अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना हुँदै गर्दा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतपत्रै च्यातेका थिए। जेठ १४ गते मध्यरातमा भएको घटनापछि सो वडामा पुनः मतदान भएको थियो। सोही घटनाबाट पाठ सिक्दै भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी गरिएको छ।
‘मतपत्रको सुरक्षा र मतगणनालाई निष्पक्ष बनाउन हामी संवेदनशील तरिकाबाट लागेका छौं,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौड्यालले भने, ‘मतगणनास्थलमा सिसिटिभी जडानको काम भइरहेको छ।’
उनका अनुसार, मतगणनास्थलमा ८ वटा सिसिटिभी जडान हुँदै छन्। मतपत्र सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउने गरी काम भएको बताए। ‘मतगणना गर्ने ठाउँ र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँ छुट्टै बनाएका छौ,’ उनले भने, ‘मतगणना गरिरहेको हेर्न पाउने गरी उहाँहरूलाई राखिन्छ। तर, मतगणनासँगै उहाँहरूलाई राखिँदैन।’ आवश्यक परेको खण्डमा जाली पनि लगाउने गरी तयारी भइरहेको उनले जानकारी दिए। मतपेटिका भण्डार र मतगणनास्थलमा सिसिटिभी जडान गर्न र त्यसको भिजुअल रेकर्ड राख्ने गरी उपकरणहरूको बन्दोबस्त गर्ने गरी काम भइरहेको जानकारी दिए।
वैशाख ३० गते हुने मतदानपछि मतगणना भरतपुर– १० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको ब्लक ‘सी’ मा हुँदै छ। कार्यालयले ‘ए’ र ‘बी’ ब्लकलाई सिलबन्दी गरेर ‘सी’ ब्लकमा गणना गर्न लागेको हो। बढीमा सात ठाउँबाट गणना गर्ने गरी काम अगाडि बढेको उनले बताए। सुरुवाती चरणमा एक ठाउँबाटै मतगणना गर्ने र पछि विस्तार गरिने उनको भनाइ छ। ‘सी’ र ‘बी’ ब्लकको बीच भागमा मतपेटिका राख्ने व्यवस्था गरिएको छ। मतगणनास्थलमा निर्वाचन अयोगले पनि सिसिटिभी जडान गर्न पत्रचार गरेको छ।
‘आयोगको निर्देशनअनुसार, चितवनका सातवटै स्थानीय तहमा आयोगले हेर्न मिल्ने गरी सिसिटिभी जडान हुँदै छन्,’ जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले भने, ‘काँडेतारहरू मतगणनास्थलको संवेदनशीलता हेरेर निर्वाचन अधिकृतहरूले प्रयोग गर्न सक्नुहुन्छ।’ तारजालीका विषयमा सुरक्षा निकायबीचको छलफलका क्रममा रहेको उनले बताए।
२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुरमा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीलाई मतपत्र च्यातेर हराएको आरोप लाग्दै आएको छ। सोही हिसाबले पनि नेकपा (एमाले) चितवनले मतगणनास्थलमा सिसिटिभी अनिवार्य जडान गर्न माग गरेको छ।
‘अघिल्लोपटक माओवादीले जनताको अभिमतलाई कुल्चियो। अहिले निर्वाचन आयोगले मतगणनालाई व्यवस्थित गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भने, ‘अहिले जनताको जनमतलाई सुरक्षा गर्ने विषयलाई हाम्रो पहिलो प्राथमिकता रहने छ।’ निर्वाचन कार्यालयले सिसिटीभि राखेर मतगणनाको निष्पक्षताको ग्यारेन्टी गरेको समेत उनले बताए।
यसअघिको स्थानीय तहको निर्वाचनमा भरतपुरमा नेपाली कांग्रेसले प्रमुख पदमा प्रचण्डकी छोरी रेनु दाहाललाई नै उठाएको थियो। यतिखेर पनि दाहाललाई नै उम्मेदवार बनाएको छ। मतपत्र च्यातिएको विषयमा कांग्रेस चितवन मौन बसेको थियो। अहिले पहिलेको जस्तो समस्या नआउने नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल बताउँछन्। ‘मतपत्रको सुरक्षा गर्ने काम निर्वाचन कार्यालयको हो,’ उनले भने, ‘लोकतन्त्रमा गलत कृयाकलाप जोडिँदैनन्।’
सात पालिका रहेको चितवनमा ४५१ वटा मतदान केन्द्र छन्। यसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा २०२ केन्द्र छन्। रत्ननगर नगरपालिकामा ६०, राप्तीमा ४७, खैरहनीमा ५१, कालिकामा ३५, माडी नगरपालिकामा ३२ र इच्छाकामना नगरपालिकामा २२ वटा मतदान केन्द्र छन्। वैशाख ३० मा हुने चुनावमा चितवनका तीन लाख ९७ हजार ६८५ जनाले मतदान गर्न पाउनेछन्। चितवनका सातवटा स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता रहेका छन्।