देवघाटमा बोलबम मेला सुरु भएको छ। चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ। तर, कोरोनाका कारण दुई वर्ष मेला लाग्न सकेन।
यसपटक साउनको पहिलो सोमबार (आज) भक्तजनको बाक्लो उपस्थिती छ। यहाँ भक्तजन भारतदेखि पनि स्नान गर्न आउने गर्दछन्। आइतबार बास नै बसेर भक्तजनले बिहानै देवघाटमा स्नान गर्ने गर्दछन्। बास बस्ने भक्तजनलाई देवघाटका विभिन्न आश्रम तथा मन्दिरहरूमा निःशुल्क खाना र बसोबासको व्यवस्था देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ।
साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धामिर्क मान्यता छ। यस वर्ष साउनमा पाँचवटा सोमबार परेकाले धेरै भक्तजन आउने गर्दछन्।
भक्तजनको सुरक्षाका लागि चितवन र तनहुँ प्रशासन र प्रहरीसँग समन्वय गरिएको छ। स्नान क्षेत्रमा उद्वारका लागि बोटे समाज, शशस्त्र र नेपाली सेनाका उद्वारक टोलीहरु परिचालित छन्। स्नान गर्ने ठाँउमा डुङगा र तालिम प्राप्त सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सोमबार हुनसक्ने भीडलाई मध्यनजर गर्दै चितवन ट्राफिकले जाने–आउने बाटो निर्धारण गरेको छ। आँपटारी हुदै देवघाट जाने सडकमा स्नान गरेका भक्तजनलाई मात्रै फर्किन मिल्ने गरी बाटोको व्यवस्था गरिएको छ। मेलामा सहभागी हुन रामनगर र ठिमुरा हुँदै देवघाट पुग्ने सडक प्रयोग गर्नुपर्दछ।
काठमाडौं, पोखरा हुँदै आउने भक्तजन दासढुंगा पुल प्रयोग गरेर तनहुँतर्फको देवघाट पुग्न सक्नेछन्।
कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।
समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए । 'चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ', पौडेलले भने, 'सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।' देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । “त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भने ।
साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो । यहीँ असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी गर्योे । देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे । कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ । बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ ।
'भीडभाड रोक्न देवघाटका प्रवेशद्वारमा निगरानी बढाउने छौँ”, अध्यक्ष पौडेलले भने, “ठिमुरा, दासढुङ्गा, आपँटारीमा रोक लगाउनुपर्ने देखिएको छ ।' साउनका हरेक सोमबार ५० हजारभन्दा बढी तीर्थयात्री आउने गर्दथे । स्नान, पूजापाठ गरी फर्किन्थे । तर, अहिले सहज समय छैन । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत छैन ।
समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भीडभाड हुँदा सामाजिक दूरी कायम गर्न नसकिने भएकाले मेला हुन नसक्ने बताए । 'देशभरबाट तीर्थालु आउने ठाउँ हो, कोही सङ्क्रमित आइदिए सङ्क्रमण फैलिन सक्छ', उनले भने, 'सङ्क्रमणबाट जोगाउनै मेला रोक्न लागेका हौँ ।'
सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ । देवघाट क्षेत्रमा करिब १५० घरमा पूजा सामग्री पसल सञ्चालनमा छन् । मेलालाई लक्षित गरी सडक किनारमा झण्डै एक हजारले पूजा सामग्री बेच्न बस्ने गर्दथे । अहिले देवघाट सुनसान सरह छ, पसलमा व्यापार छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...