श्रीमानको क्रूर यातनाबाट सख्त घाइते भएकी खैरहनी नगरपालिका १० कठारकी गीता माझीको मृत्यु भएको छ। माझीको भरतपुर अस्पतालमा उपचारको क्रमममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनका श्रीमान राचन्द्र माझिले जेठ १२ गते मादक पदार्थ सेवन गरी श्रीमतीको मलद्वारबाट लौरो घुसाएर सख्त घाइते गराएका थिए। गत बिहीबार घाइते भएकी उनको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो। राती एक्कासी मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको थियो। उनको उपचार सोही दिनबाट भरतपुर अस्पतालमा उपचार भैरहेको थियो। उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहने उनले बताएका थिए।
उनका श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी गरेको आरोपमा यसअघि नै प्रक्राऊ गरिसकेको छ। अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए।