निकाय मौन रहेको अधिकारीको भनाई छ। ‘हामीले भरतपुर महानगरपालिकाका मेयरलाई भन्यौँ। जिल्ला प्रशासनलाई भन्यौँ। तर, कसैले संरचना रोक्नका लागि पहल गरेन, उनले भने ‘हाम्रो एकल प्रयासले सक्दैनौँ। प्रशासन मौन छ।’
जिल्ला समन्वय समिति चितवनको करिव ११ विघा जग्गा छ। उसले १२ वटा सरकारी तथा गैरसकारी संस्थालाई संस्थालाई भोगाधिकारका लागि दिएको छ। जिसस कार्यालय अगाडिको सरकारी अतिथि भवनमा यसअघि गंगाराम कलेज सञ्चालनमा थियो। त्यहाँ करिव चार कठ्ठा जग्गा थियो। त्यो भवन प्रयोग गर्ने गरि जससले यातायात कार्यालयलाई दिएको हो। अहिले जिससले निःशुल्क दिएको छ।
यातायात कार्यालयले अहिले निजि घरबाट यातायातका सेवा सञ्चालन गरेको छ। उसले मासिक ९० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। त्यहाँ पार्किङदेखि सेवा प्रवाहमा समस्या हुँदै आएको छ। जिसस अगाडी रहेको भवनमा सार्ने तयारी गरेको समयमा संरचना बनेपछि यातायात कार्यालयले पनि जिससलाई निर्माण कार्य रोकिँदिन साउन ९ गते पत्र नै काटेको छ। सोही व्यहोराको पत्र जिससले साउन ११ गते जिल्ला प्रशासन कार्यालयलाई लेखेको छ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ सार्वजनिक जग्गा संरक्षणका लागि सम्बन्धीत पक्षलाई निर्देशन दिएको बताउँछन्। ‘अदालतको आदेशलाई कसैले मान्दिन भन्न पाईदैन। सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक समेत रहेका तामाङले भने, ‘त्यहाँ कसैले बनाएको छ भने तरुन्त हटाउँछौँ।’ तर, उनले काम रोक्न सकेका छैनन्।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा सुरु गर्ने तयारीमा यातायात कार्यालय छ। तर, सोही ठाउँमा अनुमति विना भवन निर्माण गरिएको छ। नेपाल राष्ट्रिय कर्मचारी निजामति संघकी चितवन अध्यक्ष कमला न्यौपाने अन्य संगठनको भएका कारण आफुहरुले पनि बनाएको बताउँछिन्। ‘पहिल्यैदेखि हामीले बनाउने भनेका थियौँ। कसैले केही भन्नुभएको थिएन। त्यहाँ निजामित संगठन र युनियनको पनि भवन छ। त्यही भएर हामीले पनि प्रोशेस गरेको हो।’ उनले भनिन्, ‘बोर्ड भएको ठाउँमा हामीले भवन बनाउन लागेको हो। सूचना कस्ले टाँसेछन् त्यो थाहा भएन।’