जबरजस्ती करणी मुद्दामा साजय तोकिए पनि फरार रहेका एक जना प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्।
९ वर्षभन्दा बढी कैद सजाय तोकिएका मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ३१ वर्षीय मुकवीर राईलाई पथरीबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार जबरजस्ती करणी मुद्दामा राईलाई तत्कालीन पुनरावेदन अदालत विराटनगरले २०६८ जेष्ठ २४ गते ९ वर्ष १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो।
मुद्दामा अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन राई ११ वर्षभन्दा अघिदेखि फरार थिए। पक्राउ परेका राईलाई अदालतले बुधबार कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।