नारायणी नदी किनारमा जल उद्धार संयुक्त अभ्यास ‘साहस’को डेमो प्रदर्शन गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश विपद् व्यवस्थापनको आयोजनामा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले भरतपुर महानगरपालिका ३ स्थित नगरवन इलाकामा संयुक्त डेमो प्रदर्शनी गरेका हुन्।
डेमो प्रर्दशनीमा उनीहरुले जल उत्पन्न विपद्को पूर्वतयारी, डुवान भएपछि विपद् ग्रस्त वस्तिका स्थानियहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण, जलमार्गबाट बोट ख्याएर लैजाने अवस्था नभएको र पुल समेत बगाएको अवस्थामा कुनै अग्लो स्थानबाट बेश बाँधि ‘माथिबाट पानी पार क्रसिङ’ विधि, नदिमा हाम फालि बेपत्ता भएका व्यक्तिहरुको गोताखोर टोलीहरुद्धारा गरिने खोज तलास र उद्धार कार्यका साथै भिर तथा खोचहरुमा खसेका घाईते एंव पीडितहरुको उद्धार लगायतको अभ्यास गरिएको थियो।
त्यस्तैm विपतबाट पीडित व्यक्तिहरुलाई एमएफ टिमद्धारा प्राथमिक उपचार गरि घाईतेहरुलाई अस्पतालमा पाईएको थियो। नगरवन वस्तिमा देखाईएको प्रर्दशनीमा यात्रुबाहक बसबाट नदीमा खसेको अवस्थामा उद्धार, पानीको तिव्र बहावले राफ्ट पल्टिन गएमा सुरक्षा फौजहरुद्धारा पल्टिएको बोटलाई उल्टयाई गरिने उद्धारका कारबाहीहरुबारे प्रत्यक्ष गरेर देखिएको थियो।
अभ्यास डेमो प्रर्दशनमा सशस्त्र प्रहरी बल तर्फका नेपाल नं.३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुर, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाल नं. १४ गण हेडक्वाटर मकवानपुर, नेपाल नं. १७ गण हेडक्वाटर चितवन, नेपाल आश्रित गुल्म धादिङ, नेपाली सेनाबाट नेपाली सेना विपद् व्यवस्थापन गण रसौली, नेपाली कालि बहादुर गण भरतपुर, नेपाल प्रहरी तर्फ विपद् व्यवस्थापन गुल्म वाग्मती प्रदेश हेटौँडा र जिल्ला प्रहरी कार्यालय चितवनका गरि ९५ जना सुरक्षा कर्मीले आफ्ना कला कौशल प्रर्दशन गरेका थिए।
विपद्ले प्राकृतिक तथा भौतिक संरचनाहरु र स्रोतहरु नष्ट गर्दछ। भौगोलिक विविधता, भूबनोट तथा जलवयूको विविधता, विपद्को सामना गर्न सक्ने क्षमता, जनसंख्या बृद्धि, अव्यवस्थित शहरीकरण र बसोबास लगायतका कारण नेपाल विपद् जोखिमम बढी छ। त्यसमध्ये पनि अधिकांश प्रकोपहरु मौसमजन्य कारणहरुबाट नै हुन्छ। यस्ता किसिमका विपद्हरुको व्यवस्थापन र क्षतिको न्यूनिकरण गर्न उद्धारका लागि पूर्ण अभ्यास सहितको डेमो प्रर्दशनी गरेको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन सचिव नारायणप्रसाद शर्माले प्रदेशको सुरक्षा तथा विकाशमा संवेदनशिल भएर आम जनमानसमा सुरक्षाको प्रत्याभूति दिन प्रयासरत रहेको बताए। उनले सुरक्षा संगठनहरु बिच समन्वय गरि विपद्मा एक जुट भएर लाग्न समेत निर्देशन दिए। बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले धन्यवाद ज्ञापन दिएका थिए।