‘खासमा त म खेतीपाती लाउन भनेर आएको हुँ। एक भोट त हाल्नैपर्ला आइसकेपछि,’ शुक्रबार नेपालगन्जको जमुनाहबाट नेपाल भित्रिँदै गरेका दैलेखस्थित आठबिसका दिल बडुवालले भने। भोट कसलाई हाल्ने भनेर चाहिँ निर्णय गरिनसकेको उनले बताए। अब त्यहाँका मान्छेले जहाँ भन्यो त्यहीँ हाल्नुपर्ला।’
गढवालबाट फर्किएका कालीकोटस्थित रास्कोटका राजन बम र उनका पाँच साथी पनि जमुनाहमै भेटिए। घर फर्किनुको कारण सोध्दा उनीहरूको एउटै जवाफ थियो, ‘यता बालीनाली लाउने बेला भयो, उता गर्मी बढ्न थाल्यो अनि फर्कियौं।’ चुनावबारे सोध्दा बमले भने, ‘चुनावका लागि आएर कसले के दिने हो र? अब आएको बेला भोट त हाल्नैपर्ला नि!’
यतिखेर भारत काम गर्न गएका युवा जमुनाह नाका हुँदै फर्किने क्रम बढेको छ। बर्खे बाली लगाउने सिजन पनि भएको र चुनाव पनि हुन लागेको मौका पारेर नेपाल भित्रिनेको संख्या बढेको हो। तर चुनावकै लागि भनेर उल्लेख्य मात्रामा नेपाली भने नभित्रिएको जमुनाह इलाका प्रहरी इन्चार्ज मीनबहादुर विष्ट बताउँछन्। भारतमा रोजगारी गरेर हाल दैनिक चार सयजनाजति फर्किने गरेको उनले बताए। घर फर्किरहेका अधिकांश नागरिकप्रति निर्वाचनको उत्साह खासै देखिएको छैन। स्वदेश फर्किरहेका कतिपय नागरिकले आफूहरूको नाम मतदाता नामावलीमा छुटेको समेत बताए। उनीहरूले स्थानीय सरकारबाट आफूहरूका लागि विशेष केही भइहाल्ला भन्ने आशा नरहेको समेत बताए।
दैलेख ठाँटीकाँधका १९ वर्षीय दीपेन्द्र बम पनि भारतमा काम गरेर फर्किएका छन्। कलिलो उमेरमै भारतमा रोजगारीका लागि जानुपर्ने बाध्यता भोगेका उनले स्थानीय सरकारले गाउँमै पनि काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न नसकेको गुनासो गरे। ‘गाउँमा विकास खुलाएका छौं भन्छन्। बाटो पनि खोलेका छन् तर ती बाटोमा डोजर लगाइदिन्छन्। हामीलाई कामै दिन्नन्। अब पनि केही होला भन्ने विश्वासै लाग्न छाडेको छ,’ उनले भने।
भारतबाटै भाइको परिवारसहित स्वदेश फर्किएका बर्दियाको बाँसगढी नगरपालिकाका नरबहादुर बुढाले स्थानीय सरकारले जनताको जीवनस्तर उकास्ने काममा ध्यान दिन नसकेको बताए। उनले भने, ‘भोट दिएर पनि के गर्ने हो र, जताततै भ्रष्टाचार मात्रै छ। हामीलाई बालबच्चा टिपेर भारत नगई सुखै छैन।’ यसपटक आफूले उम्मेदवार हेरेर राम्रो काम गर्ने खालको लागे मात्रै भोट दिने उनले बताए।
लुम्बिनी प्रदेशको अधिकांश भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनताको प्रमुख रोजगार गन्तव्य अहिले पनि भारत नै हो। यी प्रदेशको पहाडी क्षेत्रका अधिकांश परिवार भारतकै भरमा चलिरहेका छन्।
तर स्थानीय सरकारको पहिलो कार्यकालमा जनप्रतिनिधिले बाध्यतावश भारत जानुपर्ने अवस्था अन्त्य गर्ने कुनै कार्यक्रम सञ्चालन गरेको देख्न पाइएन। अवस्था यतिसम्म नाजुक छ कि भारत जाने नेपालीको रेकर्डसमेत कुनै निकायसँग हुँदैन। उनीहरू भारतमा कस्तो हालतमा, कस्तो अवस्थाको रोजगारीमा संलग्न छन् भन्ने जानकारी कुनै पनि निकायसँग छैन। स्थानीय सरकारले कम्तीमा भारत जाने आफ्ना नागरिकको रेकर्ड राख्ने व्यवस्था गनुपर्ने सुझाव उनीहरूले दिए।
जमुनाह नाकाबाट स्वदेश भित्रिँदै गर्दा भेटिएका रुकुमका प्रेम ओलीले जीवनको तीन दशकभन्दा बढी समय भारतमै बिताइसकेको बताए। उनले भारतमा रहँदा कैयौं नेपालीले दुर्घटनामा ज्यान गुमाएको देखेको बताए। कति घाइते पनि भए। तर ती व्यक्तिबारे नेपालको सरकारलाई थाहा छ भन्ने उनलाई लाग्दैन। ‘अरू देश जानेलाई केही भयो भने सरकारले क्षतिपूर्ति दिन्छ भन्छन्। केही भइहाल्यो भने सरकारले सहयोग गर्छ भन्छन्। तर हामी भारत जानेका बारेमा त सरकारलाई थाहा नै छैन जस्तो लाग्छ,’ उनले दुःखेसो पोखे।
हालसम्म सरकारको कुनै पनि आधिकारिक निकायले भारतमा रोजगारीका क्रममा ज्यान गुमाउनेको तथ्यांकसमेत राखेको देखिँदैन। वैदेशिक रोजगार विभागले भारतलाई वैदेशिक रोजगार गन्तव्यको सूचीमा समेत समेटेको छैन। कति नेपाली भारतमै अलपत्र र परिवारबाट सम्पर्कविहीन बनेका छन्। उनीहरूको विषयमा पनि सरकारलाई चासो छैन। आफ्ना नागरिकको भारत जानुपर्ने बाध्यता बुझेका यस क्षेत्रका स्थानीय सरकारले पनि यस विषयमा कुनै काम गर्न सकेनन्।
भारतबाट नेपाल फर्किंदै गरेको अवस्थामा जमुनाहमा भेटिएका अधिकांश नागरिकले अब स्थानीय सरकारले देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।