जामका कारण ‘जाम् कि नजाम्?’
२० असार २०७९
•
५ मिनेट पाठ
जामका कारण ‘जाम् कि नजाम्?’
राजधानीमा देखिएको सवारी जाम। फाइल तस्बिरः नागरिक
‘आज कतै गएर धान दिवसको उपलक्ष्यमा धान रोपाइँ गर्ने मन थियो तर ट्राफिक जाम हुन्छ भनेर निस्किन पाइएन,’ राष्ट्रपति कार्यालयमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कृषि कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गुनासो सार्वजनिक भएको छ, ‘ट्राफिकका कारण आज मैले धान दिवस मनाउन पाइनँ।’




ठूलाबडा’को सवारीका कारण सर्वसाधरणले दुख पाएको भन्ने जनगुनसो बढेको समयमा यो चहि राष्ट्रपतिको आफ्नो गुनासो थियो। ‘अरू बेला पनि ट्राफिक जाम हुनेगरेको तर त्यसको चर्चा नहुने तर आफू बाहिर निस्किँदा जाम भयो भने त्यसको निकै टिकाटिप्पणी हुन्छ, ‘समाचारमा उल्लेख भएअनुसार उनको गुनासो थियो, ‘म आफैं पनि विगतमा चार–चार घण्टा ट्राफिक जाममा फसेकी थिँए।’

सर्वसाधारणले भोग्दै आएको जामबारेमा राष्ट्रपतिको यस्तो गुनासो सार्वजनिक भएसँगै चर्चा÷परिचर्चा चलेको छ। उपत्यकामा दिनदिनै हुने सवारी जामका कारण राष्ट्रपतिलाई मात्र हैन, सर्वसाधारणलाई पनि आफ्नो गन्तव्यमा ‘जाम कि नजाम’ हुन्छ। ‘१० मिनेटको बाटो पार गर्न एक घन्टाभन्दा बढी जाममा फसेको दर्जनाैं अनुभव छन्,’ भक्तपुर लोकन्थलीका विकास केसी भन्छन्, ‘निजी सवारी होस् वा सार्वजनिक जुनमा चढे पनि गन्तव्यमा समयमा पुगिँदैन।’

कहाँकहाँ हुन्छ बढी जाम?

काठमाडाैंको त्रिपुरेश्वर, टेकु, माइतीघर, थापाथली, गौशाला यी अत्याधिक जाम हुने क्षेत्र हुन्। यस बाहेक कोटेश्वर, सातदोबाटो, ग्वार्को, बानेश्वरलगायतका स्थानमा पनि लामो समयसम्म जाम हुने गर्छ। कार्यालय समयमा त यी स्थानमा हुने जामले जो सुकैलाई पनि ढिलो गराउँछ। ‘कुनै कार्यक्रममा जाँदा जति चाँडो हिँडे पनि ढिलो पुगिन्छ, ‘गोठाटारका निश्चल थापाले भने, ‘हाम्रो सबै समय जाममा अड्केर सकिन्छ।’

उपत्यकाकै शंखमुल क्षेत्र, अनामनगर क्षेत्र, थापागाउँ पनि सवारीसाधनहरूको अत्यधिक जाम हुने क्षेत्र हुन्। पछिल्लो समय राजधानीका मुख्य सडकहरू मात्र नभएर सहरका भित्री सडकहरूमा पनि अत्यधिक मात्रामा सवारीसाधनको जाम बढिरहेको छ। ‘मूल सडकको जाम छल्न भित्री सडकमा छिरे झन् ठूलो आपत पर्छ,’ जोरपाटीका नरेश घिमिरेले भने, ‘न फर्किन सकिन्छ न अगाडि बढ्न सकिन्छ।’ जाम छल्न खोज्नेको भिडले सहरको भित्री भाग पनि जामयुक्त क्षेत्र बन्दै गएको उनले सुनाए।  

कोटेश्वरको जाम जडीबुटी र तिनकुनेसम्म हुने गरेको छ। पूर्वको यात्राको लागि बिपी राजमार्गबाट सवारी बाहिरिने र भित्रिने नाकाका रूपमा सवारी चाप हुँदा कोटेश्वरमा जाम बढेर गएको हो। यस क्षेत्रमा लेन थपेर जाम गर्ने प्रयास गरिए पनि त्यो पर्याप्त हुन सकेको छैन। त्यस्तै काडमाडौंकै जमल क्षेत्रमा हुने जामले पनि निकै समस्या पार्ने गरेको छ। ‘वर्षाको समयमा त जाम कतिसम्म लम्बिन्छ ठेगान हुदैन,’ टेम्पो चालक सुमन राउत भन्छन्, ‘यात्राको क्रममा घन्टौसम्म जाममा बिताएको तितो अनुभव छ।’

बढ्दो सवारी संख्या

यातायात व्यवस्था विभागको वेबसाइटमा २०७५ सम्ममा मुलुककमा समग्रमा ३५ लाख सवारी दर्ता भएको उल्लेख छ। अधिकार विकेन्द्रिकरणभएसंगै पछिल्लो प्रष्ट तथ्यांक जानकारी नभएको विभागले जनाएको छ। मुलुकभर हाल ४८ लाख सवारीसाधन रहेको अनुमान गरिन्छ। समग्र सवारीसाधनमा ८० प्रतिशत मोटरसाइकल छन्।

उपत्यकामा मात्रै दैनिक १५ लाखभन्दा बढी सवारी साधनहरू गुड्ने अनुमान गरिन्छ। यसरी गुड्नेमा ८० प्रतिशतभन्दा बडी दुईपांग्रे सवारीसाधान रहेका छन्। निजी सवारी, सार्वजनिक सवारी पनि बढी यहि ठाउँमा कुद्छन्। जसले राजधानी सधैं ‘जामधनी’ हुने गर्छ। ‘कति सवारी भित्र्याउने न भित्र्याउने सरकारले निर्धारण गर्नुपर्ने हो,’ यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु भन्छन्, ‘त्यसको पालना गराउने जिम्मेवारी भने हाम्रो रहन्छ।’

काठमाडौं उपत्यका ट्राफिक कार्यलय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी १६ सय प्रहरीले १६ लाख सवारी हेर्नुपर्ने अवस्था रहेको भन्दै सबै मिलेर सवारीजामको समस्या समाधान गर्नु पर्ने सुझाव दिन्छन्। ‘हामीले आफ्नो तर्फबाट सवारीजाम कम गराउन सक्दो पहल गरेका छौं,’ उनी भन्छन्, ‘सरोकारवाला सबै मिलेर अगाडि नबढेसम्म दिर्घकालिन समाधान हुन सक्दैन।’

सडकमा रहेका खाल्डाखुल्डीदेखि वर्षात्को समयमा आउने पानीले समेत अत्याधिक जाम हुने गरेको अनुभव उनी सुनाउँछन्। ‘महाराजगन्जको पानीको भेल जमल आइपुग्छ र घन्टाैं जाम हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा ट्राफिक एक्लैले के गर्न सक्छ।’ पानीको कारण थुप्रै ठाउँमा जाम हुने गरेको उनको अनुभव छ।

‘यसबाहेक फुटपाथबाट नहिडेर सडकबाट हिँड्ने प्रवृति, जथाभावी पार्किङ, बढ्दो सवारी संख्या सबैले जाममा थप चुनौती थपिरहेका छन्,’ उनी भन्छन्, ‘सबैको सहकार्य भयो भने जाम कम गराउन अवश्य सकिन्छ।’

सडकको दूरावस्था

सवारी साधन दिनप्रतिदिन थपिने तर सरकारले सडक मर्मतसम्भार तथा विस्तारमा ध्यान नदिँदा जाम बढेको कतिपयको बुझाइ छ। राजधानीका नदी कोरिडोरका सडकले केही राहत दिलाए पनि त्यो प्रयाप्त बन्न सकेको छैन। सडकको क्षमताभन्दा सवारीसाधनको संख्या धेरै भएकोले समस्या थपिलएको कतिपयको बुझाइ छ।

यसबाहेक उपत्यकामा हुने जात्रा र र्‍याली तथा जुलुसले पनि जाम बढाउने गरेको छ। झण्डै २ हजार किमिभन्दा बढी सडक रहेको उपत्यकामा १५ देखि १६ लाखसम्म सवारी गुड्ने अनुमान गरिन्छ।

कसरी जाम कम गर्ने?

यातायातविज्ञ आशिष गजुरेल ट्राफिक जाम कम गर्न सहज उपाय बताउँछन्, ‘सार्वजनिक ठूला सवारीलाई प्रोत्साहन, साना निजीलाई निरुत्साहन।’ सर्वसाधारणको लागि सार्वजनिक सवारीसाधन सहज र सुविधायुक्त भए आफैं निजी सवारीसाधन कम हुने उनको बुझाइ छ। ‘सडक फराकिलो गरेर पनि केही हुनेवाला छैन,’ उनी भन्छन्, ‘जबसम्म ठूला सार्वजनिक सवारीलाई सडकमा ल्याउन सकिन्न।’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सरकारका पालामा सडकको भौतिक संरचना बढाएर फराकिलो गर्दा केही समय जाम कम भएको जस्तो अनुभव भए पनि अहिले हालत उस्तै भएको विगत उनले संझाए।

यस बाहेक सडक बत्ती, सवारी अडाउने स्थान, पार्किङलगायतका स–साना कुराले पनि जाम बढाउने गरेको उनी सुनाउँछन्। कोरिडारका निर्माण कार्य समयमै सम्पन्न हुन सके पनि जाम केही कम हुने उनको बुझाइ छ।

गुनासो कि निर्देशन?

‘साँघुरो सडकको छेउछाउमा घर निर्माणका सामग्रीहरू छरपस्ट राख्नाले पनि चौतर्फी सवारी जाम हुने देखिन्छ। जामबाट हैरान सर्वसाधरण राष्ट्रपतिले गुनासो गर्नुभन्दा कार्यान्वयन गराउनतर्फ लाग्नुपर्ने प्रतिक्रया दिएका छन्। ‘उहाँले त सम्बन्धित नियकालाई बोलाएर निर्देशन दिनुपर्ने हो,’ विकास केसी थप्छन्, ‘राष्ट्रप्रमुखको त यो अवस्था छ भने सर्वसाधरण कति समस्यामा होलान्।’ केसीले यसो भने पनि कतिपयले भने संवैधानिक राष्ट्रपतिले यति कुरा भने पनि सरकारले बुझ्नुपर्ने बताउँछन्।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली राष्ट्रपमुखले सवारीजामको विषयमा राखेको धारणा सार्वजनिक भइसकेपछि जामको समाधान गर्नु सरकारको संवैधानिक र कानुनी उत्तरदायीत्व रहने बताउँछन्। ‘संवैधानिक राष्ट्रपतिले यसो गर उसो गर भन्नुभन्दा पनि आफ्नो कुरा राखेको हुन सक्छ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गराउने काम सरकारको हो।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
३४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस