भक्तपुरको चाँंगुनारायण नगरपालिका ताथली नालाछापमा शुक्रबार प्लटिङमा काम गर्दै गर्दा मृत्यु भएका दुईजना निर्दाेष व्यक्तिहरुको शव शनिबार उठाइएको छ। प्लटिङको जग्गामा काम गर्ने क्रममा माटोको ढिस्को पुरेर मृत्यु भएका उनीहरुको २४ घण्टा शव अलपत्र परेकोमा शनिबार साँंझ मात्रै उठाइएको हो। पीडितले र जग्गावालालगायतबीच सहमति भएपछि मात्रै शव उठाइएको हो।
दुर्घटना शुक्रबार साँंझ चार बजे भएको थियो। सहमतिपछि शनिबार करिव चार बजे नै शव उठाउन सुरु गरिएको थियो। शव टाउको मात्रै देखिने गरी पुरिएकै अवस्थामा अलपत्र थियो।
पहाडमा भएको अवैध प्लटिङमा पर्खाल बनाउने काम गर्दैगर्दा माथिको माटोको ढिस्को खसेर पुरिएर उनीहरुको मृत्यु भएको थियो। काभ्रेको रोसी गाउँपालिका ५ का चतुरसिङ लामा र चौरी देउराली गाउँपालिकाका वसमान तामाङको ज्यान गएको थियो। साथै उनीहरुसँंगै काम गर्दै गरेका अर्का गजब लामा भने आदि मात्र पुरिएकाले अनाहकमा मृत्यु हुनुबाट जोगिएका थिए।
घटना जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ को कार्यालय ताथली नजिकै भएको थियो। दिनभरको वार्तापछि साँंझ मात्रै सहमति भएको थियो। वार्ता वडा कार्यालयमा भएको थियो। चाँंगुनारायण नगरपालिका वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले प्रति मृतक १५–१५ लाखमा क्षतिपूर्ति दिने सहमतिपछि वार्ता सफल भएको बताए। वार्ताको क्रममा अवैध प्लटिङ भएको कारण प्लटिङ पनि रोक्न स्थानीयबासीले माग राखेको जनाइएको छ।
बताइए अनुसार घटना भएको बेला घटनास्थलमा ६ जना काम गर्दै गरेका थिए। त्यसमध्ये तीन जना काम गर्दै गरेका थिए भने बाँंकी तीन जना घटनास्थल नजिकै यतिकै रहेका थिए।
घटनामा पुरिएर जोगिन सफल गजब लामाकी धर्मपत्नी डोल्माले आफ्नो पतिको आधी मात्रै पुरिएको र उनी मृत्युको मुखबाट जोगिन सफल भएको बताइन्। मृतक अन्य दुईजना भने पूरै पुरिएको र उनीहरुलाई जेसीवी ल्याएर माटो पन्छाएपछि मात्रै मृत अवस्थामा भेटिएको उनले जनाइन्।
मृतक चतुरसिंह लामाका भान्जी सुमिना लामाले प्लटिङको व्यक्तिहरुसंग वार्ता नमिलेका कारण शव उठाउन ढिलो भएको बताइन्। चतुरसिंहले करिब ६–७ दिनदेखि मात्रै यहाँ काम थालेको उनले जनाइन्। चतुरसिंहका श्रीमती, १२ वर्षीय छोरा अजय र आठ वर्षीया छोरी अभिसाप रहेका छन्।
स्थानीयका अनुसार प्लटिङ वालाले संधियारले जग्गा मिच्यो भनी लगाइराखेको पर्खाल भत्काएर अर्काे पर्खाल लगाउने क्रममा घटना भएको बताए। करिव चार वर्षदेखि १५ रोपनीको क्षेत्रमा यहाँं चम्पा श्रेष्ठले प्लटिङ भइरहेको स्थानीय बताउँछन्।
जिल्लाको चाँगुनारायण नगरपालिकाका एकदेखि नौ नम्वर वडासम्म नै सबैतिर जताजतै अवैध प्लटिङ भइरहेका देखिन्छन्। चाँगुनारायण नगरपालिकामा मात्र ८० स्थानमा १ सय ५६ ओटा प्लटिङ अपैध रुपमा भइरहेको तथ्यांक छ। नगरपालिकामा सबैभन्दा बढी प्लटिङ भएको वडा एक नम्बर वडा हो। त्यहाँं १५ स्थानमा ३१ वटा अवैध प्लटिङ भइरहेको तथ्यांक छ। सबैभन्दा कम २ वडामा २ स्थानमा प्लटिङ भइरहेको छन्। त्यस्तै क्रमशः ३ वडामा १२ स्थानमा १२ ओटा, ४ वडामा १० स्थानमा २४ ओटा, ५ वडामा ५ स्थानमा ११ ओटा, ६ वडामा २ स्थानमा ७ ओटा, ७ वडामा १२ स्थानमा २१ ओटा, ८ वडामा १३ स्थानमा २६ ओटा र ९ वडामा ९ स्थानमा २२ ओटा प्लटिङ भइरहेका छन्।