एक दशकपछि यस्ती देखिइन् राउटे बालिका
०५ वैशाख २०७९
•
३ मिनेट पाठ
एक दशकपछि यस्ती देखिइन् राउटे बालिका
मध्यपश्चिमका जिल्ला घुम्ने क्रममा एक दशकअघि सुर्खेतको गहिरो खोचमा राउटे समुदाय रमाउँदै गरेको दृश्यले ध्यान तान्यो। मूल सडकबाट आधा घन्टाको पैदलयात्रापछि बस्तीमा पुग्दा अर्के संसार पुगेको भान हुन्थ्यो।




करिब १ सयको हाराहारीमा रहेका उनीहरू स-साना छाप्राहरूमा बसिरहेका थिए। बुढापाका आराम गरेका थिए। महिला काम गर्दै थिए। बालबालिका खेल्दै थिए। युवाहरू सिकारको खोजीमा जंगल गएका थिए।

राउटे बस्तीको दृश्य नियाल्दै गर्दा एक सानी बालिका मुस्कुराउँदै थिइन्। रातो पोते लगाएकी उनी मुस्कुराउँदै गर्दा सिंगो बस्ती रमाएको देखिन्थ्यो। उनले थाहा नपाउने गरी खिचेको यो तस्बिर हेर्दा अझै मन फुरुङ्ङ हुन्छ।

मंगलबार सुर्खेतबाट काठमाडौं आएका साथी नगेन्द्र उपाध्यायलाई यो  तस्बिर देखाएँ। चौध वर्षदेखि राउटे समुदायमा काम गरेका पत्रकार उपाध्यायले एक दशक अगाडिको तस्बिर एकै झमटमा चिने।

‘लौ जिका त अहिले यस्ती भएकी छिन्,’ १६ वर्षीया जिकाको  तस्बिर मोबाइलमा देखाउँदै नगेन्द्रले भने, ‘तपाईले १० वर्षअघि खिचेको तस्बिर पनि उनले भर्खरै हेरिन्।’

जिका आमा तुलसी शाही र बुवा रङविरकी छोरी हुन्। तस्बिर खिचेको समयमा उनी ६ वर्ष जतिकी थिइन्। राउटे नेपालको प्राचीन फिरन्ते तथा विश्वकै लोपोन्मुख र पिछडिएको आदिवासी जनजाति हो।

प्रदेश–५को राप्ती नदीदेखि प्रदेश–७ को महाकाली नदीसम्मका जिल्लाहरू दाङ, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, कालिकोट, अछाम, जुम्ला, दार्चुला, बैतडी जिल्लाको पहाडी जंगलमा बस्दछन्।

कन्दमूल र शिकारबाट आफ्नो जीविकोपार्जन गर्ने उनीहरू काठका कलात्मक भाँडाकुँडा बनाएर अन्नसँग साटसासाट गर्ने गर्थे। खेतीपाती नगर्ने, पैसा छोए पाप लाग्छ भन्ने, सिलाएको कपडा नलगाउने र स्थायी बसोबास नभएका यिनीहरूलाई वनराजा पनि भनिन्छ।

यस्तै एकै ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने, धन सञ्चय गर्ने प्रवृत्ति नभएका यिनीहरू बाँदर लगायतका जीवजन्तु, पन्छीहरूको सिकार गरी खाने गर्दछन्।

आफ्नो भान्छाभन्दा बाहिर पाकेको खाना नखाने कठोर संस्कृति बोकेको यो समुदायको जीवनशैलीमा पछिल्लो समयमा व्यापक फेरबदल आएको उपाध्याय सुनाउँछन्। ‘उनीहरू आधुनिक मानव बन्न त चाहँदैनन्, तर चाहेर वा नचाहेर आधुनिक जीवनशैली अनुसरण गरिरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय राउटे समुदायलाई परनिर्भरताले नराम्ररी गाँजेको छ।’

उनीहरूको समुदाय घुमन्ते हुन्। उनीहरू एकै ठाउँमा बस्दैनन्। बगेको पानी पिउँदैनन्। मूलको पानी खान्छन्। विद्यालय जाँदैनन्। सिकार खेल्छन्।  

‘राउटेका स्पष्ट तीन मान्यता छन्–खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने,’ उनी थप्छन्, ‘समयले राउटेलाई ‘रैती’ बन्ने मार्गमा डोर्‍याउँदै छ।’

राउटे समुदायलाई जलवायु परिवर्तन भनेको के हो भन्ने जानकारी नभए पनि यसको प्रत्यक्ष असर उनीहरूले भोगिरहेका छन्। जंगलमा बस्दै आएका उनीहरू सबैभन्दा बढी द्वन्द्वकालमा प्रभावित भए। त्यस्तै मूलको पानी मात्र खाने उनीहरू पानी सुक्न थालेपछि समस्यामा परेका छन्।

राउटे समुदायमा तीन वटा गोत्र छन्। कल्याल, रास्कोटी र स्ववंशी गरेर यी तीन वटै गोत्रभित्रबाट राउटे समुदायको विहाबारी चल्छ। उनीहरूको गणनाका क्रममा राउटे समुदायमा कल्याल गोत्रको समूह धेरै रहेकाले कल्यालका युवाहरूले विवाह नगरी बस्नुपर्ने बाध्यता छ।

१०/१२ वर्षकै उमेरमा विवाह हुने यो समुदायमा  क्ल्याल गोत्रकी  १६ वर्षकी जिकाको अहिलेसम्म विवाह हुन नहुनुको कारण यही हो। ‘जिकाले विहे गर्ने उमेरका युवा नै छैनन्, ‘नगेन्द्र सुनाउँछन्, ‘त्यसैले अहिलेका कुनै एक  साना केटा  हुर्केपछि मात्र उनको विहे हुन्छ।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस