प्रतिबन्धित लागूऔषधसहित सर्लाही प्रहरीले विभिन्न स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका २ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने विजय कुमार घिमिरे रहेको सर्लाही प्रहरीले जानकारी गराएको छ।
सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेकजाँच गर्दा एक हजार पाँच सय चक्की नाइट्राभेट १० नामक प्रतिबन्धित लागूऔषध फेला परेको हो। लागूऔषधलाई नाइलनको झोलामा मोटरसाइकलको लेगार्डमा झुन्डाएको अवस्थामा प्रहरीले फेला पारी मोटरसाइकलसहित चालक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यादवसित सोधपुछ गर्दा लालबन्दी २ का घिमिरेको घरमा प्रतिबन्धित लागूऔषध भएको बताएपछि प्रहरीले घिमिरेको घर खानतलासी गर्दा डायलेक्स–डेको ९० बोतल बरामद भएकोले घिमिरेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।
लागू औषधको विषयमा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपि माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।