वीर अस्पतालनजिकैको फुटपाथको भित्तामा मास्कको चित्रसहित नारा कोरिएको छ, ‘अपराधी को?,’ यो कलाकृति फरक प्रयोजन र उद्देश्यका लागि होला। तर पछिल्लो समयमा राजधानीका फुटपाथमा बढ्दै गएको नगरप्रहरी र सडक व्यापारीबीचको द्वन्द्वले गल्ती कसको भन्ने यस्तै प्रश्न उब्जाएको छ। अझ शुक्रबार बिहान बालुवाटारमा ठेलामा हरियो मकै बेचिरहेकी महिलालाई नगरप्रहरी आएर लछारपछार गरेको भिडियो सार्वजनिक भएसँगै यसमा थुप्रै टिकाटिप्पणी उठेको छ।
‘कोही पनि रहरले सडकमा आएको हुँदैन,’ रामेछापबाट आएर फुटपाथमा पसल थाप्दै आएका सिता कार्की भन्छिन्, ‘नगर प्रहरीले हाम्रा सामानपनि थुप्रै पटक उठाएर लगेको छ।’ नगर प्रहरी आएर लखेट्छ भन्ने थाहा हुँदाहुँदै पनि आफूहरूले सडक छाड्न नसकेको उनी स्वीकार गर्छिन्।
‘राजधानीमा अन्यत्र जाने ठाउँ कहीँ भेटिएन,’ विगत १५ वर्षदेखि सडक व्यापार गर्दे आएकी उनले भनिन्, ‘नगर प्रहरीसँगको लुकाछिपीमै हाम्रो जीवन चल्दैछ।’ नगर प्रहरी आएको थाहाँ पाउनेबित्तिकै सामान बटुलेर भाग्ने र प्रहरी हिँडेसँगै सडकमा फेरि आउने आफ्नो दिनचर्या रहेको उनी सुनाउँछिन्। नगरप्रहरीले जसको सामान उठाए पनि आफ्नो मन दुख्ने बताउँदै उनले ठेलाको मकै पोखिँदा आफूलाई पनि दुख लागेको सुनाइन्। ‘सडककै कमाइबाट सन्तानको पढाइसमेत चलेको छ,’ उनले थपिन्, ‘एक दिन सामान जफत हुँदा छोराछोरीको खाजा रोकिन्छ।
सहरी गरिबका पक्षमा काम गर्दे आएका ओम थपलिया सहर धनीको मात्र नभएर गरिबको पनि रहेको तर्क गर्दे उनीहरूले सहरलाई जीवन्तता दिएको बताउँछन्। ‘किसानको बारीमा फलेको काक्रोदेखि मकैसम्म सहरले खाइरहेको हुन्छ,’ उनले भने, ‘सहरलाई जीवन दिने सडक व्यापारीलाई उठाएर हैन, व्यवस्थपन गर्न तर्फ राज्य अगाडि बढ्नुपर्छ।’
होम नेट नामक संस्थाले सन् २०१२ मा निकालेको तथ्याकं अनुसार त्यति बेला‘स्ट्रिट भेन्डर’‐सडक व्यापारी) को संख्या २ लाख ५७ हजार रहेको थपलिया बताउँछन्। ‘पछिल्लो समय त्यो संख्या झनै बढेको छ,’ उनी भन्छन्, ‘यिनको व्यवस्थापन गर्ने जिम्मा राज्यको हो।’
गाउँमा आपत विपद् परेपछि राजधानी छिरेका उनीह्रुको पहिलो कर्म भनेको नाङ्लो किनेर पसल थाप्ने हुने गरेको उनको अनुभव छ। ‘निश्चय पनि सडक व्यवसायीका कारण फुटपाथमा समस्या छ,’ उनी भन्छन्, ‘यसको विकल्पमा के हुन सक्छ राज्यले सोच्नुपर्छ।’
संसारका विभिन्न देशमा स्ट्रिट भेन्डर’का लागि स्थान तोकिएको बताउँदै नेपालमा पनि त्यसको अभ्यास गर्नुपर्ने उनको बुझाइ छ।’
यता महानगर प्रहरी भने कार्यपालिकाले नै फुटपाथमा व्यवसाय गर्नेलाई नियन्त्रणमा लिने जिम्मेवारी दिएको बताउँदै आफ्नो मुख्य जिम्मेवारी नै फुटपाथ व्यवस्थित गर्नु रहेको बताउँछ। महानगरले सडक व्यवसायीलाई फेरि अर्को ठाउँमा लगेर व्यवस्थापन गर्न नसक्ने काठमाडौं महानगरका प्रहरी प्रमुख धनपति सापकोटा बताउँछन्।
‘हामीले भावना आएर एक पक्षको मात्र कुरा सुनेर हुँदैन,’ उनले भने, ‘कर तिरेर व्यवसाय गर्दे आएकाको पक्षमा पनि हेर्नु जरुरी हुन्छ।’ त्यस्तै फुटपाथमा रहेका पसलका कारण यात्रुलाई समस्या पर्ने र यसले दुर्घटना निम्ताउने गरेको सापकोटाले सुनाए।
अहिले कुनै ठाउँ तोकेर दिन खोज्दा त्यहाँ नाम लेखाउन आउने सबै एकैपटक आउने उनले सुनाए। ‘२०६६ सालमा महानगरले एकपटक कुनै ठाउँ तोकेर व्यवसायीलाई व्यवस्थित गर्न खोजेका थियौं,’ उनले भने, ‘तर युनियनहरूले नाम दर्ता गर्न यति धेरै आउँछन् कि हामीले थेग्नै सक्दैनौँ।’ महानगरले विगतमा जस्तै अहिले पनि कानुनबमोजिम कदम चालेको भन्दै सापकोटाले यसमा महानगर प्रमूख या अन्य कसैलाई जोड्नु आवश्यक नभएको बताए।