गीता माझीले कमाएको पैसाले घरखर्च चलेको थियो। ज्यालादारी गरेर पतिलाई रक्सी खानसमेत पुर्याएकी थिइन् उनले। उल्टै गत बिहीबार बेलुका खाना खाने समयमा पति रामचन्द्र माझीले उनलाई निर्घात कुटपिट गरे। रक्सीले मातेका उनले कुटेर मात्र छोडेनन्, यौनांग र मलद्वारसमेत दाउराले क्षतविक्षत बनाइदिए।
रामचन्द्रले पटकपटक गीतालाई कुट्दै आएको छिमेकी जयन्तीकुमारी पासवानले बताइन्। बिहीबारको घटना सुनाउँदै जनप्रतिनिधिसमेत रहेकी जयन्तीले भनिन्, ‘गीताको र मेरो घर जोडिएको छ। चिच्याएको सुनेपछि हामी गयौं। गीतालाई पिटेको रहेछ। उनी रगताम्मे थिइन्। एम्बुलेन्स बोलाएर अस्पताल लग्यौं ।’ उपचारकै क्रममा चार दिनपछि सोमबार राति ११ः५० बजे उनको मृत्यु भयो।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालसम्म आउँदा पनि गुप्तांगबाट रगत रोकिएको थिएन। उनी बिहीबार बेलुका ८ बजे अस्पताल पुगेकी थिइन्। उनको यौनांग र मलद्वारबीचको खाली भाग च्यातिएको उनले बताए। उनका अनुसार यौनांगको चार तह च्यातिएको थियो। प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको उनले जानकारी दिए। ‘हामीकहाँ आउँदा केस जटिल भइसकेको थियो। रगत बगिरहेको थियो,’ उनले भने, ‘मलद्वार र यौनांग च्यातिएकाले संक्रमण नहोस् भनेर एन्टिबाइटिक पनि चलाएका थियौं ।’
च्यातिएको भागमा पिसाब गएपछि संक्रमण गराउँछ। संक्रमण हुने डरले चिकित्सकले तीन दिनसम्म शल्यक्रियासमेत गरेका थिएनन्। त्यसपछि शल्यक्रिया गरेको एक दिनमै माझीको मृत्यु भयो। मुटुको धडकन बढेपछि बचाउन नसकिएको उनले सुनाए। उपचारपछि पनि दिसापिसाब नरोकिने फिस्टुला, आन्द्राको समस्यालगायत स्वास्थ्य जटिलता रहेको चिकित्सकले बताएका छन्। उनको भरतपुर अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट निःशुल्क उपचार गरिएको थियो ।
गीताको परिवार बिहान–बेलुका मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको थियोे। उनीहरूको मुख्य पेसा भने माछा मार्ने हो। गीताले मजदुरी गरेर छोरीहरूलाई पाल्दै आएकी थिइन्। ३८ वर्षीया उनका तीन छोरी छन्। जसमध्ये २० वर्षीया जेठी छोरीको बिहे भइसकेको छ। अरू १४ र १० वर्षका दुई छोरी छन् ।
उनका पति रामचन्द्रलाई सोही दिन स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्। अहिले इलाका प्रहरी कार्यालय खैरहनीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। उनका अनुसार ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा चलाउने तयारी गरिएको छ।
घटनालगत्तै अधिकारकर्मीले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। ‘महिलाका लागि यो संगिन घटना हो, यस्ता घटनाका दोषीलाई आजीवन काराबासको सजाय दिनुपर्छ,’ अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की जिल्ला अध्यक्ष संगीता भट्टराईले भनिन्, ‘यस्ता घटना हुन नदिन सचेना कार्यक्रम गर्न जरुरी छ ।’
महिलाहरू अझै सुरक्षित हुन नसकेको महिला अधिकारकर्मी तारा गुरुङ बताउँछिन्। ‘पतिले आफ्नो जीवन सुरक्षा गर्ला भनेर सोचेकी महिला उसैबाट पीडित हुनुपरेको छ। पतिले नै पाठेघर बाहिर निकालिदिएर मृत्यु भएको छ, यो निन्दनीय छ,’ उनले भनिन्। माइती नेपाल चितवनका अध्यक्ष ईश्वर गिरी यातना र हिंसाका घटना रोकथाम गर्नुपर्ने बताउँछन्। ‘चितवनको सन्दर्भमा परिवारकै सदस्यबाट पत्नी र छोराछोरीलाई हातपात गर्ने क्रम बढेको छ,’ उनले भने, ‘जतिबेलासम्म राज्यले घरभित्र पति–पत्नीको समान हक र अधिकार व्यवस्था गर्न सक्दैन, त्यतिबेलासम्म महिला सुरक्षित हुन्छन् भन्ने देखिँदैन।’
खैरहनी–१० कठार मुसहर बस्तीकी गीताका दुई छोरीलाई खैरहनी नगरपालिकाले संरक्षण गर्ने भएको छ। उपप्रमुख कविता उप्रेतीले दुई छोरीको रेखदेख गर्न नगरपालिकाले अगुवाइ गर्ने बताएकी छिन्। ‘दुई छोरीको रेखदेख गर्न नगरपालिका प्रतिबद्ध छ,’ उनले भनिन्, ‘सिप सिकाएर आत्मनिर्भर बनाउन लाग्नेछौं ।’ गीताको काजकिरिया सकिएलगत्तै छोरीहरूलाई बालबालिका आश्रमसँग समन्वय गरेर संरक्षण गरिने उनले जानकारी दिइन्। स्कुल नपढेकाले दुवैलाई साक्षर गराउने पनि उनले बताइन्। गीताको अन्येष्टि मंगलबार साँझ कठारनजिकैको राप्ती नदीमा गरिएको छ। माझीको दाहसंस्कार खर्च नगरपालिकाले नै गरिदिएको छ। यसैबीच महिला अधिकारकर्मी र सामाजिक संघसंस्थाको अगुवाइमा ३० हजार रुपैयाँ संकलन गरिएको छ। दुई छोरीलाई आमाको काजकिरिया नसकिँदासम्म उनीहरूकै दिदीको संरक्षणमा राखिने जनाइएको छ ।