नयाँ वर्षमा प्रकृतिको शुभकामना ‘फूल’
०१ वैशाख २०७९
•
२ मिनेट पाठ
नयाँ वर्षमा प्रकृतिको शुभकामना ‘फूल’
नयाँ वर्षमा एकले अर्कोलाई शुभकामना दिनु नौलो होइन। तर, सिरहामामा भने नववर्षमा प्रकृति स्वयंले शुभकामनासँगै ‘फूल’ उपहार दिने गर्छ।  




प्रत्येक वर्ष बैशाख १ गते लहान नगरपालिकास्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको उपहार मान्छन्, मिथिलावासी।

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ। स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ, जहाँ लाखौैं दर्शनार्थी पुग्ने गर्छन्।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रूखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ।

यस फूलवारीको असंख्य रूखमध्ये मालिनी मन्दिर दक्षिण टाँसिएको हारमको दुईवटा रूखमा प्रत्येक नयाँ वर्ष (बैशाख १ गते) माला आकृत फूल फुल्छ। यही दिन लाग्ने फूलवारी मेला भर्न आउने दर्शनार्थीको मुख्य आकर्षण यही फूल बन्ने गर्छ। नयाँ वर्षको दिन मिथिलावासीको मन फूलवारीमा तानिन्छ। सलहेसको गाथासँग जोडिएको माला आकृति फूल ‘सुनाखरी’को विशेष प्रजाति भएको बताइन्छ। यद्यपी यसबारे वैज्ञानिक अध्यन अझै ओझेलमा छ। मालिनी मन्दिरका पूजारी नागेश्वर धामीका अनुसार नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो। दशौं पुस्ताका पूजारी धामी भन्छन्, ‘सुरुवातदेखि जुन रूखमा यो फूल फुल्यो अहिलेसम्म उही रूखमा उस्तै स्वरूपमा फुल्दै आएकोे छ।’ अरू फूल मुर्झाएर तिनका पात भूँइमा झर्छन तर, यो फूलको एउटै पत्र भूँइंमा नझर्ने पूजारी धामी बताउँछन्।

फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न देशका विभिन्न स्थान तथा भारतको विहार राज्यका विभिन्न जिल्लाबाट समेत श्रद्धालु आउने गर्छन्। भारत विहारबाट आउनेहरूमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पूजारी बताउँछन्। राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीयमा यो जातिको संख्या उल्लेख्य हुन्छ।

भारत दरभंगाबाट मेला भर्न आएका रमनी पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए। ‘वर्षौंदेखि सुन्दै आएको गाथाभन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो।

यस्तो आलौकिक फूल ६० वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ’ पासवानले भने,‘रूखकोबीचमा माला आकृत फूल, आश्चर्य!’ फूलवारीमा फूल श्रृंगार्ने ‘दौना मालिनी’ जो राजा सलहेसँंग औधी प्रेम गर्थिन्, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रूपमा प्रकट हुने लोकविश्वास छ।  

नयाँ वर्षमा मात्र फुल्ने यो फूल द्वैविक शक्तिको प्रतिक हो,  धार्मिक उपज हो, वा कुनै वनस्पतिक विशेषता यसबारेमा ठोस अनुसन्धान भएको छैन। यो फूल बैशाख १ गते पूर्णरूपमा फुल्छ भने बैशाख २ गतेदेखि विस्तारै हराउँदै जान्छ।
अर्को समाचार
नयाँ वर्षमा प्रकृतिको शुभकामना 'फूल'
०१ वैशाख २०७८
•
४ मिनेट पाठ
नयाँ वर्षमा प्रकृतिको शुभकामना 'फूल'
सिरहाको सलहेस फूलवारीमा नयाँ वर्षमा फुल्ने मालाआकृत फूल । तस्बिरः मिथिलेश यादव
नयाँ वर्षमा एक व्यक्तिले अर्कोलाई शुभकामना दिनु नौलो होइन । तर, मिथिलामा विक्रम संवत्को नववर्षमा प्रकृति स्वयंले शुभकामना दिने गर्छ । प्रत्येक वर्ष बैसाख १ गते लहान नगरपालिका स्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको शुभकामना मान्छन्, मिथिलावासी ।




सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ । स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ । यसपाली पनि कोरोनाको बेवास्ता गर्दै मेला लाग्यो ।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रुखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ । यस फूवारीको असंख्य रुख मध्ये मालिनी मन्दिर दक्षिण टासिएको हारमको दुईवटा रुखमा प्रत्यो नयाँ वर्षकम माला आकृत फूल फुल्छ । यसै फूलको अवलोकन गर्न लमिथिलावासीको मन फूलवारीमा तानिन्छ । सलहेसको गाथासंग जोडिएको माला आकृति फूल ‘सुनाखरी’ को विशेष प्रजाति भएको वन तथा वातावरण विज्ञ बताउँछन् । मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो । दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवात देखि जुन रुखमा यो फूल फुल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फुल्दै आएकोे छ ।’ अरु फूल मुर्झाएर तिनका पात भुईमा झर्छन तर, यो फूलको एउटै पत्र भुइंमा नझर्ने पुजारी धामी बताउँछन् ।  

फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न मिथिलाअञ्चल, पुर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालु आउँने गर्छन् । भारत विहारबाट आउँने श्रद्धालुहरुमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पुजारी बताउँछन् । राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीय श्रद्धालुमा यो जातिको सँख्या उल्लेख्य हुन्छ । भारत दरभँगाबाट मेला भर्न आएका झरी पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए,‘वर्षौदेखि सुन्दै आएको गाथा भन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो । यस्तो आलौकिक फूल ६५ वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ पासवानले भने,‘रुखकोबीचमा माला आकृत फूल !, आश्चर्य हो’ । 

फूलवारीमा फूल श्रृगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससंग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने लोकविश्वास छ । नयाँ वर्षमा मात्र फुल्ने यो फूल दैविशत्किको प्रतिक हो, धार्मिक उपज हो वा कुनै वनस्पतिक विशेषता यस बारेमा ठोस अनुसन्धान भएको छैन् । जानकार यादव भन्छन्,’ सुनाखरीकोे ३५ प्रजाति मध्ये यो अनौठो हो ।’ नेपालमा सुनाखरीको ८ प्रजाति पाईन्छ । वैशाख १ गते पूर्ण रुपमा फूल फुलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानु अद्भुत घटना भएको उनले भने ।  

सलहेस मिथिलाका यस्ता विभूति हुन, जसको नामबाट त्यहाँका जनजन सुरपरिचित छन् । वास्तविक नाम जयवर्द्धन रहेका सलहेसलाई सातौं र आठौं शताब्दीका महापुरुषका रुपमा चिन्ने गरिन्छ । मूलतः लोकगाथाका नायकका रुपमा रहेकाले उनीबारे धेरै अध्ययन हुनसकेका छैनन् ।  

सलहेस नाम ‘शैलेस’बाट अपभ्रंश भएको मानिन्छ । शैलेस अर्थात् पर्वतका राजा । यिनको जातिचाहिं दुसाध हो । यो दुसाध शब्द ‘दोसाँध’बाट अपभ्रंश भएको मानिन्छ । अर्थात् यिनी पहाड र मधेसको दोसाँधमा रहेको राज्य तिरहुत(मिथिला) का नायक भएको सलहेस सम्बन्धि अध्येता राजकुमार महतो बताउँछन् । सलहेससँग सम्बद्ध स्थानहरू सिरहा जिल्लाको मानिक दह, सलहेस फूलबारी, पकडियाडढ, कमलदह, ननमहरी, उदयपुरको त्रिवेणी आदि ठाउँ पहाड र मधेसको दोसाँधमै अवस्थित भएबाट पनि यस तथ्यको पुष्टि हुन्छ ।  

सलहेस मिथिलाका आम मानिसको मनमनमा छन् । दुसाद जातिका भएर पनि यिनी मिथिलामा लोकदेवताका रुपमा स्थापित छन् । हरेक वर्ग तथा जातिका मानिसले उत्तिकै श्रद्धा, भक्तिपूर्वक यिनको पूजा गर्छन् ।

सलहेस श्रद्धाकै एउटा विशिष्ट समारोहका रुपमा दशकौंदेखि सिरहाको सलहेस फूलबारीमा भव्य मेला लाग्ने गर्छ । सलहेस फूलबारीको मध्य भागतिर मालिनि मन्दिरको टासिएकै दक्षिण हारमको माला आकारको फूलको आकर्षणले सबैलाई लठ्याउँदैन मात्र, त्यसका सम्बन्धमा जान्ने कौतुहलता समेत जगाउँछ । त्यो फूल दैवीशक्तिकै चमत्कार हो वा धार्मिक पाखण्ड हो वा कुनै किसिमको वानस्पतिक विशेषता नै हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिनु वाञ्छनीय देखिन्छ । यद्यपि सलहेस गाथासँग जोडिएकाहरुले भने सलहेसकी प्रेमिका कुसमा मालिनी सलहेससँग भेट्न फूलको रुपमा उक्त दिन प्रकट हुने गरेको विश्वास गर्छन् । यस मान्यताको आधारमा त्यहाँ गई दर्शन तथा पूजन गरेमा प्रेमी-प्रेमिकाको मनोकामना पूर्ण हुने जनविश्वासका आधारमा पछिल्लो समयमा सो ठाउँ ‘लभर्स प्वाइन्ट’का रूपमा पनि विकसित हुँदैछ ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस