रुष्मा घिमिरेले आफ्नो फोटोसहित फेसबुकमा नयाँ वर्षको शुभकामना दिँदै लेखेकी छिन् ‘२०७९ साल सबैका लागि मंगलमय बनोस्’। यो फेसबुकमा उनको अन्तिम पोष्ट नै हो। सबैलाई मंगलमयको कामना गरेकी ३५ वर्षीया रुष्मामाथि भने अकल्पनिय घट्ना घट्यो। भरतपुर १० रमाईलोचोककी रुष्मा आफ्नै श्रीमानबाट मारिन पुगिन्। ४३ वर्षीय कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार राति १०ः२०को समयमा खुकुरी प्रहार गरि हत्या गरेका थिए।
प्रहरीको अनुमानमा कसरी घट्ना घट्यो
कृष्णप्रसाद आचार्य रोजगारीको शिलशिलामा दुबई थिए। ६ वर्षदेखि दुबई रहेका आचार्य गत जेठ १९ गते घर आए। तर, घरपरिवार कसैलाई भनेका थिएनन्। एक्कासि घरमा आउँदा रुष्मा र १२ वर्षीया छोरी रोयस्ना अचम्मित नै थिए। घरमा आएलगत्तै श्रीमतीसँग झगडा गर्न थाले। दिनैपछिच्छे कुटपिटमा नै कृष्ण उत्रिए।
विदेश बसेर आएका श्रीमानले आउनेबित्तिकै श्रीमतीको घाँटी अठ्याउने, कुठपीट गर्ने गर्दथे। पीडा सहन नसकेर रुष्माले श्रीमान आएको १२ दिनपछि वडा नम्बर १० मै रहेको जिल्ला प्रहरी कार्यालयमा आफूमाथि हिंसा भएको भन्दै उजुरी दिएकी थिइन्। असार २ गते उजुरी दिएपछि प्रहरीले दुबै पक्षलाई ३ गते नै छलफलमा बोलाएको थियो।
रुष्माले यसपटक आफ्नो माइती पक्षको बुवा नआएको भनी केही समय दिन आग्रह समेत गरेकी थिईन्। प्रहरीले तेस्रोपटक असार ३१ गते बोलाएर सहमति गर्ने प्रयास गर्यो। उनीहरु कानुनी प्रकृयामा जाने सहमतिसहित प्रहरीबाट निस्किएका थिए। घरमा संगै बस्न नसक्ने भएपछि एकै घरको फल्याटमा घुट्टाछुट्टै बस्दै आएका थिए। आचार्य आमासँग बस्दै आएका थिए। रुष्मा छोरीसँग। कृष्णले आमा नभएको मौका पारेर श्रीमतीको हत्या गर्न पुगे।
दुवै पक्ष कानुनी रुपमा नै अलग हुने सहमति गरेकै १० दिनमा कृष्णले हत्या गरे। उनले श्रीमती बस्ने फ्ल्याटमै गएर घाँटीमै खुकुरी प्रहार गरेका छन्। त्यसको प्रत्यक्षदर्शी १२ बर्षकी छोरी बाहेक कोही छैनन्। श्रीमतीलाई खुकुरी प्रहार गरेपछि कृष्ण तीन तलाबाट हाम फाले। सडकमा बजारिएका उनी घाइते पश्चात् उपचारको क्रममा मृत्यु हुन पुग्यो।
विदेशबाट नै योजना बनाएर आएको हुनसक्ने उनको अनुमान छ। कसैले भनेको आधारमा शंकाका आधारमा घटना घटेको हुन सक्ने उनको भनाई छ। तर, दुवै जनाको मृत्युभएपछि घटना रहश्यमय बनेको उनले बताए।
उनीहरूबीचको झगडा मिलाउन छिमेक र आफन्तमा पनि प्रयास भएको देखिन्छ। त्यहाँ सम्भव नभएपछि कानूनीरूपमै छुट्टिएर बस्ने सहमति गरेको अधिकारीले बताए।
घटनाको छानविनको माग राख्दै उजुरी
प्रहरीले हत्यापछि आत्महत्या घटनामा अनुसन्धान थालेको छ। दुवै पक्षले जाहेरी दिएपछि अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए। रुष्माकोतर्फबाट उनका बुवाले घटनाको छानविनका लागि सोमबार नै जाहेरी दिनुभएको छ। ‘कृष्णको तर्फबाट उनकी आमाले दिनुभएको छ,’ सूचना अधिकारी समेत रहेका अधिकारीले भने, ‘जाहेरी किटेर कसैलाई पनि दिनुभएको छैन।’ घटना घटाउन भूमिका खेल्ने व्यक्तिको खोजी गर्न भन्दै मौखिक जाहेरी परेको उनले बताए।
तर, दुबै जनाको मृत्युपछि अनुसन्धान थप जटिल बनेको छ। प्रहरीको प्ररम्भिक अनुसन्धान अनुसार, सासु बुहारीको सम्बन्ध पनि राम्रो रहेको पाइएको छ। भरतपुरमा दुई वटा घर रहेपनि सासु बुहारी सँगै बस्दै आएका थिए।
दुवै शवको सोमबार भरतपुर अस्पतालमा पोस्टमार्टम गरेर देवघाटमा बेलुकी नै अन्त्येष्टि गरिएको छ।

विदेश बसेर आएका श्रीमानले आउनेबित्तिकै श्रीमतीको घाँटी अठ्याउने, कुठपीट गर्ने गर्दथे। पीडा सहन नसकेर रुष्माले श्रीमान आएको १२ दिनपछि वडा नम्बर १० मै रहेको जिल्ला प्रहरी कार्यालयमा आफूमाथि हिंसा भएको भन्दै उजुरी दिएकी थिइन्।छलफलमा सहमति हुन नसकेपछि असार १७ गते प्रहरीले दुबै पक्षलाई बोलायो। त्यो छलफलमा पनि सहमति जुट्न सकेन। प्रहरीले मिल्नको लागि केही समय समेत दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी बताउँछन्।
रुष्माले यसपटक आफ्नो माइती पक्षको बुवा नआएको भनी केही समय दिन आग्रह समेत गरेकी थिईन्। प्रहरीले तेस्रोपटक असार ३१ गते बोलाएर सहमति गर्ने प्रयास गर्यो। उनीहरु कानुनी प्रकृयामा जाने सहमतिसहित प्रहरीबाट निस्किएका थिए। घरमा संगै बस्न नसक्ने भएपछि एकै घरको फल्याटमा घुट्टाछुट्टै बस्दै आएका थिए। आचार्य आमासँग बस्दै आएका थिए। रुष्मा छोरीसँग। कृष्णले आमा नभएको मौका पारेर श्रीमतीको हत्या गर्न पुगे।
दुवै पक्ष कानुनी रुपमा नै अलग हुने सहमति गरेकै १० दिनमा कृष्णले हत्या गरे। उनले श्रीमती बस्ने फ्ल्याटमै गएर घाँटीमै खुकुरी प्रहार गरेका छन्। त्यसको प्रत्यक्षदर्शी १२ बर्षकी छोरी बाहेक कोही छैनन्। श्रीमतीलाई खुकुरी प्रहार गरेपछि कृष्ण तीन तलाबाट हाम फाले। सडकमा बजारिएका उनी घाइते पश्चात् उपचारको क्रममा मृत्यु हुन पुग्यो।
दुवै पक्ष कानुनी रुपमा नै अलग हुने सहमति गरेकै १० दिनमा कृष्णले हत्या गरे। उनले श्रीमती बस्ने फ्ल्याटमै गएर घाँटीमै खुकुरी प्रहार गरेका छन्। त्यसको प्रत्यक्षदर्शी १२ बर्षकी छोरी बाहेक कोही छैनन्।रुष्मा सरकारी विद्यालयमा पढाउँदै आएकी थिइन्। उनले श्रीमानबाट शारीरिक, मानसिक र आर्थिक तीन खाले यातना पाएको भनी प्रहरीकोमा उजुरी दिएको थिईन्। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारी श्रीमतीको हत्या गरेर कृष्णले आत्महत्या गरेको हुन सक्ने बताउँछन्।