भक्तपुरको विस्का जात्रा भनेपछि धेरैले सम्झने गर्दछन्, ल्योसिंद्य उठाउने, ढाल्ने, भैरबनाथको रथ तान्ने अनि जिब्रो छेड्ने जात्रा भनेर। तर भक्तपुरको विस्का जात्रा यतिमा मात्रै सीमित छैन। आठ रात नौ दिन लामो विस्का जात्राको क्रममा भक्तपुरका टोलटोलमा जात्राहरु भइरहेका हुन्छन्। ती धेरै जात्राहरुमध्ये एउटा प्रख्यात जात्रा हो, ख महाकाली महालक्ष्मी जात्रा अर्थात् महाकाली महालक्ष्मीको ख ल्वाकेगू (खट जुधाउने) जात्रा।
यो जात्रा प्रत्येक वर्षको विस्का जात्राको क्रममा वैशाख २ गते भक्तपुर नगरपालिका वडा नं ९ अनि वडा नं १० स्थित महाकाली र महालक्ष्मीमा हुने गर्दछ। जात्राको क्रममा हजारौ मानिसहरु सहभागी हुन्छन्। जात्रा विशेष गरेर साँंझ हुन्छ। जात्रा हेर्न भक्तपुरका विभिन्न टोलहरुबाट महाकाली महालक्ष्मी पुग्ने गर्दछन्।
स्थानीय कृष्णभक्त दुवाल विस्का जात्राको क्रममा आफूहरुलाई आफूहरुको टोलमा हुने जात्रा मुख्य लाग्ने बताउँंछन्। 'यो स्वभाविक पनि हो,' उनी थप्छन्, 'निकटता भनेकै यही त हो नि। विशेष गरेर स्थानीय महाकाली र महालक्ष्मीका स्थानीयवासीहरु प्रत्येक वर्ष विस्का जात्राको क्रममा हुने महाकाली र महालक्ष्मीको जात्रामा रमेका हुन्छन्।'
भक्तपुरको महालक्ष्मी र महाकालीको जात्राबारे एक किबदन्ती छ। जनाइए अनुसार हिजोको दिन अर्थात नयाँ वर्षको पहिलो दिन बिस्केट जात्राको अवसरमा याछें टोलको गणेद्य (गणेश देवता)ले आफ्ना दिदीहरुलाई भोजको निम्तो घरमै नगई भोलाछेंको चौबाटोसम्म मात्र दिएर गई फर्किन्छन्। घरसम्म पनि नआइकन भाइले भोजको निम्तो दिएको कुरा नजिकैको दिदी महाकाली देबीलाई जानकारी समेत हुँदैन अरे। यो कुरा उत्ता बेखाल, महालक्ष्मीस्थाननिर बस्ने महालक्ष्मी देबीलाई भोजको कुरा थाहा थियो अरे। आजको दिन अर्थात् नयाँ वर्षको दोस्रो दिनमा बहिनी महालक्ष्मीले दिदी महाकालीलाई भाइले भोजको निम्तो गरेको छ भोज जाऔं भनी भोजको कुरा बनाएर बोलाउन जान्छन् र संगै नाच्दै भाइकोमा भोज खानको लागि दिदीबहिनी याछें पुग्छन्। तर भोज खुवाउने भाइको नाक–मुख नै देख्दैनन्।
भाइको अतोपतो नभएपछि रिसले चुर भएर दुई दिदीबहिनी फर्किन्छन् र महालक्ष्मीस्थान र भोलाछेंकोबीच बाटो (दुगुजले) भने ठाउँमा बहिनीले त्यसै झुठो कुरा गरेको र भोज खान नपाएको भनी दिदीले बहिनीमाथि रिस पोख्न पुग्छन्। त्यो रिस दिदीबहिनीको झगडामा परिणत हुन्छ। आज त्यही दिदीबहिनीको झगडालाई जात्राको प्रतीक मानेर विभिन्न बजागाजा र दाफा भजनसहित हर्षोल्लासका साथ महालक्ष्मीदेबी र महाकालीदेबीको रथ जुडाउने गर्छन्। स्थानीय हरिकृष्ण दुवाल यही मान्यताका साथ अहिलेसम्म पनि जात्रा चल्दै आएको सुनाउँंछन्।
जात्राका क्रममा साह्रै रमाइलो गरी महालक्ष्मी र महाकालिको जात्रा हेर्छन् मात्रै होइन सहभागी पनि हुन्छन्।