पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको ५औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ। रामपुर नगरपालिका–७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकै सडकको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए। लडेर घाइते भएका सोमईलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो। उनलाई थप उपचारका लागि आफ्न्तले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याएका थिए। उपचारका क्रममा सोमईले अस्पतालको तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कलेजको ५औं तलाबाट हाम फालेका सोमइको घटनास्थलमै मृत्यु भएको हो। उनको शवलाई अहिले पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताए।