चितवनमा एक महिलालाई बाघले आक्रमण गरेर जंगलमा बेपत्ता बनाएको छ।
भरतपुर २३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी अन्दाजी ६० वर्षीया मंगली बोटेलाई बाघले बेपत्ता बनाएको हो। आज मंगलिसहित ४ जना जंगलमा निउरो टिप्न गएका थिए। त्यसक्रममा उनलाई बाघले आक्रमण गरेर जंगल तर्फ लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अहिले गितानगर प्रहरी, कसरा ब्यारेकको आर्मीसहित ४ वटा हात्तीबाट खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। पछिल्लो समय चितवनमा बाघको आक्रमण बढ्दै गएको छ।