काठमाडाैंको बौद्ध क्षेत्रमा बस्दै आएकी सोलुकी सरस्वती खड्काले सफा टेम्पो चलाउन थालेको डेढ दशक कटिसक्यो। टेम्पोबाट समृद्धिको बाटो हिँड्दै आएकी खड्का यतिबेला घर न घाटकी भएकी छिन्। कुनै समय आफ्नै गाडी चलाएर सन्तानलाई पढाउँदै प्रगतिको बाटामा बढेकी उनी अहिले अरूको गाडी चलाउन बाध्य छिन्।
‘विद्युतीय ब्याट्रीको पटक पटकको समस्याले टेम्पो थन्कियो,’ उनले भनिन्, ‘त्यसमाथि विभिन्न समस्या थपिएपछि अहिले अरूको टेम्पो चलाउँदै छु।’ राज्यले गुणस्तर ब्याट्री उपलब्ध नगराएका कारण कमजोर ब्याट्रीले व्यवसायी थलिएको उनले सुनाइन्। ‘कतिसम्म भने २६ महिनामा पाँच पटक गरेर १० लाखको ब्याट्री फेर्नुपर्यो, ‘उनले भनिन्, ‘कमाएको सबै आम्दानी ब्याट्रीसँगै सकियो।’
उनको मात्र हैन, ब्याट्री किन्न नसक्नु, सहकारी, बैंक लगायतबाट लिएको ऋण चुक्ता गर्न नसक्नु लगायतका समस्याका कारण २ सयभन्दा बढी टेम्पु उपत्यकाका विभिन्न ग्यारेजमा थन्किएका छन्। कोरोना भाइरसको महामारीले थलिएको सफा टेम्पो व्यवसाय अझै तंग्रिन नसक्दा उनीहरूको अवस्था डामाडोल बनेको छ।
उपत्यकामा ७ सय १४ वटा सफा टेम्पो सञ्चालनमा रहेकोमा हाल चार सयको हाराहारीमा सञ्चालनमा रहेको सफा टेम्पो व्यवसायीका अध्यक्ष होमप्रसाद पोखरेल बताउँछन्। नयाँ ब्याट्री फेर्न नसक्दा टेम्पो सडकमा गुड्न नसकेको उनले सुनाए।
राज्यले केही सहयोग दिए थन्किएका सफा टेम्पो शहरमा कुद्ने थिए,’ टेम्पो व्यवसायी इन्द्रमाया श्रेष्ठ भन्छिन्, ‘अहिले त एक सेट लिथियम ब्याट्री परिवर्तन गर्न १० लाख रुपैयाँ जति लाग्छ।’ लिथियम ब्याट्री पाँच वर्ष टिक्ने भएकाले यसले व्यवसायीलाई धेरै समय राहत दिने उनको बुझाइ छ।
ग्यारेजमा रहेका आधाभन्दा बढी टेम्पो ब्याट्री फेर्न रकम अभावकै कारण थन्किएको र सञ्चालनमा रहेका समेत नेपाल विद्युत प्राधिकरणले चार्जिङ शुल्क वृद्धि गरेका कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछिन्।
यता सरकार र प्राधिकरणले भने आयातित इन्धनलाई कम प्रयोग गर्ने र देशमै उत्पादित विद्युत प्रयोगमा वृद्धि गर्न प्रोत्साहन गर्ने योजनाहरू सञ्चालन गर्ने जनाउँदै आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवालाले सुझाएका छन्।
वातावरणविद् भुषण तुलाधार अकाशिंदो इन्धनको मूल्य र बढ्दो प्रदूषणको समयमा यस्ता टेम्पोहरू थन्किनु दुःखद् भएको सुनाउँछन्। ‘राज्यले कुरा मात्र गरेर भएन, ‘उनले भने, 'सानै सही काम गरेर देखाउनुपर्छ।’ तत्कालका लागि थन्किएका सफा टेम्पोलाई जोगाउन सकिए मात्र पनि आशा बढ्ने छ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले थन्किएका सफा टेम्पोको विषयमा मन्त्रालयमा कुनै जानकारी नआएको बताउँछन्। ‘यस विषयमा के गर्न सकिन्छ हामी बुझेर अगाडी बढ्ने छौ,’ उनले भने।
ऋणको भारले उठ्न नसकेको सफा टेम्पो र उता इन्धनको मूल्य अकाशिएको बेला यो व्यवसायलाई सरकारले थप राहत सुविधा दिनु आवश्यक रहेको देखिन्छ। व्यवसायी अनुसार सफा टेम्पो व्यवसायीहरूले चारपाङग्रेमा परिणत गरी १७ सीट क्षमताको टेम्पो सञ्चालनमा ल्याउने तयारी गरे पनि सरकारले सहयोग नगरेको गुनासो छ।
विश्वका प्रमुख १० प्रदूषित शहरभित्र नेपालको राजधानी काठमाडौं परेको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौ प्रदूषित शहर बनेको छ। ‘यस्तो बेलामा विद्युतीय सवारी थन्किनु निकै दुखदायक कुरा हो,’ सफा टेम्पो व्यवसायी विनोद बडाल भन्छन्, ‘राज्यले सानो सहयोग गरे शहर पनि सफा हुन्छ, यस क्षेत्रमा कार्यरत चालक तथा मजदुरको पनि उद्धार हुन्छ।’
लकडाउनको कारण लामो समयदेखि ग्यारेजमा थन्किएका विद्युतीय सवारी सफा टेम्पोहरूले दैनिक गर्ने आम्दानी गुमाइरहेका छन्। यसका साथै अन्य क्षति पनि थपिंदै छन्। यस पेशामा प्रत्यक्ष आश्रित लगभग १२ सय चालक र ३ सय चार्जिङ स्टेसनमा कार्यरत मजदुरहरू र तीनका परिवारहरू समस्यामा रहेको बडालले सुनाए।
यस सवारी साधनले निम्न वर्गलाई स्वरोजगारीको अवसर प्रदान गरेको छ भने महिला चालक र महिला स्वरोजगारलाई पनि उत्तिकै प्राथमिकता दिई जीविकोपार्जनका लागि सहजता प्रदान गर्दै आइरहेको छ। ‘यो हाम्रो जीवनको आधार हो,’ सफा टेम्पो चलाउँदै आएकी जोरपाटीकी मञ्जु नेपाली भन्छिन्, ‘यसमा आउने समस्याले हाम्रो दैनिक रोटी गुम्छ।’ टेम्पो चलाएर सन्तानलाई उच्च शिक्षा दिलाउने सोच बनाएकी छिन्। ‘फेरि २० बर्से भन्ने कुरा चलेको छ,’ उनले भनिन्, ‘ब्याट्रीबाट चल्ने टेम्पोलाई त्यस्तो नियम नलगाइदिए हुन्थ्यो।’
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...