डिग्रीको सर्टिफिकेट थन्काएर सुक्खा खाद्य सामग्री बनाउन सिक्दै दृष्टिविहीन सरस्वती
३० जेष्ठ २०७९
•
४ मिनेट पाठ
डिग्रीको सर्टिफिकेट थन्काएर सुक्खा खाद्य सामग्री बनाउन सिक्दै दृष्टिविहीन सरस्वती
सरस्वती शर्मा पौडेल दृष्टिविहीन महिला हुन्। उनको सपना शिक्षक बन्ने थियो। लक्ष्य पूरा गर्न परिवारको आवश्यक सहयोग नभए पनि पढ्न छाडिनन्। उनले शिक्षा संकायमा नेपाली बिषय लिएर स्नात्कोत्तर पास गरिन्। तर, अहिलेसम्म पौडेलको सपना पूरा हुने सकेको छैन।  




‘पढ्छु जागिर खान्छु भनेँ, डिग्री पास गरेँ। अहिले मार्कसीटहरुलाई सिरानीमुनि राखेर सुतिन्छ,’ भरतपुर महानगरपालिका ४ शितलपथमा बस्दै आएकी पौडेलले भनिन्, ‘शिक्षण सेवा आयोगमा नाम निस्कन सकेन। राहत कोटामा पनि पाइएन।’ ४ वर्षअघि उनले सप्तगण्डकी बहुमुखी क्याम्पसबाट नेपाली विषयमा स्नात्कोत्तर पास गरेकी हुन्। सरकारी सेवामा जान उनलाई उमेर हदले छेकेको छ। कक्षा १० सम्म ब्रेल लिपि र त्यसपछि सुनेकै भरमा परीक्षा दिएकी हुन्।  

अहिले जिविकोपार्जनका लागि सुक्खा खाद्य सामग्री बनाउन तालिम लिएकी छन्। उनले समोसा, खुर्मा, आलुचिप्स लगायतका खाद्य सामग्री बनाउन सिकिरहेकी छन्। ‘आफ्नो दैनिकी सहजताका लागि अगरबत्ती बनाएर बेचेँ। अगरबत्ती अचेल बिक्री हुन छाड्यो। बाटेको धुप चल्दो रैछ। त्यो बनाउन कसैले सहयोग गर्‍यो भने घरबाट नै समोसा, खुर्मा आलुचिप्प र धुप बनाएर बेचुला भनेकी छु,’ पौडेलले भनिन्।  

घरनजिकै भए पनि विगत १० वर्षदेखि डेरा गरेर बसिरहेकी छन्। महिनामा एक हजार छ सय रूपैयाँ भाडा तिरेर बसिरहेकी उनी दृष्टिविहीन भए पनि आफ्नो लागि खानपिन आफैँ बनाउँछिन्। सरसफाइ पनि आफैँ गर्छिन्। लट्ठीको सहायता हिँड्डुल गर्छिन्। उनका १ सय वर्ष बुवा ४ दाजुभाइ छन्। एक जना पनि उनीजस्तै दृष्टिविहीन हुन्।  

भरतपुर ११ की पुजा कुमालले २०७१ सालमा स्नातक तह पास गरिन्। यो अवधिमा जागिरका लागि कयौँ ठाउँ भौतारिन्। तर, निजी तथा सरकारी स्तरबाट नै दृष्टिविहीन भएकै कारण अपहेलित हुनुपरेको उनले सुनाइन्। ‘बैंक, हस्पिटल, एफ.एम रेडियोमा आफ्नो क्षमता अनुसारको कामका लागि गर्‍यौँ। उहाँहरुले हामीलाई विश्वास नै गर्नुहुँदैन। बाहिरबाट नै निकालिदिनुहुन्छ,’ उनले भनिन् ‘रिसेप्सनको काम गर्न सकिन्छ, रेडियोहरुमा कार्यक्रम सञ्चालन गर्न सकिन्छ तर, बाटोमा हिँड्न सक्नुहुँदैन भनेर शिक्षित व्यक्तिले नै भन्नुहुन्छ।’

उनले लोक सेवा आयोगमा पनि प्रयास गरेकी थिइन्। तर, लोक सेवाका किताबहरु ब्रेल लिपिमा नहुँदा नाम निकाल्न कठिन हुने उनले बताइन्। उनकी बहिनी पनि दृष्टिविहीन छन्। दुवै जनाले अहिले बाटेको धुप बनाएर बेच्ने गर्दछन्। थप आम्दानीका लागि आलुचिप्स, खुर्मा लगायतका सामग्री प्याक गरेर बेच्नका लागि तालिम लिएकी छन्। यसले आफूलाई थप आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउँछिन्। ‘अहिले हाम्रो अगरबत्ति बिक्दैन। चोक, चोकमा गाउन हिँड्दा हेयको दृष्टिले हेर्नुहुन्छ,’ उनले भनिन्, ‘यस्ता सीपले केही सहयोग पुग्ने अपेक्षा लिएका छौँ।’  

गैडाकोटकी मायाँ सापकोटाको समस्या पनि उस्तै छ। २७ वर्षीया सापकोटा जन्मजात रतन्धो थियो। पछि बिस्तारै रेटिना सुक्दा पुरा देख्न छोडिन्। स्नातक तह पास गरेकी उनले सीप सिकेर जिविका चलाउनका लागि संघर्ष गरिरहेकी छन्। ‘हामीलाई जागिर खान त्यति सजिलो छैन। अहिले बल्ल नेत्रहीन महिला संघमा आवद्ध भएकी छु। संस्थाले हामीलाई आलु चिप्स, खुर्मा समोसा बनाउन सकिएको छ,’ उनले भनिन्, ‘कसैले मार्केटिङ गरिदिएमा सिकेका वस्तुहरु प्याकिङ गरेर बेच्ने थिएँ।’ कुनै संस्थाले अवसर दिए काम गर्ने उनले सुनाइन्। घरमा खाना समेत नबनाएकी सापकाटालाई अहिले खाना बनाउने समेत आँट आएको छ। आँखाको दृष्टि कमजोर भएपछि ग्यास चुलाको नजिक पर्न पनि डराउने उनी अहिले आफैँ आगो सल्काउन सक्ने भएकी छन्। १६ वर्षको उमेरपछि उनको आँखाको ज्योति गुमेको थियो।  

भरतपुर १८ की ३५ वर्षीया लक्ष्मी सुवेदीलाई पनि जागिर खान मन थियो। सप्तगण्डकी क्याम्पसबाट १२ कक्षा पास गरेकी सुवेदीले जागिर पाउन सकिनन्। उनले ५ वर्ष अगरबत्ती नै बनाएर बेच्न हिँडिन्। राम्रो नभएपछि छोडेर बसेकी छन्। अहिले नेत्रहीन महिलाहरु जम्मा भएर विभिन्न खानेकुरा बनाउन सिक्न थालेका छन्। ‘अगरबत्ती मैनबत्तीको तालिम लिएकी थिएँ। हामी बेच्न हिँड्दा माग्न आएजस्तो गर्दछन्,’ उनले भनिन्, ‘कसैले मार्केटिङ गरिदिए अगरबत्तीसहित खानेकुराहरु बनाएर बेच्ने थियौँ।’  

भरतपुरमा दृष्टिविहीन महिलाहरुलाई सुक्खा खाद्य सामग्री बनाउने र दैनिक दिनचार्या तथा गृह विज्ञान सम्बन्धी तालिम प्रदान गरिएको छ। नेत्रहीन महिला संघ नेपाल काठमाडौँले दृष्टिविहीन महिलाहरुलाई सीपमुलक आय आर्जनमा लगाउने उद्देश्यले चार दिने तालिमको आयोजना गरेको हो।

सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश हेटौँडा र पुण्य फाउन्डेसनको सहकार्यमा भएको तालिममा चितवन र नवलपरासीका ११ जना महिलाहरुको सहभागिता रहेको थियो। जेठ २६ गतेदेखि सुरु भएको तालिममा उनीहरुले आलु चिप्स, खुर्मा, समोसा बनाउने, तरकारी काट्ने र ग्यास बाल्ने लगायतका कामहरु सिकेका थिए। यसले आफूहरुलाई दैनिक जिवनयापनमा सहयोग पुग्ने उनीहरुको अपेक्षा छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२८ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस