म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङको भेडीखाल्टाकी लालमायाँ विश्वकर्माको परिवारले पेटभरी खान पाउँदैन। दृष्टिविहीन श्रीमती बुढेसकालले छोएका श्रीमानले नियमित ज्यालामजदुरी गरी जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न पनि धौ–धौ छ।
चरम विपन्नकै कारण ३५ वर्षीया लालमायाँले छिमेकी रघुगंगा गाउँपालिका–८ कुइनेखानीकी ७४ वर्षीय बसवीर विश्वकर्मासंग विवाह गरिन्। माइतीबाट घर आएकै दिनदेखि लालमायाँले दुई वर्षका छोरासहित ४ सन्तानलाई जन्माएर हुर्काइरहेकी छन्।
कलिलै उमेरमा विवाह गरेकी लालमायाँको परिवारको घरभित्र अन्नको गेडा पनि छैन। मध्यरातमा भोकले छटपटाउने छोराछोरीलाई सम्हाल्न लालमायाँ र बसबिरलाई हम्मेहम्मे पर्छ। ३ छोरा र १ छोरी जन्माएकी लालमायाँको आँखा कमजोर छ। साँझबिहान छाक टार्ने अवस्था रहेको छ। जिल्लाको अति दुर्गम बस्तीमा पर्ने भेडीखाल्टाको यो परिवारको घरआँगनमा पुग्ने जोकोहीको आँखाबाट आँशु बगाइदिन्छ।
ढुंगा र काठले बनेको पुरानो झट्ट हेर्दा पशुचौपायालाई राख्ने जस्तो घरमा बस्दै आएका विश्वकर्माको परिवारको अवस्थाले गरिबीको वास्तविक अवस्था झल्किन्छ। सुकुम्बासी जीवन विताइरहेका विश्वकर्मा दम्पत्तीले ज्यालामजदुरी गरी परिवार पाल्न सक्ने अवस्थामा छैन। तीन वर्ष अगाडी काम गर्ने क्रममा बसवीरको दाहिने आँखा गुमेपछि बुढेसकालमा घरमै बसेका छन्। एक टुक्रा जमिनको लालपूर्जा समेत नभएको अवस्थामा आफन्तको घरमा बसेका विश्वकर्मा परिवारले हातमुख जोड्न र छोराछोरीको शिक्षादीक्षाका लागि सहयोको याचना गरेका छन्। छोराछोरीलाई शैक्षिक सामग्री समेत जुटाउन मुस्किल भएपछि धमाधम विद्यालय जान छोडेको लालमायाँले बताइन्।
‘घरमा खानेकुरा छैन, पढाउन सक्ने अवस्था पनि छैन,’ उनले भनिन्। एउटा छोरालाई संस्थाले पढाउने गरेको र बाँकी गाउँकै जनज्योती आधारभूत विद्यालयमा जान्छन्। ‘दैनिक ५० रुपैयाँ ज्यालामा बाख्रा चराउने गरेको छु,‘ महिनाभरीको कमाईले चामल किन्न पुग्दैन,’ बसवीरले भने। उनले ढुंगामाटो खान मिल्ने भएपनि परिवारले खान तयार रहेको भन्दै भाबुक भएका बसवीरले पेटभरी खाएको दिन सम्झन मुस्किल रहेको बताए।
सामाजिक सुरक्षा भत्ताबाट केही राहत भएपनि बिरामी पर्दा औषधि उपचार गर्न समेत समस्या रहेको उनले बताए। लालमायाँ र बसवीरले आफ्नो घरम कुईनेमंगलेमा गएर बस्ने अन्तिम इच्छा भएपनि घर मर्मतसहित अन्य सहयोगको आवश्यकता रहेको बताए। यसैबीच स्थानीय जनप्रतिनिधिले दलित बस्तीका बसोबास गर्नेको अवस्था नाजुक भएकाले नियमित सहयोगको आवश्यकता रहेको बताएका छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...