सर्लाहीको बरहथवामा टिपरले किचिएर एक पुरुषको मृत्यु भएको छ। बरहथवा नगरपालिका १० किसनपुर सीतापुरमा मोटरसाइकल चालक ३० वर्षीय मुकेश साहलाई टिपरले किच्दा शुक्रबार मृत्यु भएको हो।
बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले रौतहटको ईशनाथ नगरपालिकाको लक्ष्मीयिनया गाउँमा घर भइ बरहथवामा नै घर बनाएर बसेका महिन्द्र साहका ३० वर्षीय छोरा मुकेश साह चढेको मोटरसाइकलना २१प७४०१ मा ठक्कर दिएको थियो।
ठक्कर दिएपछि मोटरसाइकलचालक साह लडेका थिए। लडेर घाइते भएको साहलाई टिपरले ब्याक गरी कुल्चेर मारेको स्थानीयबासीले आरोप लगाएका छन्। बरहथवा ७ मा रहेको शक्तिमान पाउरोटी उद्योगमा कार्यरत मजदुर साहलाई टिपरले कुल्चेपछि घटनास्थलमै मृत्यु भएको थियो।
साहलाई कुल्चिएर फरार हुन खोजेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। घटनाका प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेपछि टिपरको पिछा गरेर प्रहरीले चालकसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर चालक मकवानपुर जिल्लाको राजु लामा भएको बताइएको छ।
टिपरले कुल्चेर मानिसलाई मारेपछि स्थानीयले बरहथवामा टायर बालेर प्रदर्शन गरेका छन्। स्थानीय अर्जुन महतोले आफ्नै आँखा अगाडि देख्दा-देख्दै टिपरले मानिसलाई कुल्चेको बताउँछन्। आफूले नै प्रहरीलाई फोन गरी मान्छे कुल्चेर मार्ने गाडीलाई नियन्त्रणमा लिन लगाएको महतोको दाबी छ।
मृतक साहका दुई छोरा एक छोरी छन्। जानी-जानी दाजुलाई कुल्चेर मार्ने टिपर चालकलाई हदैसम्मको सजाय हुनुपर्ने माग मृतकका भाइ संजय साहले गरेका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।
पुस २० मा सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घट्नामा गोली चलाउने प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भने कुनै पनि कारबाहीको सिफारिस गरिएको छैन।
प्रहरी कर्मचारीले आन्दोलनको बेला प्रतिरक्षाका लागि गोली चलाएकोमा एक जनालाई मात्र दोषी देखाएर कारबाहीको सिफारिस गरिएको हो। प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो।बरहथवा घट्नाको छानबिन गर्न बनेको समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै गोली प्रहार गर्ने हवल्दारलाई कारबाहीको सिफारिस गरेका हुन्।
तर समग्र जिल्लाको शान्ति सुरक्षाको कमान्ड सम्हालेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी र प्रमुख जिल्ला अधिकारीको भूमिकाको बारेमा भने उनको प्रतिवेदन मौन रहेको छ। गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख सहसचिव गौतम नेतृत्वको समितिले आइतबार त्यससम्बन्धी प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी दिए।
‘बरहथवा घट्नाको विषयमा छानबिन समितिले प्रतिवेदन दिएको छ त्यसमा के के उल्लेख छ भन्ने बारेमा मलाई जानकारी छैन,’प्रवक्ता भट्टराईले भने। समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ। इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत हवल्दार मेजर सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको ठहर छ।
छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवाको मात्रै सिफारिस गरेको छ। समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइसकेको छ। ३ महिनाअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको कमान्ड सम्हाल्न गएका कोमल धमला र जिल्ला प्रहरी कार्यालयको कमान्ड सम्हाल्न गएका एसपी प्रवीण धितालले सम्भावित दूघर्टनाबारे आँकलन गर्न नसक्दा सो दुर्घटना भएको भएपनि मन्त्रालयले गठन गरेको छानबिन समितिले एक जना हवल्दारलाई मात्र दोषी देखाएर उनीहरूलाई उन्मुक्ति दिएको छ।
नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा भिड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन्। जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएको थियो। सहमतिसँगै पाँचदलिय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। नेपाली कांग्रेस, जसपा, लोसपा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका थिए।
त्यसअघि सर्लाहीमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो। त्यस विवादले उग्र रुप लिएपछि तत्कालीन सिडियो इन्द्रदेव यादव र एसपी नरेशराज सुवेदीको सरुवा भएको थियो। हिन्दु र मुस्लिम समुदायको बिचमा दङ्गा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको विश्लेषण गरिएको थियो।
त्यसैको आधारमा गृह मन्त्रालयले असोज २४ मा सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा धमलालाई सरुवा गरेको थियो। साथै प्रहरी प्रधान कार्यालयले पनि एसपी धिताललाई पठाएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...