धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगन्जमा अकस्मात अवतरण भएको छ। जहाजभित्रै बमकुमारी श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्जमा अकस्मात अवतरण गरिएको हो।
अहिले बमको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ‘जहाजभित्र रहेकी उनलाई श्वासप्रश्वासमा समस्या आएपछि करिब ९ः४५ बजे अकस्मात अवतरण गरिएको थियो,’ राँझा विमानस्थल सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक (असइ) नवराज बमले भने, ‘अहिले उहाँको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।’ जहाजभित्र सास फेर्न समस्या भएको पछि नेपालगन्जमा अवतरण गरिएको बुद्ध एयरका नेपालगन्ज प्रमुख दिनेश शाहले जनाए।
‘जहाजमा चढ्दा आफैँ चढ्नु भएको रहेछ,’ उनले भने, ‘तर जहाजभित्र एक्कासी सास फेर्न गाह्रो भएपछि उपचारका लागि नेपालगन्ज अवतरण गरिएको हो।’ उहाँलाई अस्पताल लिन एम्बुलेन्स, अन्य मेडिकल सामग्री तयार पारिए पनि उहाँका अवस्था सामान्य भएपछि उहाँ आफन्तसहित आफैँ उपचार गर्न गएको उनले बताए। २७ जना यात्रु सवार उक्त जहाज पुनः नेपालगन्जबाठ काठमाडौंका लागि उढेको छ।