धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु
०३ वैशाख २०७९
•
१ मिनेट पाठ
धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु
धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ।




जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए।

झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो। स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको थियो।

प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सङ्कलन भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए। 'घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ,' उनले भने, 'दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ।'

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। 'धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ,' उनले भने, 'बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।' रासस
अर्को समाचार
जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता
१० वैशाख २०८१
•
३ मिनेट पाठ
जुम्ली धामीझाँक्रीकाे बालविवाह रोक्ने प्रतिबद्धता
जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह राेक्न लागिपरेका छन्। बालविवाह गराउने अग्रणी भूमिका खेल्ने धामीझाँक्री तथा धार्मिक गुरु बालविवाह नगराउने निष्कर्षमा पुगेका हुन्। जुम्लाको पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले बालविवाह रोक्न धामीझाँक्री तथा धार्मिक गुरु अभियानको सुरुवात गरेको छ।




उमेर नपुगी विवाह गरिने तथा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र धार्मिक गुरु जुट्ने बताएको छ। अहिले गाउँमा बालविवाह रोक्न धामीझाँक्री र धार्मिक गुरुहरू एकजुट भएका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन्।

उनले भनिन्,‘धामीझाँक्री तथा धार्मिक गुरुकहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ। उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आआफ्नो घर फर्काउन सुझाव दिइन्छ।’

त्यसैगरी धामीझाँक्री र धार्मिक गुरुहरूले अभियानमार्फत बालविवाह गरेको भोजभतेरमा नजाने प्रतिबद्धता जनाएको उनले बताइन्। बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको र यसबारे नागरिकलाई सचेत गराउने गरेको उनको भनाइ छ।

गिरीका अनुसार विवाह गर्दा अब वडाको सिफारिस, जन्मदर्ता अनिवार्य गरिएको बताइन्। पातारासी -३ का धामी रणबहादुर महताराले २० वर्ष नपुगेका र वडाको सिफारिस नभएकालाई विवाह गर्न नदिने बताइन्।

त्यस्तै पातारासी -२ का धार्मिक गुरु सुकबहादुर कामीले समाजको कुसंस्कार सबैको सहकार्य र समन्वयमा निरूत्साहित हुने  र यसको अन्त्यका लागि हामी नै अग्रसर हुनुपर्ने उनी बताउँछिन्।

बालविवाह न्यूनीकरणमा सहयोग गर्ने यहाँ धामीझाँक्रीहरूले प्रतिबद्धता समेत व्यक्त गरेको छन्। ‘बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,यसलाई न्यूनीकरण गर्न लागि अभियान नै सञ्चालन गरेका छौ।’ पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले भने।

यस्तै,अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न गाउँपालिकाले कार्यक्रम सुरु गरेको र गाउँमा  उमेर नपुगी विवाह गरेको पाइएमा कारबाही गरिने उनको भनाइ छ।

महिला तथा बालबालिका शाखा प्रमुख गिरीका अनुसार धामी रणबहादुर महताराको संयोजकत्वमा गाउँपालिका स्तरीय १५ सदस्यीय धार्मिक सञ्जाल गठन गरिएको छ।

यो अभियान ७ वटै वडामा सञ्चालन हुने र बालबिवाह न्यूनीकरणमा पछि हट्ने जोसुकैलाई राज्यको सेवा सुविधा रोक लगाउने गाउँपालिकाले जनाएको छ। गिरीले बालविवाह, छाउपडी, घरेलु हिंसा जारी प्रथाजस्ता सामाजिक विकृतिमुक्त गाउँपालिका बनाउने अभियानमा धाँमीझाँक्री र धार्मिक गुरुहरूको साथ र सहयोगले उत्साह थपिएको बताइन्।

‘हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौं। यो अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं,’ उनले भनिन्।

नेपालको कानुनले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका भनेको छ। तर विवाहका लागि महिलालाई २० र पुरुषका हकमा २२ वर्षको उमेर हक तोकेको छ। कानून विपरीतका कार्य गर्नेलाई जेल र जरिवानाको सजाय पनि तोकिएको छ।

मुलुकी ऐन, २०७४ को दफा १७३ ले बालविवाह गर्न नहुने भनी उल्लेख गरिएको छ। नेपाली समाजमा बिग्रेका छोराछोरीहरूको विवाह गरिदिएमा सुध्रिन्छन् भन्ने गलत मान्यताका कारण पनि उमेर नै नपुगी विवाह गर्ने गलत परम्परा छ।

सुगममा भन्दा दुर्गममा पछौटेपन र शिक्षाको कमी भएका कारण  बालविवाहको रूप डरलाग्दो देखिन्छ। जुम्लामा अहिलेसम्म बालबिवाह गर्नेको यथार्थ तथ्यांक छैन। जिल्ला जनस्वास्थ्य कार्यालयको २ आर्थिक वर्ष अगाडिको तथ्यांकअनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस