चितवनमा सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १९ स्थित तमु टोलमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा खसेर कपिलवस्तुका दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कपिलबस्तु स्थित शिवराज न.पा. ९ का २४ वर्षिय छतिराम थारु र राम चौधरी रहेका छन्। आज (बुधबार) साढे छ बजेको समयमा थारु अचानक चिप्लिएर खसेका थिए।
उनलाई निकाल्न भित्र पसेकामा चौधरीको पनि निसासियर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नरहरि अधिकारीले जानकारी दिए। मृतक दुई जना नाताले साला भेना पर्दछन्। उनीहरूले भरतपुर म.न.पा. १९ तमुटोलका राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्दै थिए ।
उनीहरूको शव प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीबाट सहितको टोलीले उद्धार गरी बाहिर निकालेको थियो। अहिले शवलाई पोष्टमार्टमको लागी भरतपुर सरकारी अस्पताल पठाईएको प्रहरीले जनाएको छ।