संरक्षणकर्मी सुराजन श्रेष्ठले आइतबार आफ्नो फेसबुक पेजमा फोटो पोष्ट गरे। त्यो हेर्दा हात्तीको अस्थिपन्जर जस्तो देखिन्छ। तर, वास्तविक फोटो जिउँदो हात्तीको नै थियो। ३ सय ५४ शब्दसहित ८ वटा फोटो पोष्ट गरेका श्रेष्ठले सुरुमै भनेका छन् ‘लगभग मरेतुल्य अवस्थामा रहेको काजलकलीको केही तस्बिरहरु यहाँ सार्वजनिक गरेको छु।’ उनले थपेका छन्, ‘आज गएर हेर्दा मैले पहिला त काजलकली मरिसक्यो भन्ने ठानेको थिएँ। सुँडबाट हल्का सास फेरे जस्तो गरेपछि बल्ल ‘काजलकली सास छोडिसकेको छैन रहेछ’ भनेर मन मनै भनेँ।’
यो हात्तीले सौराहामा सफारी पर्यटनको विकासका लागि महत्वपुर्ण भूमिका खेलेको थियो। तर, अहिले सौराहाको होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ। यसले करिब एक हप्तादेखी केही खाना खाएको छैन। भीमकाय शरीर खेतमा लडेको छ। उसको शरीरभित्र धेरै घाउ देखिन्छ। न उठ्न सक्छ। न त आफ्नो शरीर नै हलचल गर्न सक्छ। अहिले मृत्युको पर्खाइमा खेतमै लडिरहेको छ।
करिब २० वर्ष पर्यटक बोकेर सेवा गरेको संरक्षणकर्मीहरु बताउँछन्। अहिले उपचार नपाएर जीवन र मरणको अवस्थामा पुगेको हो। चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको रहेको पुष्टि गर्दै निकुञ्जले विरामी हात्तिको निगरानी गरिरहेको बताए।
रेग्मीले सो हात्तीलाई भरतका व्यवसायीलाई बिक्री गरेको र सर्वोच्च अदालतले हात्ती आयात र निर्यातमा रोक लगाएका कारण दुई पटकसम्म सिमानाबाट फर्काइएको थियो। सौराहाका व्यवसायीले सो हात्ती रेग्मीको भएको बताइरहँदा रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन्। ७० बर्षको सो हात्ती लामो समयदेखि रोगी रहेको थियो।
पशु अधिकारकर्मी सुराजन श्रेष्ठले सफारी पर्यटनको हिसाबले परिचित सौराहामा उपचार नपाएर हात्ती जीवन र मरणको अबस्थामा पुग्नु दुर्भाग्य रहेको बताए। हात्तीलाई बचाउन सक्ने अवस्था नरहेको भन्दै उनले पशु अधिकारका विषयमा व्यवसायी गम्भीर नहुँदा काजलकली यो अवस्थामा आएको बताए।
‘दुई पटक नेपालदेखि भारत बेचबिखन हुँदा पनि सिमानामा रोकेर फर्काइएको थियो। फर्काएर ल्याइसकेपछि न त यहाँबाट बेचेको साँहु ले मतलब गर्यो न त काजलकली लाई किनेको भारतको साहुले’–उनले भने।
उनले हात्तीको संरक्षणका लागि राष्ट्रिय निकुञ्जले पनि प्रयास नगरेको उनले बताएका छन्। ‘कानूनी रुपमा कसैको स्वामित्वमा नरहेको काजलकलीलाई राष्ट्रिय निकुञ्जले पनि अधिग्रहण गर्न इच्छा राखेन, न त राम्रो उपचार दिन नै ईच्छा राखे। युनाइटेड हात्ती सञ्चालन पनि चुप नै बस्यो। कसैले नहेर्ने भएपछि एकचोटी सहयोगको अपील गरेको भए हुन्थ्यो, त्यो पनि भएन,’उनले भनेका छन् ‘मैले त कसैको हात्ती होइन भनेर हिजो भर्खरै मात्रै थाहा पाएँ। सौराहामा हात्ती व्यवसायीहरुले हात्तीसँग सम्बन्धित कति घटनाहरुलाई गुपचुप राख्दा रहेछन्।’ उनले दोसीलाई कानुनी दायरामा ल्याउन आग्रह समेत गरेका छन्।
काठमाडौँमा वैशाख ११ देखि १३ सम्म एसियाली हात्तीलाई संरक्षण गर्ने विषयमा गोष्ठी भएपनि प्रभावकारी नदेखिएको बताए।