बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यु
०२ साउन २०७९
•
१ मिनेट पाठ
बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यु
गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित भच्चेक सडक खण्डमा सोमबार बिहान दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।  




दुर्घटनामा परी अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ कि २३ वर्षीय मेलिना गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

दुर्घटनामा मोटरसाईकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाईते भएका छन्। उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेकाे छ। उनी बहिनीलाई मोटरसाईकलमा लिएर उपचारका लागि चितवन जाँदै गरेका थिए।

भच्चेकबाट गोरखा तर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाईकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ। बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए।  
अर्को समाचार
पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर
०२ साउन २०७८
•
१ मिनेट पाठ
पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर
पहिरोले घर भत्किएकालाई आर्थिक सहयोग गर्दै गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल । तस्विर : नागरिक
गोरखाको अजिरकोट गाउँपालिका–१ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् । २०७७ असोजमा उनको घर पहिरोले लगेको थियो । अब नयाँ घर बनाउन सक्दिन होला भन्ने उनलाई लागेको थियो  । तर उनले अहिले पहिरो जानु अघिको जस्तै चिटिक्कको घर पाएकी छिन् । 




अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् । सुख्खा पहिरोले घर बगाएपछि बिस्थापित भएका गणेश गुरुङ, सनमाया गुरुङ, लक्ष्मण गुरुङ र पूर्णबहादुर गुरुङलाई गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले तीन–तीन लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । ‘घरबार विहीन भएका नागरिकलाई घर बनाउन आर्थिक सहयोग गर्ने योजना अनुसार रकम दिएका हौं,’ अध्यक्ष धितालले भने ‘घर नहुँदा टहरामा, छाप्रोमा, भत्किएको घरमा कष्टकर गुजारा चलाउनुपर्ने अवस्था थियो ।’  

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा पाँच परिवारलाई नयाँ घर बनाउन १५ लाख रुपयाँ दिएको हो । ‘घर बनाउन पैसा दिएका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेश दवाडीले भने । पैसा पाएपछि नयाँ घर बनाउँदा लागेको ऋण तिर्न सहज हुने भन्दै लाभग्राही खुसी भएका छन् । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका र पहिरोमा घरबार विहीन भएकालाई निरन्तर सहयोग गर्ने नीति लिएको उनले बताए । 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस