बालिकाले अदालतमा पुगेर बयान फेरेपछि आरोपितले पाए सफाई
०२ असार २०७९
•
३ मिनेट पाठ
बालिकाले अदालतमा पुगेर बयान फेरेपछि आरोपितले पाए सफाई
गैडाकोटको कालिका मेडिकल तथा टेक्निकल कलेजमा पढ्दै आएकी १७ वर्षीया नाबालिका जवरजस्ती करणीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पर्‍यो। सोही कलेजका सञ्चालक शिव काफ्लेले जवरजस्ती करणी गरेको भन्दै वैशाख १९ गते उजुरी दिएको थियो। सोही अनुसार जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा मुद्दा पेश गर्‍यो। ‘हामीकहाँ उजुरी परेपछि नै अनुसन्धान गरेर, रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता नरहरी अधिकारीले भने, ‘बाँकी हामीलाई थाहा हुने कुरा भएन।’




पीडित बालिकाले आफूलाई काफ्लेले विभीन्न प्रलोभनमा पारेर र धम्काएर पटक–पटक जर्बजस्ती करणी गरेको भन्दै लिखीत जाहेरी नै दिएकी हुन्। २०७८ पुस महिनामा सौराहा र माघमा शिवघाटको एक रिसोर्टमा जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन्। तर, डेढ महिना नहुँदै पीडित बालिकाले आफ्नो बयान फेरेकी छन्। ‘जाहेर वालाले शिव काफ्लेले मलाई मलाई छोएको पनि छैन त्यस्तो नजरले हेरेको पनि छैन भनेर बकपत्र गराएकी छिन्। प्रशासनलाई पुलिसमार्फत धम्काएमा नम्बर अल्लि धेरै दिन्छ भनेको कारणले प्रहरीकोमा भन्न गएको तर प्रहरीले जाहेरी आँफै लेखिदिएको भन्ने बकपत्र आएको छ,’ चितवन अदालतका श्रेस्तेदार इश्वर आचार्यले भने।  

होटल र चिकित्सकको बकपत्र पनि पीडक पक्षमै रहेको छ। ‘होटल सञ्चालले परिवार सहित कहिले काही खाजा खान आउनुहुन्थ्यो। तर, त्यो दिन ल्याएर आएको छैन भनेर बकपत्र गरिदिएको छ,’ आचार्यले भने, ‘चिकित्सकको बकपत्र पनि यौनाअंग च्यातिनु जवरजस्ती करणीका कारण हुने हो। तर, त्यसले मात्र हुँदैन। जे करणले पनि हुन्छ। रेपको कुनै पनि सिन्टोम देखिएन। घाउँचोट देखिएको छैन भन्ने उल्लेख छ,’ उनले भने, ‘नभएको कुरा केटी मान्छेलाई होइन भन्दा भन्दै दाग लाग्ने कुरा भएन।’

चितवन जिल्ला अदालतको गत जेठ १६ गतेको आदेशले अभियुक्त काफ्लेलाई थुनामा पठाएको थियो। सामान्यतया बकपत्रका लागि सरकारी वकिल कार्यालयमा पिडीतलाई प्रहरीको रोहवरमा  पुर्‍याउने अभ्यास भएपनि यो मुद्दामा भने सिधै जिल्ला न्याधिवक्तको कार्यालयमा पीडितको बकपत्र गराइएको थियो। तर, प्रहरी अनिवार्य नपर्ने अदालतले बताएको छ।  

यही बकपत्रका आधारमा चितवन जिल्ला अदालतले काफ्लेलाई सफाइ दिएको छ। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले मंगलबार काफ्लेलाई सफाइ दिएको हो। यसरी बयान फेर्ने व्यक्तिलाई सजाय हुने व्यवस्था पनि छ। तर, संवेदनशीलता बुझेर न्याय सम्पादन गरेको हुन सक्ने आचार्य बताउँछन्। ‘पहिला जाहेरी दिने अनि बयान फर्नेलाई थुनामा राख्ने वा जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ,’ उनले भने, ‘पहिला पीडित भनेर आएको छ। पछि होइन भनेको छ। फेरि त्यसलाई किन थुन्नु भन्ने अदालतको विभेकको कारण हो होइन भने छ महिनासम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्था छ।’

बलात्कारको मुद्दामा निरन्तर सुनुवाइ हुने व्यवस्था छ। निरन्तर सुनुवाईमा हुने मुद्दामा जवरजस्ती करणी, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार, गर्भ संरक्षणविरुद्धको कसुर, व्यक्ति बेपत्ता, अपहरण वा शरीर बन्धक, सर्वोच्च अदालतले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका कसूर रहेका छन। तर, चितवन अदालतमा १ बर्ष कटेका जवरजस्ती करणीका मुद्दा पनि छन्। यद्यपि  बोलाएको बखत पीडित वा सरकारी साक्षी उपस्थित हुन नसक्दा अधिकांश मुद्दा लम्बिने गरेका छन्।  चालू आवमा ३९ वटा बलात्कारका मुद्दा छन्। तीमध्ये एक वर्ष अवधि नाघेका तीन मुद्दा विचाराधीन अवस्थामा छन्। यद्यपि यो मुद्दा डेढ महिनामै टुंगिएको छ। त्यसैले यस मुद्दालाई शंकाको घेरामा हेरिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस